• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
सोमबार, ९ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

    थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

    मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    धानमा ‘किरा’ले क्षति पु¥याएपछि भोजपुरका किसान चिन्तित

    एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

    एनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री शाह

    कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

    कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्स : एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

    तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

    तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
३१ जेठ २०८२,
0
कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

खोटाङ, ३१ जेठ : हलेसी तुवाचुङ नगरपालिकाले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कोदोको बिस्कुट उत्पादन, ‘ब्राण्डिङ’ र ‘प्याकेजिङ’सम्बन्धी तालिम दिएको छ ।

नगरपालिकाको रैथाने बाली कोदोखेतीलाई प्रवर्द्धन गर्दै स्थानीय युवा पुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई सहभागी गराएर नगरपालिकाले तालिम दिएको हो ।

‘कोदोको परिकार, स्वास्थ्यको सुरक्षा र आम्दानीको आधार’ भन्ने नारासहित वडा नं ७ महादेवस्थानस्थित वडा कार्यालयमा आयोजना गरिएको सात दिने तालिम शुक्रबार औपचारिकरुपमा समापन गरिएको छ । एकजना स्थानीय महिला उद्यमी तथा १२ जना विद्यार्थीको सहभागिता रहेको तालिममा सहभागी प्रशिक्षार्थीले उत्पादन गरेका कोदोको बिस्कुट, कुकिज, निम्की, पाउरोटी, मफिन र दुनोट प्याकेजिङ गरेर समापन कार्यक्रममा प्रदर्शन गरिएको थियो ।

तालिममा सहभागीले बनाएका कोदोका परिकार त्रिधार्मिकस्थल हलेसी बजारमा सञ्चालन गरिएको कोसेली घरमा राखेर बिक्री गर्ने र हलेसी आउने पाहुनालाई उपहारस्वरुप प्रदान गर्ने योजनाका साथ तालिमको आयोजना गरिएको हलेसी तुवाचुङ नगरपालिकाका–७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ । “त्रिधार्मिकस्थल हलेसी आउने भक्तजन तथा दर्शनार्थीले कोसेलीको रुपमा लैजानका लागि यहाँको उत्पादन खोज्ने गरेका छन् । कोदोको परिकारलाई यहाँको प्रमुख उत्पादनका रुपमा ब्राण्डिङ गर्नेेगरी तालिमको आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “तालिममा सहभागीले व्यावसायिक रुपमा उत्पादन गरेका कोदोका परिकार नगरपालिकाको तर्फबाट खरिद गरिदिन्छौँ । खरिद गरिएको परिकार कोसेली घरमा राखेर उपहारस्वरुप पाहुनाहरूलाई वितरण गर्ने योजना बनाएका छौँ ।”

नगरपालिकाको कृषि शाखाद्वारा सञ्चालित तालिमको सहजीकरण काठमाडौँबाट झिकाइएको खाद्य प्राविधिक आर्जन गौतमले गर्नुभएको थियो । दक्ष प्राविधिको सहजीकरणमा कोदोको परिकार बनाउने तालिम निःशुलक लिन पाएपछि सहभागीहरू व्यावसायिक बन्न उत्साहित बनेको नगरपालिकाले जनाएको छ ।

रैथाने बाली ‘कोदो’को बजार सम्भावनालाई आत्मसात् गर्दै स्थानीय युवाका लागि सीपमूलक उद्यमशीलता प्रति आकर्षित गर्नका लागि तालिमको आयोजना गरिएको नगरप्रमुख विमला राईले बताउनुभयो । “तालिममा सहभागीले पौष्टिकता, परम्परा र उद्यमशीलताको पाठ एकैसाथ सिक्न पाएका छन् । उनीहरूलाई तालिमले केवल सीपमात्र होइन, आत्मविश्वास र प्रेरणा पनि थपिदिएको छ”, उहाँले भन्नुभयो, “कोदोको पोषण, स्वाद र प्रयोगशैलीको विविधता उजागर गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको थियो । तालिमले रैथाने बाली कोदोको उत्पादन तथा मूल्य वृद्धि र स्थानीय उद्यमशीलतालाई थप टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।”

तालिममा सहभागीलाई कोदोको परम्परागत प्रयोगलाई आधुनिक परिकारमा रूपान्तरण गर्दै गुणस्तरीय परिकार उत्पादन, ब्राण्डिङ, प्याकेजिङ तथा बजारीकरणका पक्षमा पनि व्यवहारिक जानकारी र अभ्यास गराइएको नगरपालिकाले जनाएको छ ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाले कोदोमा पाइने प्रोटिन, क्याल्सियम, आइरन तथा एन्टि–अक्सिडेन्टजस्ता पोषकतत्वहरूलाई ध्यानमा राखेर कोदो बालीलाई पोषण सुरक्षा र स्थानीय रोजगारीसँग जोड्ने प्रयास गरेको हो ।

तालिम समापन अवसरमा प्रशिक्षार्थीले उत्पादन गरेका सबै परिकारहरू कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरूले अवलोकन गर्नुका साथै स्वाद परीक्षण गरेका छन् । तालिममा सहभागी विद्यार्थीले उत्पादन गरेका कोदोको विभिन्न प्रकारका परिकार गुणस्तरीय र स्वादिष्ट रहेको समापन कार्यक्रमका सहभागीले बताएका छन् ।

सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा रैथाने बाली कोदो उत्पादन बढी हुने भएकाले पनि त्यसलाई प्रवर्द्धन गर्दै कोदोको विभिन्न प्रकारका परिकार उत्पादन गरेर बजारीकरण गर्न तालिमको आयोजना गरिएको जनाइएको छ ।

तालिमले विशेषगरी युवालाई सीपमार्फत सशक्त बनाउने, महिलालाई आम्दानीको अवसर दिने र रैथाने कृषि बाली उत्पादनको संरक्षण तथा सम्वर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।

अघिल्लो समाचार

कांग्रेस केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बस्दै

अर्को समाचार

भिजिट भिसा प्रकरण र अग्नि सापकोटाबीच कुनै सम्बन्ध छैन : प्रचण्ड

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी
आर्थिक

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

९ कात्तिक २०८३,
मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
आर्थिक

धानमा ‘किरा’ले क्षति पु¥याएपछि भोजपुरका किसान चिन्तित

९ कात्तिक २०८३,
एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै
जीवन शैली

एनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री शाह

९ कात्तिक २०८३,
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै
आवाज

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

९ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्स : एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

९ कात्तिक २०८३,
तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत
खेलमैदान

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

९ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
प्रचण्ड शौचालयमा लडेर घाइते, मेडिसिटी अस्पतालमा उपचार हुँदै

भिजिट भिसा प्रकरण र अग्नि सापकोटाबीच कुनै सम्बन्ध छैन : प्रचण्ड

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

९ कात्तिक २०८३,
मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

धानमा ‘किरा’ले क्षति पु¥याएपछि भोजपुरका किसान चिन्तित

९ कात्तिक २०८३,
एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

एनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री शाह

९ कात्तिक २०८३,
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

९ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

फ्रान्स : एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

९ कात्तिक २०८३,
तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

९ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन