• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

    राष्ट्रपतिद्वारा अध्यादेश जारी

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गर्मीले जनजीवन कष्टकर

metakhabar by metakhabar
२९ जेष्ठ २०८२,
0
वैशाखको ताप: चितवनमा रेकर्ड ब्रेक गर्मी, सतर्क रहन आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुदूरपश्चिम, केही दिनदेखिको उखरमाउलो गर्मीले कैलाली, कञ्चनपुरसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । चर्को गर्मीका कारण सर्वसाधारणलाई दैनिक कामकाज गर्न असहज बनेसँगै जनजीवन प्रभावित बनेको हो ।

पछिल्ला दिनमा धनगढीको अधिकतम तापक्रम र न्यूनतम तापक्रमको अन्तर घट्दै जाँदा बढी गर्मीको महसुस भएको जल तथा मौसम विज्ञान विभाग अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जयकुमार साहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “न्यूनतम तापक्रम र अधिकतम तापक्रमको अन्तर घट्दै जाँदा बढी गर्मी महसुस भइरहेको हो, यसबाहेक धेरै समय मानिसले न्यूनतम तापक्रममा बस्नुपर्ने अवस्थाले पनि गर्मी महसुस भएको हो ।”

धनगढीमा सोमबारको अधिकतम तापक्रम ४० दशमलव दुई डिग्री सेल्सियस र न्यूनतम तापक्रम २९ दशमलव २ डिग्री मापन भएकामा आज आज अधिकतम तापक्रम ३७ दशमलव दुई र न्यूनतम तापक्रम २६ दशमलव ५ डिग्री सेल्सियस मापन भएको कार्यालयले जनाएको छ ।

पूर्वी नेपालमा भित्रिएको मनसुन पश्चिमी वायुको प्रभावले गर्दा सुदूरपश्चिम प्रदेश पुग्न सकिरहेको छैन ।

चर्को गर्मीले दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने वर्ग, वृद्धवृद्धा र स्कुले बालबालिकालाई बढी प्रभावित पारेको छ । गर्मी बढ्दै जाँदा विद्यालयमा बिदा दिनुपर्ने माग अभिभावकबाट उठ्न थालेको छ ।

गर्मी बढेसँगै मध्याह्नको समयमा धनगढीसहितका बजार क्षेत्रमा ग्राहक पातलिँदा व्यापारिक चहलपहल पनि घटेको छ । गर्मीकै कारण कतिपय व्यापारिक पसल दिउँसोको समयमा बन्द गर्ने गरिएको छ ।

बढेको गर्मीले पक्की घर तात्न थालेपछि राति कोठामा सुत्न नसकेर अनिँदो बस्नुपरेको स्थानीय मनिराम जोशीले बताउनुभयो । गर्मीसँगै तात्ने पक्की घरका छतमा पानी जम्मा गरेर कोठालाई शीतल बनाउने प्रयास कतिपयले गरिरहेको देखिन्छ ।

“कोठाको सिलिङ पङ्खालेसमेत तातो हावा दिँदा राति अनिँदो बस्नुपरेको छ”, वीरबहादुर चौधरीले भन्नुभयो, “चर्को गर्मीले तातेको कोठामा खपिनसक्नु गर्मी बढ्दा कोठालाई शीतल बनाउन छतमा पानी हाल्नुपरेको छ ।” गर्मी बढेसँगै धनगढीका स्वास्थ्य क्लिनिक र अस्पतालमा बान्ता हुने, ज्वरो आउने र टाइफाइड देखिने बिरामीको चाप बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।

बढ्दै गएको गर्मीबाट बालबालिकालाई जोगाउन उनीहरुलाई झोलिलो खानेकुरा खुवाएर शरीरमा झोलिलो पदार्थको मात्रा बढाउनुपर्ने र सडेगलेका, बासी र जथाभावी राखिएका खानेकुरा नखुवाउन चिकित्सकले सुझाव दिनुभएको छ ।

Previous Post

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

Next Post

देवता–देवताबीच यौनिकता दर्शाइ पनौतीमा हिलेजात्रा सम्पन्न

metakhabar

metakhabar

सम्बन्धित खबर

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

२० बैशाख २०८३,
राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
फिचर-ब्यानर

राष्ट्रपतिद्वारा अध्यादेश जारी

२० बैशाख २०८३,
सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
आवाज

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

२० बैशाख २०८३,
प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
Load More
Next Post
देवता–देवताबीच यौनिकता दर्शाइ पनौतीमा हिलेजात्रा सम्पन्न

देवता–देवताबीच यौनिकता दर्शाइ पनौतीमा हिलेजात्रा सम्पन्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In