• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
सोमबार, ९ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

    थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

    मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    धानमा ‘किरा’ले क्षति पु¥याएपछि भोजपुरका किसान चिन्तित

    एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

    एनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री शाह

    कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

    कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्स : एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

    तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

    तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मागको आधा रगत आपूर्ति गर्दै भरतपुर अस्पतालको ‘ब्लड बैंक’

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२८ जेठ २०८२,
0
न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशकै पहिलो
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

चितवन, २८ जेठः भरतपुर अस्पतालले सञ्चालन गरेको ब्लड बैंक (रक्त सञ्चार केन्द्र) ले अस्पतालको मागको आधा रगत आपूर्ति गर्दै आएको छ । अस्पतालमा दैनिक ६० युनिट हाराहारी रगत माग हुने गरेकामा ३० युनिट हाराहारी अस्पताल आफैले व्यवस्थापन गर्दै आएको हो ।

ब्लड बैंकका इञ्चार्ज विष्णुप्रसाद बाँस्तोलाका अनुसार गत वर्षको जेठ २ गतेबाट सञ्चालनमा आएको ब्लड बैंकमा हालसम्म दुई हजार ४०० युनिट (पोका) रगत सङ्कलन गरेर वितरण गरिएको छ । आफैँ विभिन्न ठाउँमा पुगेर रगत सङ्कलन गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न संस्थाहरुले रक्तदान कार्यक्रम आयोजना गरेर बोलाएको ठाउँमा हामी आफँै पुगेर रगत सङ्कलन गर्ने गरेका छौँ ।”

ब्लड बैंकले अस्पताल परिसरमै नियमितजसो रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । बाँस्तोलाका अनुसार विगतमा साप्ताहिक रुपमा कार्यक्रम आयोजना गरिँदै आएकामा गत चैतदेखि एक दिन बिराएर कार्यक्रम आयोजना गरिंदै आएको छ ।

अस्पताल आएका बिरामीका आफन्तले रक्तदान गर्ने गरेको उहाँले बताउनुभयो । यसरी कार्यक्रम आयोजना गर्दा प्रत्येक कार्यक्रमबाट ३० देखि ३५ युनिट रगत सङ्कलन हुने गरेको छ । थप जनचेतना जगाउन सके रक्तदानको सङ्ख्या थपिने उहाँको भनाइ छ ।

भरतपुर अस्पतालमा दैनिक ६० युनिट हाराहारी रगतको माग हुने भन्दै उहाँले ५० प्रतिशत मात्रै आपूर्ति गर्न सकिएको बताउनुभयो । बाँकी ५० प्रतिशत हाराहारी रगत नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरबाट आफूर्ति हुने गरेको उहाँले जानकारी दिनुभयो ।

हाल अस्पतालको ब्लड बैंकबाट होल ब्लड, प्लेटलेटयुक्त सेतो प्लाज्मा (पिआरपि), प्याक सेल भोलुम (पिसिभी) र फ्रेस फ्रोजन प्लाज्मा (एफएफपि) समेत दिने गरिएको छ । बिरामीको आवश्यकताअनुसार यस्तो रगत दिने गरिएको बाँस्तोलाको भनाइ छ । हाल अस्पतालमा ५०० युनिट रगत सुरक्षित राख्ने क्षमता रहेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले बिरामीलाई रगत खोज्न अन्यत्र भौतारिन नपरोस् भनेर नै अस्पताल आफैँले ब्लड बैंक स्थापना गरेर सञ्चालन गरेको बताउनुभयो । ब्लड बैंक स्थापनाको सुरुआती चरणमा ब्लडको सबै प्रोडक्ट दिन नसकिए पनि विस्तार विविधिकरण गरिंदै लगिएको उहाँले बताउनुभयो । ब्लड बैंकको क्षमता र गुणस्तर थप विस्तार गर्दै लैजाने उहाँले बताउनुभयो ।

बिरामीबाट रगत परीक्षण शुल्कबापत अन्यत्र रु ८०० देखि ९०० सम्म लिने गरेको भन्दै प्रा डा पौडेलले आफूहरुले रु ६०० मा नै दिने गरेको बताउनुभयो । स्वास्थ्य बिमामार्फत रगत पाइन्छ भने बागमती प्रदेशभित्रको ठेगाना हुनेले नागरिकताको फोटोकपी दिएमा रगत परीक्षण शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ । सुत्केरी, मिर्गाैलाको डायलासिस, थालेसेमिया र शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बढी मात्रामा रगतको आवश्यकता पर्ने गर्दछ । हाल यसै अस्पतालमा उपचाररत बिरामीलाई मात्रै यहाँबाट रगत दिने गरिएको छ ।

आफन्त र स्वयंसेवीको भर

नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरमा अहिले बिरामीका आफन्त र स्वयंसेवी रक्तदाताको भरमा रगत सङ्कलन गर्नुपरेको छ । अत्यधिक गर्मीका कारण जिल्लामा रक्तदानका कार्यक्रम कम हुँदा बिरामीका आफन्त र स्वयंसेवी रक्तदाताको भरमा बिरामीलाई रगत पु¥याउनु परेको हो ।

जिल्लामा रहेका दुई ठूला मेडिकल कलेज, भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र २८ साना अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा रगतको माग बढेको छ । रगतको माग बढेपछि रक्तदानका कार्यक्रम भने बढ्न नसकेको रक्तसञ्चार केन्द्रका प्रमुख रमेशकान्त पौडेलले बताउनुभयो ।

उहाँका अनुसार अहिले जिल्लाका विभिन्न अस्पतालमा गरी दैनिक १५० युनिट रगतको माग हुने गरेको छ । सङ्कलन मुस्किलले ४० युनिट हुने गरेको उहाँले बताउनुभयो । रक्तदान गर्ने युवा विदेशिदा रगतको समस्या देखिने गरेको उहाँको बुझाइ छ । उहाँले भन्नुभयो, “बढ्दो गर्मीका कारण रक्तदाताले रक्तदान गर्न छाडेको छन् ।” अहिले क्याम्पसमा पढाइ नहुनु, राजनीतिक दलहरुले रक्तदानलाई प्राथमिकता नदिनु, नयाँ रक्तदाता बढ्न नसक्नुजस्ता कारणले रगतको अभाव हुने गरेको पौडेलको भनाइ छ ।

नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरिप्रसाद पौडेलले अहिले देशभरि नै रगतको समस्या रहेको बताउनुभयो । यस केन्द्रले चितवनसहित १२ जिल्लाबाट रगत सङ्कलन गरेर ल्याउने गरेको छ । अहिले रक्तदान कार्यक्रम नै हुन नसकेको उहाँको भनाइ छ । उहाँल भन्नुभयो, “बिरामी लिएर आएका आफन्तले समेत रगत दिन डराउने गर्दा समस्या भएको छ ।”

जिल्लाका अस्पतालमा चार युनिटबाट रगतको व्यवस्था गरिँदै आइएको छ । भरतपुर अस्पताल परिसर, चितवन मेडिकल कलेज, क्यान्सर अस्पताल र बकुलहर अस्पताल युनिटबाट रगत दिने व्यवस्था गरिएको छ । यहाँका अस्पतालमा वार्षिक ६० हजार युनिटभन्दा बढी रगत आवश्यक पर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

अघिल्लो समाचार

गणतन्त्रबाट मुलुक पछाडि फर्किन सक्दैन : प्रचण्ड

अर्को समाचार

उजुरीकर्ता खुलाइएन, पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पूर्जी

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी
आर्थिक

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

९ कात्तिक २०८३,
मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
आर्थिक

धानमा ‘किरा’ले क्षति पु¥याएपछि भोजपुरका किसान चिन्तित

९ कात्तिक २०८३,
एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै
जीवन शैली

एनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री शाह

९ कात्तिक २०८३,
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै
आवाज

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

९ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्स : एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

९ कात्तिक २०८३,
तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत
खेलमैदान

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

९ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
उजुरीकर्ता खुलाइएन, पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पूर्जी

उजुरीकर्ता खुलाइएन, पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पूर्जी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

९ कात्तिक २०८३,
मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

धानमा ‘किरा’ले क्षति पु¥याएपछि भोजपुरका किसान चिन्तित

९ कात्तिक २०८३,
एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

एनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री शाह

९ कात्तिक २०८३,
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

९ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

फ्रान्स : एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

९ कात्तिक २०८३,
तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

९ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन