• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाएः परराष्ट्रमन्त्री खनाल

    आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाएः परराष्ट्रमन्त्री खनाल

    ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

    ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    ‘हरित आय’ले बदलेको महिलाको दैनिकी

    ‘हरित आय’ले बदलेको महिलाको दैनिकी

    मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

    मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विपद्‍मा खोज र उद्धार गर्न तीन सुरक्षा निकायको संयुक्त ‘सिमुलेसन’

metakhabar by metakhabar
२८ जेष्ठ २०८२,
0
विपद्‍मा खोज र उद्धार गर्न तीन सुरक्षा निकायको संयुक्त ‘सिमुलेसन’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत : ‘मनसुन’ विस्तार हुने लागेसँगै पर्वतमा रहेका सुरक्षा निकायहरूले ‘मनसुन’जन्य बाढी, पहिरो लगायतका विपद्को क्षति कम गर्न संयुक्त रूपमा व्यवहारिक अभ्यास गरेका छन्।

नेपाली सेनाको पर्वतस्थित नयाँ रणभीम गुल्म, सशस्त्र प्रहरीको नं. २५ हेडक्वार्टर चण्डिका गण र जिल्ला प्रहरी कार्यालय पर्वतले रेडक्रस, विपद्का सरोकारवालाहरू र स्थानीयवासीको प्रत्यक्ष सहभागितामा जिल्लाको मोदी गाउँपालिका–६ गडतारामा ‘अभ्यास मनसुन–५’ अन्तर्गत अभ्यास भएको हो।
नयाँ रणभीम गुल्मका सहसेनानी महेशराज महर्जनका अनुसार उक्त अभ्यासमा पहिरोमा अड्किएका व्यक्तिहरूलाई डोरीबाट उद्धार गर्ने तरिका, पहिरोमा फसेकाहरूको उद्धारपछि प्राथमिक उपचार र अस्पतालसम्म लैजाने प्रक्रिया, बाढीमा फसेका व्यक्तिहरूलाई डुङ्गा तथा डोरीको सहायताले गरिने उद्धार, सुरक्षित तरिकाले खोला तथा नदी तर्ने तरिका, रेडक्रस तथा स्वास्थ्यकर्मीहरूको भूमिका लगायतका अभ्यासहरू गरिएको छ।

विपद्को समयमा जतिसक्दो छिटो र सकेसम्मको कम समयमा विपद् आएको स्थानमा खटिएर जनधनको क्षति न्यूनीकरणको लागि यो पूर्व अभ्यास महत्त्वपूर्ण छ। पछिल्ला केही वर्षमा मात्रै जिल्लामा पहिरो र बाढीमा परेर झन्डै २० जनाको मृत्यु भइसकेको छ। पहिरो र बाढीका कारण सडकमा फस्ने, कालीगण्डकी तथा मोदी खोला किनारमा बस्नेहरू बाढीको जोखिममा हुने, बढी भिरालो क्षेत्रमा रहेका बस्तीहरू पहिरोको जोखिममा रहने गरेकाले पर्वतका लागि विपद् प्रतिकार्यको पूर्व अभ्यास महत्त्वपूर्ण रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटा बताउँछन्।

विपद्को बेलामा उद्धारकर्ताहरू पुग्नु पूर्व नै स्थानीय नागरिकले स्वयंसेवकको रूपमा विपद् प्रतिकार्यमा लाग्नको लागि यस्ता अभ्यासले नागरिकलाई पनि अभ्यस्त बनाउने सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्काले बताए। विपद् व्यवस्थापन सम्बन्धी आधारभूत ज्ञान, बाढी, पहिरो, डुबानमा गरिने उद्धार, भिर तथा खोँचमा डोरीद्वारा गरिने उद्धार, सडक तथा यान्त्रिक दुर्घटनामा उद्धार, आगलागी नियन्त्रण, पानी तथा भूकम्पीय जोखिमको न्यूनीकरण, पहिलो उपचार सहयोगी लगायतका विषयहरूमा सैद्धान्तिक तथा व्यवहारिक रूपमा प्रशिक्षण गरिएको उनको भनाइ छ।

विपद् आएको अवस्थामा सुरुमा त्यसलाई भोग्ने नागरिकलाई पहिलो भोगाइकर्ता तथा पहिलो प्रतिक्रिया दिने व्यक्तिको रूपमा लिइन्छ। ‘फस्र्ट रेस्पोन्डर’ मा विपद् विरुद्धका सामान्य सीपहरूमा हुँदा मात्रै पनि पूर्व सावधानी अपनाउन तथा विपद्को बेलामा क्षति न्यूनीकरण धेरै सम्भव हुने भएकोले नागरिकको प्रत्यक्ष सहभागितामा अभ्यास गरिएको हो।

अभ्यासको अवलोकनमा सहभागी भएका मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्मा र प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले सुरक्षाकर्मीले आफ्नो अभ्याससँगै नागरिकलाई पनि उद्धार सीप सिकाउँदा विपद्मा क्षति कम हुने बताउँछन्। उनीहरूले दिएको पूर्व सावधानीको ज्ञान र घट्ना भएको बेलामा हुने उद्धार तथा उपचारको प्रक्रियाबारे नागरिकले जान्न पाउँदा सुरक्षाकर्मीको अभावमा हुने क्षतिलाई रोक्न सकिने उनीहरूको भनाइ छ।

पूर्व अभ्यासमामा आधुनिक स्रोत र साधनबिना नै स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न सामग्रीहरूको प्रयोग गरेर तत्कालै गर्न सकिने अभ्यासहरूको बारेमा सिकाइएको छ। प्लास्टिकका बोतल, बाँसका घारा तथा भाटा, दाउरा, डोरी, लहरा लगायतलाई उद्धार सामग्रीको रूपमा प्रयोग देखाइएको छ। यसले उद्धारका लागि सुरक्षाकर्मी र आधुनिक सामग्री नै चाहिन्छ भन्ने मानसिकता त्यागेर आफूहरूसँग जे छ त्यसैले उद्धार गर्न प्रयास गर्नुपर्छ भन्ने सन्देश दिएको छ।

Previous Post

उपराष्ट्रपति यादव स्वागत समारोहमा

Next Post

बेलायत पठाइदिन्छु भन्दै ११ ठगी गर्ने दुईजना पक्राउ

metakhabar

metakhabar

सम्बन्धित खबर

आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाएः परराष्ट्रमन्त्री खनाल
आवाज

आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाएः परराष्ट्रमन्त्री खनाल

२९ असार २०८३,
ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै
आर्थिक

ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

२९ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

२९ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२९ असार २०८३,
‘हरित आय’ले बदलेको महिलाको दैनिकी
कृषि

‘हरित आय’ले बदलेको महिलाको दैनिकी

२९ असार २०८३,
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
आवाज

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

२९ असार २०८३,
Load More
Next Post
बेलायत पठाइदिन्छु भन्दै ११ ठगी गर्ने दुईजना पक्राउ

बेलायत पठाइदिन्छु भन्दै ११ ठगी गर्ने दुईजना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In