• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, July 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जेलमा रहेका कैदीलाई श्रममा लगाउने तयारीमा बालेन सरकार

    जेलमा रहेका कैदीलाई श्रममा लगाउने तयारीमा बालेन सरकार

    १४ वर्षपछि फेरि उही पीडा : ध्रुवे हात्ती’को आक्रमणमा एउटै परिवारका चार सदस्यको ज्यान

    १४ वर्षपछि फेरि उही पीडा : ध्रुवे हात्ती’को आक्रमणमा एउटै परिवारका चार सदस्यको ज्यान

    गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ

    देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

    एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

    एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

    विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका

    विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका

    निर्वासन पछि स्वदेश पर्केका अफगानहरू पहिचानको अभावमा बहिष्कारको जोखिममा

    निर्वासन पछि स्वदेश पर्केका अफगानहरू पहिचानको अभावमा बहिष्कारको जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मानव विकास प्रतिवेदन २०२५ सार्वजनिक

metakhabar by metakhabar
२८ जेष्ठ २०८२,
0
मानव विकास प्रतिवेदन २०२५ सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ  : संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले आज यहाँ एक औपचारिक कार्यक्रमकाबीच ‘मानव विकास प्रतिवेदन, २०२५ (ह्युमन डेभलपमेन्ट रिपोर्ट, २०२५) सार्वजनिक गरेको छ ।

प्रतिवेदनले मानव विकासका बहुआयामिक पक्षमा कृत्रिम बौद्धिकता (एआई) ले कस्तो प्रभाव पार्न सक्छ ? र सम्भावना देखाएको छ, भन्ने विषयवस्तुलाई केन्द्रमा राखेको छ । एआईको प्रयोगबाट मानव विकासलाई थप सशक्त बनाउन, समावेशितालाई प्रवर्द्धन गर्न र न्यायपूर्ण समाज स्थापनाका लागि महत्त्वपूर्ण भूमिका खेल्नसक्ने सम्भावनालाई पनि प्रतिवेदनले उजागर गरेको छ ।

उक्त प्रतिवेदन सार्वजनिक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले नेपालले सूचना प्रविधि (आईटी) क्षेत्रको विकासलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो । यसका लागि कृत्रिम बौद्धिकता (एआई), डाटा सेन्टर स्थापना, डिजिटल अर्थतन्त्र र प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्नेगरी नीतिगत प्रयासहरू अगाडि बढाइएको उहाँको भनाइ छ ।

मन्त्री गुरूङले अनुसन्धान र विकासक्षेत्रमा एआईको प्रयोग बढाउने नीति लिइएको समेत बताउनुभयो । त्यस्तै शिक्षा, स्वास्थ्य, कृषिजस्ता क्षेत्रमा एआईलाई कसरी प्रभावकारी ढङ्गले उपयोग गर्न सकिन्छ र यसले नेपालको उत्पादकत्व तथा नागरिक सेवा प्रवाहलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सकिन्छ भन्ने बारे पनि अध्ययन भइरहेको उहाँको भनाइ छ ।

नेपाल डाटा सेन्टर स्थापनाका लागि प्राकृतिक रूपले उपयुक्त भएको बताउँदै मन्त्री गुरूङले यसलाई डिजिटल अर्थतन्त्रको आधारस्तम्भ बनाउने योजना रहेको समेत उल्लेख गर्नुभयो । हिमाली क्षेत्रको चिसो मौसम र सस्तो हरित ऊर्जा (जलविद्युत्) उपलब्धताले नेपाललाई डाटा सेन्टर स्थापनाको लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने सम्भावन रहेको मन्त्री गुरूङको भनाइ छ ।

“सरकारले सूचना प्रविधि आधारित उद्यमशीलता प्रवर्द्धन गर्ने र प्रविधिमा निजी लगानी बढाउने नीति लिएको छ । यसका लागि विदेशी कम्पनीलाई पनि नेपालको आईटी क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरी रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणमा पनि टेवा पुग्ने विश्वास गरेका छौँ,” गुरूङले भन्नुभयो ।

सरकारले प्रत्येक प्रदेशमा आईटी हब स्थापना गर्ने योजना बनाएको र यसका लागि आधारभूत संरचना विकासका लागि पहल भइरहेको पनि सञ्चारमन्त्री गुरूङले बताउनुभयो । नेपालले यसअघि नै कार्यान्वयन गरिसकेको ‘डिजिटल नेपाल फ्रेमवर्क’लाई अझ परिष्कृत र व्यवस्थित बनाएर कार्यान्वयन गरिने र यसबाट सरकारी सेवा डिजिटलाइजेसन, ई–गभर्नेन्स र नागरिकहरूको डिजिटल पहुँचमा सुधा ल्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

युएनडिपी नेपालका आवासीय प्रतिनिधि क्योको योकोसुकाले कृत्रिम बौद्धिकताको प्रयोगबाट कसरी लाभ लिन सकिन्छ र यसका चुनौती के हुन सक्छन् भन्ने कुरालाई केन्द्रमा राखेर प्रतिवेदन ल्याइएको बताउनुभयो । नेपालको हकमा समावेशी सेवा प्रवाह, स्थानीय तहहरूको कार्यक्षमतामा सुधार, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण, तथ्याङ्कमा आधारित नीति निर्माणजस्ता क्षेत्रमा एआईको प्रयोग प्रभावकारी हुनसक्ने देखिएको उहाँको भनाइ थियो ।

सोही कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले सूचना प्रविधिका क्षेत्रमा विभिन्न सुधारका प्रयास भइरहेको बताउनुभयो । “डिजिटल नेपाल फ्रेमवर्क, राष्ट्रिय सूचना प्रविधि नीति तथा दूरसञ्चारसम्बन्धी कानुनलाई अद्यावधिक गर्नुपर्नेछ । त्यस्तै, साईबर सुरक्षा, कृत्रिम बौद्धिकतालगायत क्षेत्रको कानुनी र प्राविधिक पूर्वाधार निर्माणका विषय पनि प्राथमिकतामा छन्,” अर्यालले भन्नुभयो । विभिन्न स्थानमा डाटा सेन्टर निर्माण, एकीकृत ई–गभर्नेन्स प्रणाली विकासजस्ता आधारभूत डिजिटल पूर्वाधारमा पनि सरकारले ध्यान केन्द्रित गरिरहेको उहाँको भनाइ छ ।

मानव विकास सूचकाङ्कमा नेपाल मध्यम खालको मानव विकास भएका मुलुकको सूचीमा छ । नेपाल शून्य दशमलव ६२२ सूचकाङ्कसहित एक सय ४५औँं स्थानमा छ । पछिल्लो ३५ वर्षमा नेपालको मानव विकास सूचकाङ्कमा ५४ प्रतिशतको वृद्धि भएको पनि प्रतिवेदनमा उल्लेख छ । नेपालको मानव विकास सूचकाङ्क खराब हुनुमा प्रतिव्यक्ति आय कमजोर हुनु र लैगिक असमानता कायम रहनुलाई पनि प्रमुख कारण मानिएको छ ।

Previous Post

नागरिकले उचित मूल्यमा औषधि पाउने वातावरण तयार गर्छौंः मन्त्री पौडेल

Next Post

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

metakhabar

metakhabar

सम्बन्धित खबर

जेलमा रहेका कैदीलाई श्रममा लगाउने तयारीमा बालेन सरकार
फिचर-ब्यानर

जेलमा रहेका कैदीलाई श्रममा लगाउने तयारीमा बालेन सरकार

२१ असार २०८३,
१४ वर्षपछि फेरि उही पीडा : ध्रुवे हात्ती’को आक्रमणमा एउटै परिवारका चार सदस्यको ज्यान
फिचर-ब्यानर

१४ वर्षपछि फेरि उही पीडा : ध्रुवे हात्ती’को आक्रमणमा एउटै परिवारका चार सदस्यको ज्यान

२१ असार २०८३,
गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ
फिचर-ब्यानर

देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

२१ असार २०८३,
एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
फिचर-ब्यानर

एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

२१ असार २०८३,
विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका
अन्तर्राष्ट्रिय

विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका

२१ असार २०८३,
निर्वासन पछि स्वदेश पर्केका अफगानहरू पहिचानको अभावमा बहिष्कारको जोखिममा
अन्तर्राष्ट्रिय

निर्वासन पछि स्वदेश पर्केका अफगानहरू पहिचानको अभावमा बहिष्कारको जोखिममा

२१ असार २०८३,
Load More
Next Post
लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In