• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटनको सम्भावना बोकेको मनपाङ गाउँ

metakhabar by metakhabar
२७ जेष्ठ २०८२,
0
पर्यटनको सम्भावना बोकेको मनपाङ गाउँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दमौली (तनहुँ), पर्यटनको प्रशस्त सम्भावना बोकेर पनि ओझेलमा परेको मनपाङ गाउँका स्थानीय घरबास (हामस्टे) मार्फत पर्यटन प्रवर्द्धनमा जुटेका छन् ।

प्रचारप्रासरको अभावमा म्याग्दे गाउँपालिका–६ स्थित मनपाङ गाउँ ओझेलमा परेपछि स्थानीय घरबास सञ्चालन गरी पर्यटकीय गतिविधिमार्फत् पर्यटन प्रवर्द्धनमा जुटेका हुन् । सुरुआती चरणमा आठ वटा घरमा घरबास सञ्चालन गरिएको छ ।

पृथ्वीराजमार्गस्थित थर्पुबाट २५ मिनेटको कच्ची बाटोमा यात्रा गरेपछि मनपाङ गाउँ पुगिन्छ । समुन्द्री सतहबाट एक हजार ५० मिटरमा उचाइमा अवस्थित मनपाङबाट म्याग्दे गाउँपालिकाका विभिन्न ठाउँ, पृथ्वीराजमार्गको सडक, सदरमुकामस्थित दमौली बजार, शुक्लागण्डकीका विभिन्न ठाउँका मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

गुरुङ बस्तीको मनपाङमा २० घर रहेकामा पहिलो चरणमा आठ वटाबाट घरबास सञ्चालनमा ल्याइएको मनपाङ सामुदायिक घरबासका अध्यक्ष सोनी गुरुङले जानकारी दिनुभयो । प्रर्यटनको सम्भावना भएर पनि ओझेलमा परेकाले प्रचारप्रसारसँगै घरबासमार्फत् आयआर्जन गर्ने उद्देश्यले पालिकाले प्रोत्साहन गरेपछि पहल थालिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सहर र गाउँलाई जोड्न घरबास सञ्चालन गरेका छौँ । हालै सुरुआत भएकाले आन्तरिक पाहुना आउने क्रम भइरहेको छ । यहाँ पर्यटकीय पूर्वाधार विस्तार गरी पर्यटन प्रवर्द्धनका लागि पहल थाल्ने छौँ ।”

गर्मीयाममा शितलताको अनुभवसँगै यहाँबाट देखिने दृश्यावलोकनले पाहुनालाई लोभ्याउने गरेको गुरुङले विश्वास वयक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यहाँबाट सुन्दर र रमणीय दृश्य देखिनुका साथै पर्यटकले स्थानीय परिकारका स्वादको अनुभूति पाउन सक्नुहुन्छ । सहरमा गर्मी हुँदा पनि मनपाङ गाउँ उक्लिएपछि शितलाको अनुभव लिन सकिन्छ ।”

घरबासका सञ्चालक दिलबहादुर गुरुङले एक रात बसेको रु एक हजार २०० निर्धारण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार राति आउने पाहुनालाई स्वागतसँगै गुन्द्रुक, भटमास, मकै दिने गरिएको छभने रातिको खाना, बास र बिहानको खाजाको व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो, “हामी घरबासलाई व्यवस्थित गर्दै पूर्वाधार थप्ने क्रममा छौँ । अहिले घरबासमा ३० जनाको क्षमता छ ।”

म्याग्दे–६ का वडाध्यक्ष हिरालाल गुरुङले मनपाङ बाइसेचौबिसे राज्यको पालाको एउटा कोट भएकाले यसको प्रचारप्रसारसँगै प्रवर्द्धनका लागि पहल थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस ठाउँमा पर्यटक कसरी ल्याउने भनेर छलफल हुँदा घरबास उपयुक्त हुन्छ भन्ने लागेर सुरुआत गरेका छौँ । घरबास सञ्चालन गरेर यहाँ पाहुना भित्र्याउने र स्थानीयको आयआर्जन बढाउने तयारी गरिरहेका छौँ ।”

मनपाङमा थानीमाई मन्दिर, कालभैरव मन्दिर छन् । धार्मिक रूपमा पनि यस ठाउँ प्रख्यात रहेको वडाध्यक्ष गुरुङको भनाइ छ । उहाँका अनुसार नवमीको दिनमा थानीमाई मन्दिरमा विशेष पूजा हुने गर्दछ । “मनपाङबाट चारैतिरको दृश्य हेर्नका लागि तीन वटा दृश्यावलोकन बिन्दु बनाइएको छ । दृश्यावलोकन बिन्दुसम्म पुग्न ढुङ्गा छापेर पैदलबाटो निर्माण गरिएको छ”, उहाँले भन्नुभयो ।

मनपाङसम्म पुग्ने बाटो कच्ची भएकाले स्तरोन्नतिका लागि काम भइरहेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । पालिकाको समपुरक कोषबाट रु एक करोड बजेट विनियोजन गरी बाटोको स्तरोन्नति गरिरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मनपाङको सौन्दर्यताले पर्यटन प्रवर्द्धन गर्न सकिन्छ भन्ने लागेर घरबास सञ्चालनमा ल्याएका छौँ । घरबाससँगै थप पर्यटन पूर्वाधार निर्माण गरेर यस ठाउँको प्रचारप्रसार र व्रवर्द्धनमा जुटेका हौँ ।”

Previous Post

लस एन्जलसमा प्रदर्शन उग्र बन्दै, ठाउँ ठाउँमा तोडफोड र आगजनी

Next Post

मुक्तिनाथ धर्मशाला स्तरोन्नति गरिँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
फिचर-ब्यानर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

१७ बैशाख २०८३,
काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा
फिचर-ब्यानर

काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

१७ बैशाख २०८३,
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
फिचर-ब्यानर

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

१७ बैशाख २०८३,
उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग
समाचार

उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

१७ बैशाख २०८३,
शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र
समाचार

शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

१७ बैशाख २०८३,
Load More
Next Post
मुक्तिनाथ धर्मशाला स्तरोन्नति गरिँदै

मुक्तिनाथ धर्मशाला स्तरोन्नति गरिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In