• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 16, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच सहकार्य जरुरीः मन्त्री गुरुङ

    सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच सहकार्य जरुरीः मन्त्री गुरुङ

    एघार महिनामा बयालिस हजार पर्यटकले गरे रसुवाको भ्रमण

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    खेलबाट स्वस्थ्य जीवन, स्वच्छ समाजको प्रवर्द्धन हुन्छ : मन्त्री पौडेल

    समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान

    समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान

    १० तस्बिरमा मौनी राय

    १० तस्बिरमा मौनी राय

    गुणात्मक पूर्वाधार निर्माणमा संसदीय निगरानी बढाउनुपर्नेमा जोड

    उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

metakhabar by metakhabar
२४ जेष्ठ २०८२,
0
कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ, २४ जेठ : हलेसी तुवाचुङ नगरपालिकाले कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ प्राप्त गरेको छ । नेपालका प्रधानाध्यापकहरूको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान)ले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट नगरपालिका पुरस्कार यस वर्ष खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्राप्त गरेको हो ।

शिक्षा क्षेत्रमा गरेको नेतृत्व, प्रतिबद्धता र नवीन पहललाई प्रोत्साहन गर्दै हलेसी तुवाचुङ नगरपालिकालाई कोशी प्रदेशको पान उत्कृष्ट पुरस्कार–२०८२ प्रदान गरिएको प्रिन्सिपल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमले बताउनुभयो । प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाको नेतृत्वमा गठित छनोट समितिले २५ ओटा शैक्षिक मापदण्डका आधारमा मूल्याङ्कन गरेर हलेसी तुवाचुङलाई कोशी प्रदेशकै उत्कृष्ट नगरपालिका ठहर गर्दै पुरस्करका लागि सिफारिस गरेको थियो ।

संस्थाको दोस्रो राष्ट्रिय सम्मेलनको अवसरमा हलेसी तुवाचुङ नगरपालिकालाई पुरस्कृत गरिएको हो । ‘नेतृत्वका नयाँ परिभाषा ः विद्यालय उत्कृष्टताका लागि परिवर्तनको अगुवाइ’ भन्ने मुल नारामा आयोजित सम्मेलनमा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नगर प्रमुख विमला राईलाई दोसल्ला ओढाएर पुरस्कार प्रदान गर्नुभएको हो ।

देशभरका शिक्षाविद्, शैक्षिक क्षेत्र सुधारका नीति निर्माता, प्राध्यापक, शिक्षक, विद्यार्थी, अभिभावकलगायत एक हजारभन्दा बढीको सहभागिता रहेको सम्मेलनमा गाउँपालिकातर्फ कोशी प्रदेशमा ईलामको रोङ गाउँपालिका पुरस्कृत भएको छ । प्रिन्सिपल्स एसोसिएसन अफ नेपालको छनोटमा उत्कृष्ट नगरपालिका चयन भएर पुरस्कृत ग्रहण गर्न पाउँदा थप हौसला मिलेको नगरप्रमुख राईले बताउनुभयो ।

शैक्षिक क्षेत्रको सुधार अभियानमा लागेको हलेसी तुवाचुङ नगरपालिकामा ९० वटा विद्यालय सञ्चालनमा रहेका छन् । सामुदायिक विद्यालयहरूमा पछिल्लो तीन वर्षमा भौतिक पूर्वाधार विकास, शिक्षक दरबन्दी व्यवस्थापन, प्रसुति सट्टा शिक्षक, प्राविधिक तथा प्रविधियुक्त शैक्षिक कार्यक्रम विस्तार लगायतका काम भएका छन् ।

नगरपालिकाका विभिन्न विद्यालयमा गरी २६ वटा आरसिसी भवन निर्माण भएका छन् भने, २८ वटा सामुदायिक विद्यालयको भवन मर्मत गरिएको जनाइएको छ । कक्षाकोठा व्यवस्थापन, प्रयोगात्मक र व्यवहारिक सिकाइ केन्द्रको स्थापना, पुस्तकालय व्यवस्थापन, बालबालिकामैत्री संरचना निर्माण, खानेपानी र शौचालय व्यवस्थापन, बालमैत्री शिक्षण पद्धति अवलम्बन, शिक्षक तालिम, नियमित विद्यालय अनुगमन जस्ता विषयमा नगरपालिकाले सक्रियतापूर्वक कार्यसम्पादन गरिरहेको छ ।

महिलाले नेतृत्व गरेको हलेसी तुवाचुङ नगरपालिकामा दिवाखाजा, छात्रवृत्तिजस्ता शैक्षिक गुणस्तर सुरधारका कार्यक्रम प्रभावकारीरूपमा अगाडि बढाइएको छ । नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेसँगै शैक्षिक उपलब्धिमा समेत उल्लेख्य सुधार आएको अभिभावकहरूले बताएका छन् ।

सुशासन र शैक्षिक विकासमा हलेसी तुवाचुङ नगरपालिकाले छोटो समयमै जिल्लामा फड्को मारेको छ । महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनअनुसार हलेसी तुवाचुङ नगरपालिकाको बेरूजु फछ्र्योट शून्य दशमलव १५ प्रतिशत मात्रै देखिएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा हलेसी तुवाचुङ नगरपालिका बेरूजु फछ्र्योट गर्नेमा जिल्ला प्रथम भएको छ भने, प्रदेशमा तेस्रो तथा देशभरका ७५३ स्थानीय तहमध्ये दशौँ स्थानमा आएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ऐसेलुखर्क गाउँपालिका दोस्रो तथा रावाबेँसी गाउँपालिका तेस्रो भएका छन्
—

Previous Post

मस्कसँग सम्बन्ध बिग्रिएपछि टेस्ला कार बेच्दै ट्रम्प !

Next Post

भारतमा कोरोनाका सक्रिय केस ५ हजार नाघे

metakhabar

metakhabar

सम्बन्धित खबर

सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच सहकार्य जरुरीः मन्त्री गुरुङ
आर्थिक

सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच सहकार्य जरुरीः मन्त्री गुरुङ

२ असार २०८२,
आर्थिक

एघार महिनामा बयालिस हजार पर्यटकले गरे रसुवाको भ्रमण

२ असार २०८२,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आवाज

खेलबाट स्वस्थ्य जीवन, स्वच्छ समाजको प्रवर्द्धन हुन्छ : मन्त्री पौडेल

२ असार २०८२,
समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान
आवाज

समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान

२ असार २०८२,
१० तस्बिरमा मौनी राय
मनोरञ्जन

१० तस्बिरमा मौनी राय

२ असार २०८२,
गुणात्मक पूर्वाधार निर्माणमा संसदीय निगरानी बढाउनुपर्नेमा जोड
आवाज

उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी

२ असार २०८२,
Load More
Next Post
भारतमा कोरोनाका सक्रिय केस ५ हजार नाघे

भारतमा कोरोनाका सक्रिय केस ५ हजार नाघे

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In