काठमाडौँ । बलिवुड निर्देशक सन्दीप रेड्डी वांगाको फिल्म ‘स्पिरिट’ छोडेर चर्चामा रहेकी अभिनेत्री दीपिका पादुकोणले अर्को फिल्म पनि गुमाउने भएकी छन् ।
दीपिकाले स्पिरिटबाट बाहिरिदा उनले ८ घण्टा कामात्र म गर्ने माग गरेको र निर्माता त्यसको लागि तयार नभएको बताइएको थियो । त्यसपछि बलिवुडमा आठ घण्टाको सिफ्टलाई लिएर बहस सुरु भएको छ र अहिले पनि चर्चा जारी रहेको छ । धेरैले दीपिकाको मागलाई समर्थन पनि गरे पनि फिल्मका निर्माता निर्देशक दीपिकाको विरुद्ध जान लागेको देखिएको छ ।
दीपिकाको यो अडान उनकै लागि महँगो साबित भइरहेको छ । स्पिरिटबाट बाहिरिएपछि दीपिका अब अर्को फिल्म कल्की-२ बाट पनि बाहिरिने भएकी छन् । भारतीय मिडियाहरुले कल्की २ बाट पनि दीपिका बाहिरिन सक्ने उल्लेख गरेका छन् । आमा बनेपछि, दीपिकाको काम गर्ने समय घटाउने मागले फिल्मको सेट र निर्माताहरूसँग द्वन्द्वको अवस्था सिर्जना गरिरहेको छ । यस कारण, अब ‘कल्की २’ का निर्माताहरूले दीपिकाको भूमिका घटाउने वा हटाउने विचार गरिरहेको रिपोर्टमा उल्लेख छ ।
‘कल्की २’ मा दीपिकासँगै प्रभास र अमिताभ बच्चन पनि मुख्य भूमिकामा रहेका छन् । कामको समयका कारण दीपिकाले छोडेको फिल्म ‘स्पिरिट’ मा प्रभास पनि मुख्य भूमिकामा छन्। अब दीपिका ‘कल्की २’ बाट बाहिरिने खतरामा छिन्, जसमा प्रभास पनि मुख्य भूमिकामा छन् ।
‘कल्की २८९८’ एडीमा दीपिका पादुकोणले ‘सुम’ नामकी गर्भवती महिलाको भूमिका निर्वाह गरेकी थिइन् । जसको अर्थ सुमती हो। दीपिकाको चरित्र सुमतीले जन्म दिने बच्चा पछि कल्की अवतार बन्ने विश्वास गरिने फिल्ममा देखाइएको थियो ।