• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बिहिबार, १९ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    कोप–३१ को तयारीः कार्बन बिक्रीका लागि बजार सुनिश्चितता खोजिँदै

    कोप–३१ को तयारीः कार्बन बिक्रीका लागि बजार सुनिश्चितता खोजिँदै

    मन्त्री मेहतासँग जापानी राजदूत तोरुको शिष्टाचार भेट

    मन्त्री मेहतासँग जापानी राजदूत तोरुको शिष्टाचार भेट

    जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति

    कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेल

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने

    नेपाल प्रहरीको महानिरीक्षक पदमा केसीलाई नियुक्त गर्ने सरकारको निर्णय

    परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

    परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

    तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

    तिहार नजिकिएसँगै माटोको भाँडा बनाउन भ्याइनभ्याई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

‘जहाँ मध्यरातमा चिच्याएर वर मागिन्छ’

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२३ जेठ २०८२,
0
‘जहाँ मध्यरातमा चिच्याएर वर मागिन्छ’
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

गलकोट (बागलुङ), २३ जेठः सत्यवती बर्जु मन्दिरलाई धेरैले चिच्याएर वर माग्ने ‘बहिरी देवी’ रुपमा चिन्छन् । बर्जु कान सुन्नुहुन्न, उहाँ बहिरी हुनुहुन्छ, त्यसैले उहाँलाई सुनाउन चिच्याउनुपर्छ । जति सकिन्छ त्यति चर्काे चिच्याउने हो त्यही पनि मध्यरातमा । बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरको साग्दीमा पर्ने सत्यवती बर्जु मन्दिरमा चिच्याएर वर मागे मात्र पूरा हुन्छ भन्ने आस्था र मान्यता छ । मागेको पुग्ने साक्षात् देवीको स्वरुपको धार्मिक शक्तिपीठको रुपमा साग्दी सत्यवती बर्जु मन्दिर चर्चित छ । यहाँ दैनिक धार्मिक मात्र होइन, अन्य पर्यटक पनि पुग्छन् । विशेष पूजाको समयमा एकै दिन एक लाखभन्दा बढी दर्शनार्थी मन्दिर पुग्छन् ।

भिरमा अडिएको चट्याङमा बसेकी सत्यवती बर्जुको दर्शन र पूजाआजामा भक्तजनलाई असहज भएपछि गाउँपालिका र प्रदेश सरकारको समेत सहयोगमा विभिन्न संरचना निर्माण गरिएको छ । साग्दी सत्यवती बर्जु मन्दिरमा सङ्घीय सरकार, गण्डकी प्रदेश सरकार, बरेङ गाउँपालिका र वडा कार्यालयको संयुक्त लगानी रहेको छ । अहिलेसम्म एक करोडभन्दा बढीको पर्यटकीय पूर्वाधार निर्माण भइसकेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । २०७४ सालदेखि मन्दिरमा संरचना बनाउन थालिएको र अहिलेसम्म एक करोडको पूर्वाधार निर्माण भइसकेको छ । प्रवेशद्वार, पदमार्ग, विश्रामस्थल, खानेपानी, बलि दिने स्थान व्यवस्थापन तथा पर्खाललगायतका पूर्वाधार निर्माण गरेपछि मन्दिर चिटिक्क देखिएको छ ।

मन्दिरभित्र सत्य देवीको मूर्ति रहेको छभने मन्दिर नजिकैको जलकुण्ड छ । जलकुण्डको पानी वर्षैभरि एकैनास रहने गर्दछ । यस मन्दिरमा मध्यरातमा चिच्याएर वर माग्ने अनौठो परम्परा रहँदै आएको छ । मन्दिरमा भाकल गरेको कुरा पूरा भएको भन्दै पुनः मन्दिरमा आउनेहरुको सङ्ख्या समेत उल्लेख्य रहेको वडाध्यक्ष शेरबहादुर खनालको भनाइ छ । मन्दिरमा बर्सेनि मङ्सिर शुक्ल पक्ष धान्य पूर्णिमाका दिन विशेष पूजा गर्दै जलकुण्डमा चिच्याएर वर माग्ने प्रचलन रहेको छ ।

मन्दिर निकै पुरानो भएको प्रमाणित गर्ने १९२४ साल लेखेको घण्टी रहेको छ । मन्दिरमा रहेको १७५ वर्ष पुरानो घण्टीले मन्दिर र यसको इतिहास निकै पुरानो भएको प्रमाणित गर्ने साग्दी सत्यवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर श्रीसले बताउनुहुन्छ । त्यहाँ आएका पर्यटकहरुबाट गतवर्ष मात्रै पाँच लाख भेटी सङ्कलन भएको थियो । उक्त भेटीले मन्दिर मन्दिर निर्माणलगायत संरचानामा खर्च गरिएको मन्दिर व्यवस्थापन समितिका अनुसार अध्यक्ष होमबहादुर श्रीसको भनाइ छ ।

मन्दिरलाई सत्यका रुपमा पूजा गरिँदै आइएको छ । परापूर्वकालमा मन्दिर भएको स्थानमा गौचरन रहेको थियो । “गौरचनको मुख्य भागमा पानीको कुण्ड रहेको र पानीको कुण्डमा गाईवस्तु खस्न सक्ने भन्दै स्थानीयले ढुङ्गा तथा मुडाहरु राख्ने गरेका थिए, तर भोलिपल्ट गोठालाले कुण्डमा राखिएको मुडा र ढुङ्गा नदेखेपछि यस कुण्डमा सत्यता रहेको भन्दै बाराकोटबाट लामा झिकाएर पूजा गर्दा कुण्डमा शक्ति रहेको पाइएको थियो” व्यवस्थापन समितिका अध्यक्ष श्रीसले भन्नुभयो, “धार्मिक महत्व बोकेको सत्यवती मन्दिरको विशेष सत्यता मानिने जलकुण्ड हुग्दिशिर बराहकोटका मनबीर काउचाले १९२५ सालमा फेला पारी त्यस जलकुण्डको धार्मिक सत्यता छ भनी पूजा गरिँदै आएको हो ।”

यस्तै गाईले जलकुण्डमा पानी खाने क्रममा खाल्टोमा खस्न गई गाईबाट कान नसुन्ने माताको उत्पन्न भएको किंवदन्ती रहेको छ । सत्यवती बर्जु माताले कान नसुन्ने भएकाले चिच्याएर वर माग्ने गरेको छ । राति १२ बजेदेखि बिहान ३ बजेभित्र चिच्याएर वर माग्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । मन्दिरको कुवामा एक पटक र मन्दिर माथिको खाल्टोमा अर्को पटक चिच्याएर वर माग्ने गरिन्छ । दिउँसो मागेको वर लाग्दैन र वर माग्दा एकले अर्कोलाई चिन्नु हुँदैन भन्ने विशवासका कारण रातको समयमा माग्ने परम्परा रहेको छ । यहाँ बागलुङ, म्याग्दी, गुल्मी, पर्वत, कास्की, तनहुँ, पाल्पा, चितवन, काठमाडौँ, बुटवल भैरहवालगायतका देशका विभिन्न स्थानबाट यहाँ आउने गरेका छन् । भक्तजनले मागेका कुराहरू सत्यवती बर्जुले पूरा गरिदिने धार्मिक जनविश्वासको आधारमा राँगा, कुखुरा, बोका, परेवाको बलि दिने वा परेवा उडाउने प्रचलन रहँदै आएको छ ।

अघिल्लो समाचार

अतिक्रमित पुरैना ताल पुनर्स्थापना गरिँदै

अर्को समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

कोप–३१ को तयारीः कार्बन बिक्रीका लागि बजार सुनिश्चितता खोजिँदै
अन्तर्राष्ट्रिय

कोप–३१ को तयारीः कार्बन बिक्रीका लागि बजार सुनिश्चितता खोजिँदै

१८ कात्तिक २०८३,
मन्त्री मेहतासँग जापानी राजदूत तोरुको शिष्टाचार भेट
आवाज

मन्त्री मेहतासँग जापानी राजदूत तोरुको शिष्टाचार भेट

१८ कात्तिक २०८३,
जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति
जीवन शैली

कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेल

१८ कात्तिक २०८३,
मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
राजनीति

नेपाल प्रहरीको महानिरीक्षक पदमा केसीलाई नियुक्त गर्ने सरकारको निर्णय

१८ कात्तिक २०८३,
परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता
आवाज

परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

१८ कात्तिक २०८३,
तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु
आर्थिक

तिहार नजिकिएसँगै माटोको भाँडा बनाउन भ्याइनभ्याई

१८ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

कोप–३१ को तयारीः कार्बन बिक्रीका लागि बजार सुनिश्चितता खोजिँदै

कोप–३१ को तयारीः कार्बन बिक्रीका लागि बजार सुनिश्चितता खोजिँदै

१८ कात्तिक २०८३,
मन्त्री मेहतासँग जापानी राजदूत तोरुको शिष्टाचार भेट

मन्त्री मेहतासँग जापानी राजदूत तोरुको शिष्टाचार भेट

१८ कात्तिक २०८३,
जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति

कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेल

१८ कात्तिक २०८३,
मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने

नेपाल प्रहरीको महानिरीक्षक पदमा केसीलाई नियुक्त गर्ने सरकारको निर्णय

१८ कात्तिक २०८३,
परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

१८ कात्तिक २०८३,
तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

तिहार नजिकिएसँगै माटोको भाँडा बनाउन भ्याइनभ्याई

१८ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन