• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    समानुपातिकमा एक करोड चार लाख मतगणना

    प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

    प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य बढ्यो

    नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा

    नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

    प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘जहाँ मध्यरातमा चिच्याएर वर मागिन्छ’

metakhabar by metakhabar
२३ जेष्ठ २०८२,
0
‘जहाँ मध्यरातमा चिच्याएर वर मागिन्छ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलकोट (बागलुङ) । सत्यवती बर्जु मन्दिरलाई धेरैले चिच्याएर वर माग्ने ‘बहिरी देवी’ रुपमा चिन्छन् । बर्जु कान सुन्दैँनन्, उनी बहिरी छन्, त्यसैले उनलाई सुनाउन चिच्याउनुपर्छ । जति सकिन्छ त्यति चर्को चिच्याउने हो त्यही पनि मध्यरातमा । बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरको साग्दीमा पर्ने सत्यवती बर्जु मन्दिरमा चिच्याएर वर मागे मात्र पूरा हुन्छ भन्ने आस्था र मान्यता छ । मागेको पुग्ने साक्षात् देवीको स्वरुपको धार्मिक शक्तिपीठको रुपमा साग्दी सत्यवती बर्जु मन्दिर चर्चित छ । यहाँ दैनिक धार्मिक मात्र होइन, अन्य पर्यटक पनि पुग्छन् । विशेष पूजाको समयमा एकै दिन एक लाखभन्दा बढी दर्शनार्थी मन्दिर पुग्छन् ।

भिरमा अडिएको चट्याङमा बसेकी सत्यवती बर्जुको दर्शन र पूजाआजामा भक्तजनलाई असहज भएपछि गाउँपालिका र प्रदेश सरकारको समेत सहयोगमा विभिन्न संरचना निर्माण गरिएको छ । साग्दी सत्यवती बर्जु मन्दिरमा सङ्घीय सरकार, गण्डकी प्रदेश सरकार, बरेङ गाउँपालिका र वडा कार्यालयको संयुक्त लगानी रहेको छ ।

अहिलेसम्म एक करोडभन्दा बढीको पर्यटकीय पूर्वाधार निर्माण भइसकेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए । २०७४ सालदेखि मन्दिरमा संरचना बनाउन थालिएको र अहिलेसम्म एक करोडको पूर्वाधार निर्माण भइसकेको छ । प्रवेशद्वार, पदमार्ग, विश्रामस्थल, खानेपानी, बलि दिने स्थान व्यवस्थापन तथा पर्खाललगायतका पूर्वाधार निर्माण गरेपछि मन्दिर चिटिक्क देखिएको छ ।

मन्दिरभित्र सत्य देवीको मूर्ति रहेको छभने मन्दिर नजिकैको जलकुण्ड छ । जलकुण्डको पानी वर्षैभरि एकैनास रहने गर्दछ । यस मन्दिरमा मध्यरातमा चिच्याएर वर माग्ने अनौठो परम्परा रहँदै आएको छ । मन्दिरमा भाकल गरेको कुरा पूरा भएको भन्दै पुनः मन्दिरमा आउनेहरुको सङ्ख्या समेत उल्लेख्य रहेको वडाध्यक्ष शेरबहादुर खनालको भनाइ छ । मन्दिरमा बर्सेनि मङ्सिर शुक्ल पक्ष धान्य पूर्णिमाका दिन विशेष पूजा गर्दै जलकुण्डमा चिच्याएर वर माग्ने प्रचलन रहेको छ ।

मन्दिर निकै पुरानो भएको प्रमाणित गर्ने १९२४ साल लेखेको घण्टी रहेको छ । मन्दिरमा रहेको १७५ वर्ष पुरानो घण्टीले मन्दिर र यसको इतिहास निकै पुरानो भएको प्रमाणित गर्ने साग्दी सत्यवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर श्रीसले बताउँछन् । त्यहाँ आएका पर्यटकहरुबाट गतवर्ष मात्रै पाँच लाख भेटी सङ्कलन भएको थियो । उक्त भेटीले मन्दिर मन्दिर निर्माणलगायत संरचानामा खर्च गरिएको मन्दिर व्यवस्थापन समितिका अनुसार अध्यक्ष होमबहादुर श्रीसको भनाइ छ ।

मन्दिरलाई सत्यका रुपमा पूजा गरिँदै आइएको छ । परापूर्वकालमा मन्दिर भएको स्थानमा गौचरन रहेको थियो । “गौरचनको मुख्य भागमा पानीको कुण्ड रहेको र पानीको कुण्डमा गाईवस्तु खस्न सक्ने भन्दै स्थानीयले ढुङ्गा तथा मुडाहरु राख्ने गरेका थिए, तर भोलिपल्ट गोठालाले कुण्डमा राखिएको मुडा र ढुङ्गा नदेखेपछि यस कुण्डमा सत्यता रहेको भन्दै बाराकोटबाट लामा झिकाएर पूजा गर्दा कुण्डमा शक्ति रहेको पाइएको थियो” व्यवस्थापन समितिका अध्यक्ष श्रीसले भने, “धार्मिक महत्व बोकेको सत्यवती मन्दिरको विशेष सत्यता मानिने जलकुण्ड हुग्दिशिर बराहकोटका मनबीर काउचाले १९२५ सालमा फेला पारी त्यस जलकुण्डको धार्मिक सत्यता छ भनी पूजा गरिँदै आएको हो ।”

यस्तै गाईले जलकुण्डमा पानी खाने क्रममा खाल्टोमा खस्न गई गाईबाट कान नसुन्ने माताको उत्पन्न भएको किंवदन्ती रहेको छ । सत्यवती बर्जु माताले कान नसुन्ने भएकाले चिच्याएर वर माग्ने गरेको छ । राति १२ बजेदेखि बिहान ३ बजेभित्र चिच्याएर वर माग्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । मन्दिरको कुवामा एक पटक र मन्दिर माथिको खाल्टोमा अर्को पटक चिच्याएर वर माग्ने गरिन्छ ।

दिउँसो मागेको वर लाग्दैन र वर माग्दा एकले अर्कोलाई चिन्नु हुँदैन भन्ने विशवासका कारण रातको समयमा माग्ने परम्परा रहेको छ । यहाँ बागलुङ, म्याग्दी, गुल्मी, पर्वत, कास्की, तनहुँ, पाल्पा, चितवन, काठमाडौँ, बुटवल भैरहवालगायतका देशका विभिन्न स्थानबाट यहाँ आउने गरेका छन् । भक्तजनले मागेका कुराहरू सत्यवती बर्जुले पूरा गरिदिने धार्मिक जनविश्वासको आधारमा राँगा, कुखुरा, बोका, परेवाको बलि दिने वा परेवा उडाउने प्रचलन रहँदै आएको छ ।

Previous Post

साउदी अरबमा हज समाप्त हुँदै जाँदा मुस्लिम तीर्थयात्रीहरूले ‘शैतानलाई ढुङ्गा’ हाने

Next Post

एन्टिबायोटिकको प्रयोग बढ्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

समानुपातिकमा एक करोड चार लाख मतगणना

२६ फाल्गुन २०८२,
प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो
फिचर-ब्यानर

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

२६ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य बढ्यो

२६ फाल्गुन २०८२,
नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा
समाचार

नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा

२६ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

२६ फाल्गुन २०८२,
प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो
फिचर-ब्यानर

प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

२६ फाल्गुन २०८२,
Load More
Next Post
एन्टिबायोटिकको प्रयोग बढ्दै

एन्टिबायोटिकको प्रयोग बढ्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In