• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 16, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार

    एघार महिनामा बयालिस हजार पर्यटकले गरे रसुवाको भ्रमण

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    खेलबाट स्वस्थ्य जीवन, स्वच्छ समाजको प्रवर्द्धन हुन्छ : मन्त्री पौडेल

    समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान

    समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान

    १० तस्बिरमा मौनी राय

    १० तस्बिरमा मौनी राय

    गुणात्मक पूर्वाधार निर्माणमा संसदीय निगरानी बढाउनुपर्नेमा जोड

    उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी

    अकबरे: स्वाद र स्वास्थ्य दुबैमा उत्तम

    अकबरे: स्वाद र स्वास्थ्य दुबैमा उत्तम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार

    एघार महिनामा बयालिस हजार पर्यटकले गरे रसुवाको भ्रमण

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    खेलबाट स्वस्थ्य जीवन, स्वच्छ समाजको प्रवर्द्धन हुन्छ : मन्त्री पौडेल

    समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान

    समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान

    १० तस्बिरमा मौनी राय

    १० तस्बिरमा मौनी राय

    गुणात्मक पूर्वाधार निर्माणमा संसदीय निगरानी बढाउनुपर्नेमा जोड

    उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी

    अकबरे: स्वाद र स्वास्थ्य दुबैमा उत्तम

    अकबरे: स्वाद र स्वास्थ्य दुबैमा उत्तम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

उखुखेतीबाट लाखौँ आम्दानी

metakhabar by metakhabar
२० जेष्ठ २०८२,
0
उखुखेतीबाट लाखौँ आम्दानी
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

धरान (सुनसरी), २० जेठः नेपालमा कमाईको सम्भावना नभएको भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या बढ्दोे छ । गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् । अहिले युवा वैदेशिक रोजगारीको पछिपछि दौडिरहेका बेला बराहक्षेत्र नगरपालिका–११ मधुवनका २९ वर्षीय विवेककुमार महतो भने आफ्नै माटोमा उखु खेतीमै रमाइरहनु भएको छ । उहाँले रोजगारीको जोहो भने यहीँबाट गरिरहनुभएको छ । जीवन गुजारालाई विदेशको पर्खाइ भने छैन उहाँलाई ।

उहाँ भन्नुहुन्छ, “देशमै केही गर्न सकिन्छ भन्ने लाग्थ्यो, त्यसैले विदेश जाने सोच भने कहिले पनि पलाएन ।” उहाँले तीन वर्षपहिले रु दुई लाख ५० हजारको लगानीबाट अढाई बिघा जमिनमा उखुखेती सुरु गर्नुभएको थियो । उहाँले अहिले लगानी पनि बढाउनु भएको छभने उखुखेतीबाटै वार्षिक रु पाँच लाख बढी आम्दानी गरिरहनुभएको बताउनुभयो ।

“उखुखेतीमा मजदुरको अभाव भने हँुदैन, मजदुर पनि पाइन्छ”, उहाँले भन्नुभयो, “तर जलवायु परिवर्तनले भने चुनौती थपिरहेको छ ।” उखु वृद्धि र उत्पादनमा वातावरणीय असन्तुलनले भने प्रत्यक्ष प्रभाव पारिरहेको उहाँको अनुभव छ । विशेषगरी उखुको बच्चा लाग्ने समयमा अत्यधिक वर्षा हुदाँ बोटको जरा सड्ने, उखु पहेँलो हुने अनि उत्पादनमा कमी आउने समस्या भने हुने गरेको महतोले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “यस्ता असमान्य मौसम परिवर्तनले प्रभाव पार्दा दीर्घकालीन रुपमा उत्पादनमा गिरावट ल्याउनसक्ने सम्भावना भने बढाएको छ ।”

“उखुखेतीमा सफल हुन र आम्दानी बढाउन वैज्ञानिक प्रविधिको उपयोग तथा जलवायु अनुकूल रणनीति अवलम्बन गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो । यसो गर्दा उत्पादनमा अझ वृद्धि हुनसक्ने उहाँको भनाइ छ । उहाँका अनुसार उखु रोपेको नौदेखि १० महिनामा काट्ने मिल्ने हुन्छ । उखु रोपाइँ फागुनदेखि चैतसम्म मानिन्छ । यो समयमा रोपिएको उखु मङ्सिरदेखि माघभित्र पाकेर काट्न योग्य हुन्छ । अरू बालीजस्तो हेरचाह गरिरहनु नपर्ने भएका कारण उखुखेती गर्न सहज हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बिक्रीका लागि बजारको समस्या भने हुँदैन, वार्षिक रुपमा एक हजार १०० देखि एक हजार २०० क्विन्टल बढी उखु उत्पादन हुँदै आएको छ ।” उत्पादित उखु सुनसरी र मोरङका विभिन्न चिनी उद्योगमा बिक्रीका लागि जाने गरेको उहाँले बताउनुभयो । महतोका अनुसार अहिले उखुप्रति क्विन्टल रु ६८५ मा बिक्री भइरहेको छ । उखुको मूल्य पछिल्लो समय केही वृद्धि भएकाले आफू सन्तुष्ट रहेको उहाँ सुनाउनुहुन्छ ।

“केही वर्षअघिसम्म प्रतिक्विन्टल रु ६०० सम्ममा उखु बेच्नुपथ्र्यो, अहिले मूल्य बढेको छ, यसमा म सन्तुष्ट छु”, उहाँले भन्नुभयो । उखुको मूल्य सरकारले नै निर्धारण गर्ने प्रावधान रहेको बताउँदै उहाँले भन्नुभयो, “मूल्य सरकारले नै तोक्ने भएकाले हामी किसानहरुलाई स्पष्ट हुन्छ अनि व्यापारी र हामी किसानमा मूल्यको मोलमोलाइ हुँदैन ।” प्रत्येक वर्ष याम सुरु हुनासाथ सरकारले मूल्य घोषणा गर्छ । सोही अनुसार चिनी उद्योगहरुले किसानसँग उखु खरिद गर्ने गरेको उहाँले बताउनुभयो ।

मकै, धान र कोदोको भन्दा कम लगानी तथा श्रम पनि कम लाग्ने साथै सरकारद्वारा मूल्य निर्धारण हुने हुँदा विश्वसनीयता हुनाका साथै सिधै चिनी मिलहरुसँगको सहकार्यले पनि उखुखेतीप्रति आफूलाई सहज र आकर्षित बनाएकाले उखुखेती गर्ने गरेको उहाँले बताउनुभयो ।

महतोका अनुसार वर्षमा रु आठ लाख बढीको उखु उत्पादन हुने गरेको छ । त्यसमा मल, मजदुर, गाडी भाडालगायतमा करिब रु दुई लाखदेखि रु दुई लाख ५० हजारसम्म खर्च हुने गरेको छ । बाँकी रु पाँच लाख बढी बचत हुँदा घर व्यवहार चलाउन सजिलो हुनाका साथै मेहनत अनुसारको आम्दानी हुने गरेको उहाँले बताउनुभयो । मौसमले साथ दिए अनि उखुमा रोग नलाग्ने हो भने अझ बढी आम्दानी हुने उहाँको विश्वास छ ।

“अहिलेसम्म उखु उत्पादन राम्रै भइरहेको र आम्दानी पनि राम्रै दिएको छ, केही वर्षपछि थप अझ बढाएर उखुखेती विस्तार गर्ने सोचमा छु”, उहाँले भन्नुभयो, “पहिले अरू खेती गर्दा सोचेजस्तो आम्दानी हुन नसक्ने, दुःख र मेहनत लागे पनि उखुखेतीबाट भने कम लगानी कम मेहनतले आम्दानी भएपछि केही स्थायित्व आएको महसुस भने भएको छ ।”

उहाँका अनुसार उखु काट्ने समयमा ६० जनाभन्दा बढी कामदारलाई दैनिक रु ७०० ज्याला दिएर कामदार लगाइन्छ छभने उखुमा मल लगाउने समयमा दैनिकजसो छजना बढी कामदार राख्ने गरेको उहाँले बताउनुभयो । “मजदुरको अभाव भने खासै हुँदैन, ज्याला भने पहिलेको भन्दा अलिक वृद्धि भएको छ”, उहाँले भन्नुभयो, “आफूलाई देशमा काम गर्ने मन र केही मेहनत भए आफ्नै देशमा धेरै सम्भावना छन्, मैले उखुखेतीबाट वर्षमा लाखौँ कमाइरहेको छु, विदेश गएर अरूको देश बनाउनुभन्दा आफ्नै देशमा पसिना बगाएर कमाउनु गर्वको कुरा हो, विदेश पलायन हुनुभन्दा अगाडि एक पटक खेतबारीमा पनि फर्केर सोच्नुपर्छ सम्भावना धेरै छ ।”

Previous Post

‘विवाह गर्नुपूर्व सिकलसेल छ वा छैन भन्ने जाँच गराउन आवश्यक हुन्छ’

Next Post

हिमालको संरक्षणमा जोड

metakhabar

metakhabar

सम्बन्धित खबर

आर्थिक

एघार महिनामा बयालिस हजार पर्यटकले गरे रसुवाको भ्रमण

२ असार २०८२,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आवाज

खेलबाट स्वस्थ्य जीवन, स्वच्छ समाजको प्रवर्द्धन हुन्छ : मन्त्री पौडेल

२ असार २०८२,
समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान
आवाज

समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान

२ असार २०८२,
१० तस्बिरमा मौनी राय
मनोरञ्जन

१० तस्बिरमा मौनी राय

२ असार २०८२,
गुणात्मक पूर्वाधार निर्माणमा संसदीय निगरानी बढाउनुपर्नेमा जोड
आवाज

उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी

२ असार २०८२,
अकबरे: स्वाद र स्वास्थ्य दुबैमा उत्तम
जीवन शैली

अकबरे: स्वाद र स्वास्थ्य दुबैमा उत्तम

२ असार २०८२,
Load More
Next Post
हिमालको संरक्षणमा जोड

हिमालको संरक्षणमा जोड

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In