• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बिहिबार, १० मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश

    स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश

    ‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक

    ‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक

    गण्डकी प्रदेश सरकारका योजना धमाधम कार्यान्वयनमा

    गण्डकी प्रदेश सरकारका योजना धमाधम कार्यान्वयनमा

    मेचीनगरलाई सडकआश्रित मानवमुक्त घोषणा गर्ने तयारी

    मेचीनगरलाई सडकआश्रित मानवमुक्त घोषणा गर्ने तयारी

    गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा

    गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा

    दशौँ राष्ट्रिय खेलकुद : यी खेलमा हुँदै छ आज प्रतिस्पर्धा

    दशौँ राष्ट्रिय खेलकुद : यी खेलमा हुँदै छ आज प्रतिस्पर्धा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

अस्वस्थ जीवनशैलीले बढ्यो नसर्ने रोगको जोखिम

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१७ जेठ २०८२,
0
अस्वस्थ जीवनशैलीले बढ्यो नसर्ने रोगको जोखिम
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाण्डु–नसर्ने रोग विश्वमै जटिल बन्दै गइरहेको छ।

विश्वव्यापीकरण, सहरीकरण, जनसंख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढ्दै गइरहेको विज्ञहरू बताउँछन्।

विज्ञहरूका अनुसार अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटुरोग, दमलगायतका रोग बढ्दो क्रममा छ।

मुटु रोग विशेषज्ञ डा. राजेन्द्र कोजु ओपिडीमा आइपुग्ने धेरै जसो बिरामीमा उच्च रक्तचाप, मधुमेह, छाति दुख्ने, मुटुको समस्या देखिन्छ।

यी सबै नसर्ने रोग हुन्। स्वस्थ खानपान तथा व्यायामले शरीर तन्दुरुस्त हुन्छ भन्ने चेत हुँदा पनि धेरै जनाले यसलाई बेवास्ता गरिरहेको उनको अनुभव छ।

खानेकुरामा अनुशासन नहुँदा बालबालिकामा पनि मोटोपन बढ्दो छ।

‘धेरै चिल्लो र गुलियो खाने तर शारीरिक व्यायाम छैन अनि बोसो जम्छ। अर्कातिर प्रदूषणले पनि धेरैलाई रोगी बनाउँदै लगेको छ,’ डा. कोजु भन्छन्।

नसर्ने रोगबाट वार्षिक चार करोडको मृत्यु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार नसर्ने रोगबाट वार्षिक चार करोड १० लाखले ज्यान गुमाउने गरेका छन्।

जुन विश्वव्यापी रुपमा हुने मृत्युको ७४ प्रतिशत बराबर हो। हरेक वर्ष एक करोड ७० लाख मानिस नसर्ने रोगबाट ७० वर्षको उमेरभन्दा अगावै नै ज्यान गुमाइरहेका छन्।

नसर्ने रोगबाट मर्ने ७७ प्रतिशत निम्न तथा मध्यम आय भएका देशका छन्।

कार्डियो भास्कुलर रोग (सिभिडी) बाट वार्षिक एक करोड ७९ लाख, क्यान्सरबाट ९३ लाख, क्रोनिक रेस्पिरेटिरीबाट ४१ लाख मानिसले वार्षिक रुपमा ज्यान गुमाउने गरेका छन्।

नसर्ने रोगको मुख्य कारक अस्वस्थ्यकर जीवनशैली नै देखिएको छ।

सूर्तीजन्य पदार्थको सेवन, शारीरिक व्यायामको कमी, मद्यपान तथा धुमपान, अस्वस्थकर खानपान, वायु प्रदूषणले नसर्ने रोग निम्त्याउन अहम भूमिका खेलिरहेका छन्। नसर्ने रोगले लामो अवधि र साधारणयता सुस्त गतिमा प्रभाव पार्ने गर्छ।

विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको एक अध्ययनका अनुसार ७१ प्रतिशतभन्दा बढी नागरिकले नसर्ने रोगका कारण ज्यान गुमाउनुपरेको छ।

रोकथाममा ध्यान दिन आवश्यक

एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने दीर्घ रोग, सुक्ष्म जीवाणु माध्यमबाट नहुने रोगलाई साधारणतया नसर्ने रोग भन्ने गरिन्छ।

यो रोगबाट जुनसुकै उमेरका व्यक्तिहरु प्रभावित हुन सक्छन्। उपचारात्मकभन्दा रोकथाममा नै सुरुमा ध्यान दिन सके नसर्ने रोगबाट बच्न सकिन्छ।

मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराई भन्छन्, ‘वंशाणुगतबाहेक जङ्क फुड, व्यायाम नहुनु, दुब्लो देखिँदा पनि कलेजोमा बोसो थुप्रिएको हुन्छ जसलाई हामी ‘फ्याटी लिभर’ भन्छौँ त्यो धेरैमा छ। सन्तुलित भोजनको कमी, गुलियो पेयपदार्थले चिनी रोग बढिरहेको देखिन्छ। यसबाट कालान्तरमा किड्नी फेल, खुट्टा काट्ने अवस्था, हृदयघातजस्ता समस्या आउन सक्छन्।’

उनले नसर्ने रोग लाग्न नदिन विद्यालयस्तरबाट विद्यार्थीलाई सचेत गराउने र अभिभावकलाई पनि जनचेतना प्रदान गर्न आवश्यक रहने बताए। नियमित व्यायाम गर्ने, रेसायुक्त खाना खाने, प्रशोधित खाना नखाने, घरमै पाकेको खाना खानाले चिनी रोगलगायत नसर्ने रोगबाट बच्न सकिने उनको सुझाव छ।

नसर्ने रोग यदी प्रारम्भिक अवस्थामै पत्ता लगाइ सोही समयमै व्यवस्थापन गर्न सकेमा यसले भविष्यमा निम्त्याउने जटिलता र अकाल मृत्यु हुनबाट बच्न सकिन्छ।

बाल्यावस्था तथा युवावस्थामा स्वस्थकर जीवनशैली अपनाएमा वयस्क/वृद्ध अवस्थामा गएर नसर्ने रोग लाग्नबाट बच्न सकिने विज्ञ बताउँछन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नसर्ने तथा मानसिक रोग स्वास्थ्य शाखा प्रमुख डा. पोमावती थापाले धुमपान, मद्यपान, शारीरिक निष्कृयता, प्रशोधित खाना नै नसर्ने रोगको प्रमुख कारक रहेको बताउँछिन्।

उनले सरकारले नसर्ने रोगको रोकथामका लागि सबै जिल्लामा पेन प्रोग्राम (प्याकेज अफ इसेन्सियल नन कम्युनिकेबल डिजिज) ल्याएको बताउँछिन्।

डा. थापाका अनुसार समुदायस्तरमा नसर्ने रोगको पहिचान, स्क्रीनिङ र उपचार गर्न यो कार्यक्रम ल्याइएको हो। पाठेघर क्यान्सर स्क्रीनिङ तथा एचपिभी खोप पनि सरकारले सुरु गरिसकेको छ।

त्यसैगरी जटिल, दीर्घ, बालबालिका र किशोरकिशोरीमा लाग्ने नसर्ने रोगको रोकथाम गर्न पेन प्लस कार्यक्रम पनि ल्याएका छौँ। त्यो ६ जिल्लामा लागू भएको छ।

नसर्ने रोगको रोकथाम तथा नियन्त्रण गर्न बहुक्षेत्रीय समन्वयको आवश्यकता रहेको उनको भनाइ छ।

मुटुटरोग विशेषज्ञ डा. कोजुले स्वस्थ्य जीवनशैली अपनाउन अभिभावकले आफै पनि अनुसरण गरेर आफ्ना बालबालिकालाई सिकाउनुपर्ने बताए।

‘मोबाइल हेर्ने बानीले एकोहिरने हुन्छ जसले गर्दा स्ट्रेस तह पनि बढ्दै गएको देखिन्छ। स्वस्थ्यकर खाना जस्तै तरकारी, फलफूल खानुपर्छ। गुलियो पेयपदार्थ कम खाने। व्यायाम र धुमपानबाट टाढा रहे धेरै रोगबाट बच्न सकिन्छ,’ डा. कोजु भन्छन्।

उनकाअनुसार मोबाइल टिभीमा लत लगाउनुभन्दा खेलकुदमा अभिभावकले ध्यान दिनुपर्छ।

‘राज्यले पनि स्कुलको पाठ्यक्रममा वा स्वस्थ जीवनशैलीसम्बन्धी पैरवी गर्नुपर्छ साथै व्यायाम गर्ने ठाउँको निर्माण गर्दिनुपर्छ,’ उनले भने।

नसर्ने रोगको बढ्दो प्रकोपका कारण विश्व नै आक्रान्त भइरहेका बेला नेपालले यसलाई व्यवस्थित रुपमा रोकथाम र नियन्त्रण गर्न नसर्ने रोगसम्बन्धी बहुक्षेत्रीय कार्ययोजना (सन् २०२१–२०२५) बनाएको छ।

नेपालले नसर्ने रोगका कारणले अल्पायुमा हुने मृत्यु सन् २०२५ सम्ममा २५ प्रतिशतले घटाउने लक्ष्य लिएको छ। त्यसैगरी दिगो विकास लक्ष्यले समेत एक तिहाइले नसर्ने रोगका कारणले हुने मृत्यु घटाउने लक्ष्य लिएको छ। –रासस

अघिल्लो समाचार

सन्दर्भ विश्व धूम्र्रपानरहित दिवस : धूम्र्रपानको लतले बिगारेको शारीरिक र मुख स्वास्थ्य

अर्को समाचार

इनामः एक प्रेरक प्रसङ्ग

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश
अन्तर्राष्ट्रिय

स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश

१० मंसिर २०८३,
‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक
आवाज

‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक

१० मंसिर २०८३,
गण्डकी प्रदेश सरकारका योजना धमाधम कार्यान्वयनमा
समाचार

गण्डकी प्रदेश सरकारका योजना धमाधम कार्यान्वयनमा

१० मंसिर २०८३,
मेचीनगरलाई सडकआश्रित मानवमुक्त घोषणा गर्ने तयारी
समाचार

मेचीनगरलाई सडकआश्रित मानवमुक्त घोषणा गर्ने तयारी

१० मंसिर २०८३,
गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा
खेलमैदान

गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा

१० मंसिर २०८३,
दशौँ राष्ट्रिय खेलकुद : यी खेलमा हुँदै छ आज प्रतिस्पर्धा
खेलमैदान

दशौँ राष्ट्रिय खेलकुद : यी खेलमा हुँदै छ आज प्रतिस्पर्धा

१० मंसिर २०८३,
थप समाचार
अर्को समाचार
इनामः एक प्रेरक प्रसङ्ग

इनामः एक प्रेरक प्रसङ्ग

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश

स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश

१० मंसिर २०८३,
‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक

‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक

१० मंसिर २०८३,
गण्डकी प्रदेश सरकारका योजना धमाधम कार्यान्वयनमा

गण्डकी प्रदेश सरकारका योजना धमाधम कार्यान्वयनमा

१० मंसिर २०८३,
मेचीनगरलाई सडकआश्रित मानवमुक्त घोषणा गर्ने तयारी

मेचीनगरलाई सडकआश्रित मानवमुक्त घोषणा गर्ने तयारी

१० मंसिर २०८३,
गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा

गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा

१० मंसिर २०८३,
दशौँ राष्ट्रिय खेलकुद : यी खेलमा हुँदै छ आज प्रतिस्पर्धा

दशौँ राष्ट्रिय खेलकुद : यी खेलमा हुँदै छ आज प्रतिस्पर्धा

१० मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन