काठमाडौं । राजधानीको मुख्य व्यस्त क्षेत्र दरबारमार्गमा असार २४ गतेसम्म निषेधाज्ञा लागू गरिएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले सुरक्षा संवेदनशीलता र सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै यो निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र शालिक हुँदै संग्रहालय दक्षिण गेटसम्मको क्षेत्र निषेधित घोषित गरिएको छ।
उक्त अवधिमा कुनै पनि प्रदर्शन, ¥याली वा भीडभाडजन्य गतिविधि निषेध गरिएको छ। प्रशासनले नियम उल्लंघन गर्नेलाई कानुनी कारबाही गरिने चेतावनी दिएको छ। यस कदमले दरबारमार्ग क्षेत्रलाई शान्त र सुरक्षित राख्न सहयोग पुग्ने प्रशासनको विश्वास छ।