• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 19, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रधानमन्त्रीले दिए क्रिकेट टोलाीलाई बधाई

    निजामती सेवा विधेयकमा केही समय पर्खन प्रधानमन्त्री ओलीको आग्रह

    बारामा हत्या आरोपित ४ जना सार्बजनिक

    बारामा हत्या आरोपित ४ जना सार्बजनिक

    दाताको सहयोगमा एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन

    दाताको सहयोगमा एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन

    छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

    छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

    सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै

    सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै

    बुटवल–नारायणघाट सडक ढिलाइले सौराहाको पर्यटन प्रभावित

    वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    प्रधानमन्त्रीले दिए क्रिकेट टोलाीलाई बधाई

    निजामती सेवा विधेयकमा केही समय पर्खन प्रधानमन्त्री ओलीको आग्रह

    बारामा हत्या आरोपित ४ जना सार्बजनिक

    बारामा हत्या आरोपित ४ जना सार्बजनिक

    दाताको सहयोगमा एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन

    दाताको सहयोगमा एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन

    छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

    छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

    सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै

    सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै

    बुटवल–नारायणघाट सडक ढिलाइले सौराहाको पर्यटन प्रभावित

    वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बुलबुल तालमा मोटरबोट सञ्चालन भएपछि…

metakhabar by metakhabar
१७ जेष्ठ २०८२,
0
बुलबुल तालमा मोटरबोट सञ्चालन भएपछि…
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरेन्द्रनगर (सुर्खेत)। ‘सुर्खेत बुलबुल ताल, माया मै सानो हुनाले छुट्यो माया जाल’ तीसको दशकमा प्रेमदेव गिरीको शब्दमा कमला श्रेष्ठले स्वर दिएर रेडियो नेपालमा रेकर्ड भएको यो गीत कालान्तरमा सुर्खेतकै पहिचान बन्यो । यो एउटै गीतले सुर्खेतलाई एकै पटक देशभर चिनायो । मोबाइल, इन्टरनेट र सामाजिक सञ्जाल नहुँदा पनि रेडियोमार्फत सुर्खेत बुलबुल तालको नाम जनजनका मनमनमा पुगेको थियो ।

अहिले जस्तो यातायातको सुविधा र देशभित्रै भ्रमणको संस्कारको विकास नभइसकेको अवस्थामा सुर्खेत आएर बुलबुल तालबारे जानकारी दिने अवस्था पनि थिएन । तर रेडियो नेपालमा बारम्बार गुञ्जिरहने हुँदा गीतको भाका र शब्द अधिकांशको जिब्रोमा झुण्डिएको थियो । एउटा गीतमा कोरिएको सामान्य शब्द र त्यसमा मिसिएको लयमात्रै पनि सन्देश प्रवाहका लागि कति महत्वपूर्ण हुन्छ उदाहरण यो गीत बनेको थियो । यो गीतले सुर्खेत र बुलबुल ताललाई विश्वभर चिनायो भन्दा अत्युक्ति हुँदैन होला । त्यसैले त अहिले सुर्खेत पुग्ने जो कोहीको ‘बकेट लिस्ट’मा बुलबुल ताल सुरुको नम्बरमा हुन्छ ।

करिब ५० वर्षअघि रेकर्ड भएको त्यो गीतपछि बुलबुल ताललाई लिएर कैयौँ गीत बने । विसं २०६२ मा चलचित्र बन्धकीको एउटा गीत यहीँ छायाङ्कन गरियो । तर त्यसयताका वर्षमा संरक्षण नहुँदा अस्तित्व गुमाउने अवस्थामा पुगेको बुलबुल उद्यानले पछिल्लो समय तालमा मोटरबोट सञ्चालनमा भएपछि यसले पुनःजीवन पाएको छ ।

विसं २०२९ सालमा राजा वीरेन्द्रको भ्रमणपछि बुलबुल तालको विशेष संरक्षण सुरु गरिएको थियो । सुर्खेतको प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने यो क्षेत्र मानिसका लागि प्रकृतिमा रमाउने गन्तव्यमात्रै नभइ चराचुरुङ्गीको बासस्थान पनि हो । अझै पनि मानिसहर नुहाउन र कपडा धुनका लागि बुलबुल गर्दै जमिन मुनीबाट आउने पानीमै निर्भर छन् ।

वीरेन्द्र्र नगरपालिकाका प्रमुख मोहनमाया ढकाल (भण्डारी) का अनुसार बुलबुल तालमा मोटरबोट सुरु भएपछि यहाँको पर्यटकीय विकास मात्रै भएको छैन, यसले यहाँको आर्थिक गतिविधि पनि चलायमान बनाएको छ । “बुलबुल ताल यहाँको पहिचान हो, सुर्खेत नआउनेहरुले पनि बुलबुल ताल सुनेका छन्, त्यसैले यहाँ आउने जो कोही पनि एकपटक बुलबुल ताल पुग्छन्”, उनले भनिन्।

बुलबुल तालमा मोटरबोट चल्न थालेपछी नगरपालिकाको आम्दानी मात्रै बढेको छैन, बुलबुल तालमा आश्रित भइ आम्दानी गर्नेहरूको सङ्ख्या पनि बढेको छ । नगरप्रमुख ढकालका अनुसार विगतका वर्षमा बुलबुल ताल परिसरबाट मुस्किलले रु २५ लाख राजस्व संकलन गर्ने गरेकामा अहिले त्यो झण्डै एक करोडको हाराहारीमा पुगेको छ ।

“पहिलो बुलबुल ताल परिसरमा जानेहरुसँग टिकट बिक्रीबाट मात्रै राजस्व सङ्कलन हुन्थ्यो भने अहिले मोटरबोटबाट वार्षिक रु १३ लाख, फोटो खिच्नेहरुबाट बोलकबोल प्रक्रियामार्फत वार्षिक रु १२ लाख आम्दानी भइरहेको छ”, उनले भनिन्, “त्यसबाहेक मोटरबोट सञ्चालनमा आएकै कारण त्यहाँ जानेहरु बढेका छन्, यसबाट कैयौँ युवाहरुका लागि रोजगारी पनि सृजना भएको छ ।” मोटरबोट सञ्चालनमा आएपछि तस्बिर खिच्नकै लागि १० देखि १५ जना युवाहरु क्यामरा बोकेर दिनभरी बुलबुल परिसरमै बस्छन्, उनीहरुका ग्राहक बुलबुल आउने पर्यटक बनेका छन् । जसबाट उनीहरुले राम्रो आम्दानी गरिरहेका छन् ।

नगरप्रमुख ढकालका अनुसार सुर्खेतमा अध्ययन गरिरहेका करिब ८० हजार विद्यार्थी, यहाँ आउने पर्यटक तथा स्थानीयका लागि बुलबुल पहिलो रोजाइको गन्तव्य बन्दै गएको छ । बुलबुल ताल हेर्न आउनेहरु एतिहासिक काक्रेविहार, लाटिकोइली देउती बज्यैलगायतका धार्मिक तथा पर्यटकीय गन्तव्य पनि चलायमान भएका छन् । यहाँका मानिसका लागि पहिले समय बिताउनका लागि कुनै प्राकृतिक वातावरणका लागि काक्रेबिहारसम्म पुग्नुपर्ने अवस्थामा अहिले बुलबुल उद्यानमा घण्टौ बिताउन मिल्ने अवस्था बनेको छ ।

जमिन मुनीबाट बुलबुल गर्दै पानी आउने भएकाले यसको नाम बुलबुल ताल रहनगएको यहाँका जानकार बताउँछन् । मानिसहरु यही पानीमा नुहाउन र कपडा धुन थाले । पानी जम्मा हुँदै गएपछि नजिकै पोखरी बन्यो । मानिसहरु यही पोखरी हेर्न आउन थालेपछि भने फोहोर पनि बढ्दै गयो । संरक्षणको अभावमा पोखरीमा पानीभन्दा बढी फोहोर थुप्रियो । झारहरु पलाए भने पोखरीको अस्तित्व नै मेटिने अवस्थामा पुग्यो । सरकारी स्तरबाट पटक संरक्षणको प्रयास भए पनि यसले पुनःजीवन पाउन सकेन ।

नगरप्रमुख ढकाल बुलबुल उद्यानलाई संरक्षण गर्दै यसको विकासमा काम गर्न लागिएको बताउछिन् । अहिले नुहाउने र कपडा धुने ठाउँलाई अन्यत्रै सार्ने योजना बनाइएको छ भने नजिकै पिकनिक स्थल पनि बनाइनेछ । यसले यहाँको पर्यटन विकासमा ठूलो टेवा पुग्ने उनको विश्वास छ ।

संरक्षणको अभावमा अस्तित्व नै संकटमा परिसकेको अवस्थामा बोटेबोरा कम्पनीका सञ्चालक बीबी ढकालले यहाँ मोटरबोट सञ्चालन गर्ने योजना बनाएका थिए । त्यसअघि नारायणी नदी, नेपालगञ्जलगायतका स्थानमा मोटरबोट सञ्चालन गरिसकेको अनुभवी ढकालले बुलबुल ताललाई संरक्षण गर्दै मोटरबोट सञ्चालनको योजना बनाएका थिए । उनले यसका लागि त्यहाँ जनप्रतिनिधि र सरोकारवालासँग कुराकानी गरे। उनिहरुबाट सकारात्मक जवाफ प्राप्त भएपछि मात्रै ढकालले ताल सफा गर्नतर्फ लागेका थिए ।

“सुरुमा डोजरको प्रयोग गरी सफा गर्ने प्रयास भयो, तर काम लागेन, कैयौँ पटक प्रयास गर्दा पनि पोखरी सफा गर्ने अवस्था बनेन”, उनले सुरुआती दिन सम्झँदै भने, “केही सीप नलागेपछि म आफै पोखरीभित्र पसेर फोहोर बाहिर निकाल्न थाले, त्यसपछि पोखरी सफा गर्ने आइडियो फुर्‍यो ।” तालमाा भएको फोहोर निकालेपछि पानीको सतह घट्न थाल्यो, त्यसैले अहिले पानी कम हुँदा मोटरबोट सञ्चालनमा केही समस्या भने भएको उनको भनाइ छ ।

सञ्चालक ढकालका अनुसार लामो समय ‘डेड लेक’ का रुपमा रहेको यो ताल अहिले ‘भाइब्रेन्ट’ भएको छ । यसले यहाँको पर्यटकीय र आर्थिक गतिविधि चलायमान बनाएको छ । “सहर नजिकै भएर पनि होला, मानिसहरुका लागि यो रिफ्रेस हुनका लागि उपयुक्त गन्तव्य बनेको छ, अहिले हरेक दिन घुम्न, रमाउन, तस्बिर लिन, व्यापार गर्न तथा अध्ययन गर्नका लागि आउनेको संख्या बाक्लो हुँदै गएको छ”, ढकालले भने ।

अध्यक्ष ढकालका अनुसार ताल फोहोर र जलकुम्भीले भरिएको थियो । “ताल सफा गर्नका लागि एक हजार ८६० जना व्यक्तिको श्रम खर्च भएको छ, अहिले सरर मोटरबोट चलिरहेको ताल देखिए पनि त्यो बेला यस्तो हुन्छ भन्ने कल्पना नै थिएन, हामी सुरुआती समयमा अनिश्चिततामा लगानी गरिरहेका थियौँ”, ढकालले भने ।

बोटेबोरा कम्पनीले आफ्नै लगानीमा सरसफाइ गरी मोटरबोट सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले बुलबुले तालमा मोटरबोट सञ्चालन गरेबापत वीरेन्द्रनगर नगरपालिकालाई वार्षिक रु १३ लाख बुझाउने सम्झौता गरेको छ । तालमा अहिले नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङ कम्पनीले निर्माण गरेको ११ सिटे दुई वटा फिस्टेल ब्रान्डका मोटरबोटमार्फत सेवा दिइरहेको छ ।

नगरपालिकाले बुलबुल तालमा मोटरबोट सञ्चालनका लागि बोलपत्र आह्वान गरेको थियो । जसमा ढकालको कम्पनी छनोट सूचीमा दोस्रो नम्बरमा थियो । पहिलो नम्बरको कम्पनीले आवश्यक कागजपत्र बुझाउन नसकेको र मोटरबोट सञ्चालनको अनुभव पनि नभएपछि बोटेबोराले अनुमति पाएको ढकालको भनाइ छ ।

सुर्खेत उपत्यका नगर विकास समितिका सदस्य तथा बुलबुले ताल संरक्षण उपसमितिका संयोजक नवराज गुरुङले बुलबुल ताल सफाइ गरी मोटरबोट सुरु भएपछि मानिसहरुका लागि गन्तव्य बन्दै गएको बताउए।

“सुर्खेतको जनसङ्ख्या र बाहिरबाट आउनेहरुको सङ्ख्या बढ्दै जाँदा यहाँको जनघनत्व बढ्दो छ, मानिसहरुलाई दिनभरी काम गरेर रमाउने ठाउँको कमी बुलबुल तालले पूरा गरेको छ”, उनले भने, “पहिले ताल सफा नहुँदा निकै कम मानिसहर मात्रै त्यहाँ जान्थे भने अहिले दैनिक हजारौँ व्यक्ति त्यहाँ जान थालेका छन्, एक प्रकारले भन्दा बुलबुल तालमा मोटरबोट सुरु भएपछि यहाँको स्वरुप नै फेरिएको छ ।”

मोटरबोट सुरु भएपछि स्थानीय मात्रै होइन बाहिरबाट आउने पर्यटकको सङ्ख्या पनि ह्वात्तै बढेको उनको बुझाइ छ । उनका अनुसार कर्णालीको गेटवे मात्रै नभइ प्रदेश राजधानी पनि भएकाले यहाँ मानिसहरुको चहलपहल भइरहन्छ, उनीहरुका लागि बुलबुल ताल जस्ता पर्यटकीय गन्तव्यले बसाइ लम्ब्याउन र एक पटक भए पनि त्यहाँ गएर तालमा बोटिङ गर्न आकर्षित गरिरहेको छ ।

“विगतमा पनि ताल संरक्षणका लागि प्रयास नभएका होइनन्, सरकारको लगानीमा सानो ताललाई विस्तार गर्ने काम पनि भयो तर त्यसले पूर्णता पाएन, विस्तार राम्रो नभएपछि फूटबल मैदान जस्तो भयो, सामाजिक सञ्जालमा पनि ताल हो कि फूटबल मैदान हो भन्दै व्यंग पनि गर्ने काम भयो”, उनले भने, “नयाँ सरकार आएपछि यसलाई जसरी पनि तालकै रुपमा संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले काम भयो, नगरप्रमुखको पनि राम्रो साथ पायौं ।”

Previous Post

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

Next Post

लोकप्रियताभन्दा अर्थतन्त्रलाई चलायमान बनाउन बजेट केन्द्रित छ : अर्थमन्त्री पौडेल

metakhabar

metakhabar

सम्बन्धित खबर

प्रधानमन्त्रीले दिए क्रिकेट टोलाीलाई बधाई
समाचार

निजामती सेवा विधेयकमा केही समय पर्खन प्रधानमन्त्री ओलीको आग्रह

५ असार २०८२,
बारामा हत्या आरोपित ४ जना सार्बजनिक
समाचार

बारामा हत्या आरोपित ४ जना सार्बजनिक

५ असार २०८२,
दाताको सहयोगमा एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन
समाचार

दाताको सहयोगमा एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन

५ असार २०८२,
छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन
फिचर-ब्यानर

छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

५ असार २०८२,
सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै
फिचर-ब्यानर

सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै

५ असार २०८२,
बुटवल–नारायणघाट सडक ढिलाइले सौराहाको पर्यटन प्रभावित
फिचर-ब्यानर

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

५ असार २०८२,
Load More
Next Post
नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

लोकप्रियताभन्दा अर्थतन्त्रलाई चलायमान बनाउन बजेट केन्द्रित छ : अर्थमन्त्री पौडेल

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In