• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प

    किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु : नगर प्रमुख

    मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सावाखोलामा पक्की पुल सञ्चालन

metakhabar by metakhabar
११ जेष्ठ २०८२,
0
सावाखोलामा पक्की पुल सञ्चालन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ : खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाको सिमानामा पर्ने सावाखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा ल्याइएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको सर्त अनुदानअन्तर्गत रु आठ करोड २१ लाख ७२ हजार ८९४ लागतमा निर्माण गरिएको उक्त पक्की पुल आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–७ खोटाङबजार र जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीको सिमानामा अवस्थित सावाखोलाको भानुमती घाटमा निर्माण गरिएको ४१ दशमलव ४० लम्बाइ तथा आठ दशमलव ४० मिटर चौडाइको पुल आज कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले उद्घाटन गर्नुभयो ।

खोटाङबजार–चिसापानी सडक निर्माण गरेर सञ्चालनमा आएको लामो समयसम्म पक्की पुल अभावमा यातायात अवरुद्ध हुँदै आएपछि समस्यामा रहेका दक्षिणी क्षेत्रका स्थानीयवासी सावाखोलामा मोटरेबल पक्की पुल निर्माण भएर सञ्चालनमा आएपछि हर्षित भएका छन् ।

पुल उद्घाटन कार्यक्रममा मन्त्री राईले खोटाङको समग्र विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिएको बताउनुभयो ।

“सावाखोलाको पक्की पुल निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याएका छौँ । बुँवाखोलाको पुल द्रुत गतिमा निर्माण भइरहेको छ । सुनकोशीस्थित बङ्शिला घाटको पक्की पुल पनि समयमा सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “सुनकोशीको बङ्शिलाघाट र धाप्लाङघाटको पक्की पुल निर्माण भएपछि खोटाङवासीको दुःखका दिन सकिन्छन् । त्यसपछि खोटाङवासीको समृद्धिको बाटो खुल्छ ।”

मन्त्री राईले दिक्तेल–गाईघाट खण्डको सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल बाढीले बगाएपछि अवरुद्ध बनेको पूर्वी तराईसँगको आवतजावतलाई सहज बनाउन प्रदेश सरकारको लगानीमा फोक्सिङटारबाट धाप्लाङघाटसम्मको नयाँ सडक निर्माण सुरु गरिएको जानकारी दिनुभयो ।

नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्रीसमेत रहनुभएका मन्त्री राईले खोटाङको विकास, निर्माणमा हातेमालो गर्दै अगाडि बढ्न सबै जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरूलाई आह्वानसमेत गर्नुभयो ।

सावाखोलामा मोटरेबल पक्की पुल निर्माण भएसँगै खोटेहाङ, साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका स्थानीयवासीलाई बेलटार हुँदै तराई झर्न र जन्तेढुङ्गा तथा बराहपोखरी गाउँपालिकाका स्थानीय बासिन्दालाई सदरमुकाम दिक्तेल र इलाका प्रशासन कार्यालय खोटाङबजार आवतजावत गर्न सहज भएको खोटेहाङ गाउँपालिकाका प्रमुख उदिमबहादुर राईले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा दक्षिणी क्षेत्रमा पर्ने स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेता, सम्बन्धित मन्त्रालयका सचिव तथा इन्जिनियर, स्थानीयवासीलगायतको उपस्थिति थियो ।

दुई वर्षभित्र सम्पन्न गर्नेगरी विसं २०८० वैशाख ११ गते निर्माण कम्पनीले सडक विभागसँग सम्झौता गरेर काम सुरु गरेको थियो । निर्माण कम्पनीले समयमै पुल सम्पन्न गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि आज औपचारिक रूपमा उद्घाटन गरिएको हो ।

जिल्लाको दक्षिणी क्षेत्रबाट पूर्वी तराई जोड्ने खण्डमा निर्माण गरिएको उक्त पुलको दुवैतर्फ एक दशमलव २० मिटरको फुटपाथ निर्माण गरिएको छ । पुलमा यातायात गुडिरहेको समयमा समेत सर्वसाधारणलाई पैदल यात्रा गर्न मिल्नेगरी फुटपाथ निर्माण गरिएको निर्माण कम्पनीका सञ्चालक महेश रेग्मीले जानकारी दिनुभयो ।

हिउँदको समयमा करिब छ महिनामात्र सवारीसाधन सञ्चालन हुँदै आएको खोटाङबजार–चिसापानी खण्डको सावाखोलामा मोटरेबल पक्की पुल सञ्चालनमा आएपछि बाह्रै महिना यातायात सेवा उपलब्ध गराउने तयारी गरिएको यातायात व्यवसायीहरूले बताएका छन् ।

Previous Post

भोजपुर टुँडिखेलमा साकेला सिली नाच्दै सकियो उभौलीपर्व

Next Post

‘उच्चपदस्थ कर्मचारीहरूलाई दुई वर्ष ‘कुलिङ पिरियड’मा राख्ने व्यवस्था आवश्यक छ’

metakhabar

metakhabar

सम्बन्धित खबर

पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

५ असार २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
आर्थिक

गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प

५ असार २०८३,
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु : नगर प्रमुख
अन्तर्राष्ट्रिय

मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण

५ असार २०८३,
शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
Load More
Next Post
‘उच्चपदस्थ कर्मचारीहरूलाई दुई वर्ष ‘कुलिङ पिरियड’मा राख्ने व्यवस्था आवश्यक छ’

‘उच्चपदस्थ कर्मचारीहरूलाई दुई वर्ष ‘कुलिङ पिरियड’मा राख्ने व्यवस्था आवश्यक छ’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In