• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    नेकाको चियापान कार्यक्रम नहुने

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुरक्षा परिषद् सुधार्न भारतको माग

metakhabar by metakhabar
५ भदौ २०८३,
0
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतले संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी) को वर्तमान संरचनाले बदलिँदो विश्वको राजनीतिक तथा भूराजनीतिक वास्तविकता प्रतिबिम्बित गर्न नसकेको भन्दै तत्काल सुधार गरी विकासोन्मुख मुलुक र ग्लोबल साउथको प्रतिनिधित्व बढाउन माग गरेको छ ।

सुरक्षा परिषद्को कार्यविधिसम्बन्धी खुला बहसलाई बुधबार सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घका लागि भारतको स्थायी नियोगकी कार्यवाहक राजदूत योजना पटेलले सन् १९४५ यता विश्वमा ठूलो परिवर्तन आएको र संयुक्त राष्ट्रसङ्घको सदस्य सङ्ख्या चार गुणाले बढिसकेको बताउनुभयो । असी वर्षअघि बनेको संरचनाले वर्तमान विश्वको शक्ति सन्तुलन र आवश्यकतालाई निरन्तर निर्धारण गर्न नसक्ने उहाँको भनाइ थियो ।

पटेलले सुरक्षा परिषद्को स्थायी र गैरस्थायी दुवै सदस्यतामा विकासोन्मुख देश तथा ग्लोबल साउथको प्रतिनिधित्व बढाउनुपर्ने भारतको धारणा दोहोर्‍याउनुभयो । स्पष्ट लक्ष्य, माइलस्टोन र समयसीमासहित पाठमा आधारित वार्ताबाट सुधार अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले सुरक्षा परिषद्को कार्यविधि सुधारलाई सदस्यता विस्तार, क्षेत्रीय प्रतिनिधित्व र भिटो अधिकारजस्ता व्यापक सुधारबाट अलग राख्न नहुने बताउनुभयो । परिषद्का प्रक्रियागत नियमहरू अस्थायी प्रकृतिका भएकाले आवश्यकताअनुसार संशोधन गर्न सकिने र तिनलाई सदस्यता विस्तारलगायत सुधारका लागि अवरोधका रूपमा प्रस्तुत गर्न नहुने उहाँको भनाइ थियो ।

भारतले परिषद्मा पारदर्शिता बढाउन सबै सदस्यलाई कागजात तथा सूचनामा समान पहुँच दिनुपर्ने माग गरेको छ । ऐतिहासिक दस्तावेजमा पहुँच केही सदस्यको मात्र अधिकारका रूपमा सीमित गर्न नहुने पटेलले बताउनुभयो ।

शान्तिरक्षा अभियानमा सेना तथा प्रहरी पठाउने देशहरूलाई पनि जनादेश र स्रोतसाधनसँग सम्बन्धित प्रमुख निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने भारतको धारणा छ । ती देशहरू सुरक्षा परिषद्का सदस्य नभए पनि शान्तिरक्षा अभियानका प्रत्यक्ष सरोकारवाला भएकाले निर्णय प्रक्रियामा उनीहरूको भूमिका आवश्यक रहेको पटेलले बताउनुभयो ।

भारतले सुरक्षा परिषद्का सहायक निकायका अध्यक्ष चयनमा हुने ढिलाइ अन्त्य गर्न निश्चित समयसीमा तोक्न पनि आग्रह गरेको छ । यसका लागि अध्यक्ष चयन प्रक्रियालाई समयबद्ध बनाउन नोट ५०७ संशोधन गर्नुपर्ने उहाँले बताउनुभयो ।

आतङ्कवादको विषयमा परिषद्को सदस्यतालाई राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम बनाउन नहुने पटेलले स्पष्ट पार्नुभयो । वस्तुगत मापदण्ड र प्रमाणबिना आतङ्कवादीलाई प्रतिबन्धको सूचीबाट हटाउने वा राजनीतिक आधारमा कुनै संस्थालाई आतङ्कवादी सङ्गठनका रूपमा सूचीबद्ध गर्ने प्रयासमा परिषद्को भूमिका प्रयोग गर्न नहुने उहाँको भनाइ थियो ।

पटेलले सुरक्षा परिषद् र संयुक्त राष्ट्र महासभाबीच समन्वय बलियो बनाउनुपर्नेमा पनि जोड दिनुभयो । महासभालाई संयुक्त राष्ट्रसङ्घको सबैभन्दा विश्वव्यापी र लोकतान्त्रिक अङ्गका रूपमा उल्लेख गर्दै परिषद्को कार्यविधि समीक्षा गरी महासभालगायत अन्य प्रमुख अङ्गसँग सहकार्य बढाउनुपर्ने उहाँले बताउनुभयो ।

Previous Post

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

Next Post

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

metakhabar

metakhabar

सम्बन्धित खबर

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
आवाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२ कार्तिक २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

नेकाको चियापान कार्यक्रम नहुने

२ कार्तिक २०८३,
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
आवाज

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

२ कार्तिक २०८३,
ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
आर्थिक

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

२ कार्तिक २०८३,
Load More
Next Post
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In