• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक

    काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

    बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक

    पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

    किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

    किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

metakhabar by metakhabar
१० जेष्ठ २०८२,
0
यार्सागुम्बा सङ्कलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दार्चुला। दार्चुलाको अपी हिमाल गाउँपालिकामा शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय बन्द गरिएका छन्। यार्सागुम्बा सङ्कलनका लागि गाउँपालिका क्षेत्रका शिक्षक, अभिभावक र विद्यार्थी लेक गएपछि विद्यालय बन्द गरिएका हुन्।

गाउँपालिकाका शिक्षा शाखा अधिकृत वीरेन्द्रसिंह साउदले यार्सा सङ्कलनको ‘सिजन’ सुरु भएकाले जेठ ४ गतेदेखि पालिकाभरिका विद्यालय २० दिनका लागि बन्द गरिएको जानकारी दिए। बर्खे बिदाबाट मिलान गर्ने गरी हाल विद्यालय बन्द गरिएका र यही जेठ २४ गते खुला गरिने उनले बताए।

जडीबुटी सङ्कलन गरिने भएकाले यहाँ हरेक वर्ष यही समयमा अधिकांश विद्यालय बन्द हुने गरेका छन्। गाउँपालिकाभरिका २४ सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी यार्सालगायत अन्य जडीबुटी सङ्कलनका लागि अभिभावकसँगै लेकतिर जाने गरेका छन्।

अपी हिमाल गाउँपालिका–२ का स्थानीय गगनसिंह लोथ्यालले यार्सागुम्बा सङ्कलन गरेर केटाकेटी पढाउन र अन्य आवश्यकता पूर्तिका लागि आर्थिक जोहो गर्न हरेक वर्ष लेक जानुपर्ने बाध्यता रहेको बताए। उनी भन्छन्, “वर्षभरिको कमाई यही यार्सागुम्बा हो। बालबालिकालाई लिएरै जानुपर्ने अवस्था छ, नभए के खानु, कसरी पढाइ खर्च जुटाउनु!” अन्न उत्पादन कम हुने भएकाले स्थानीयले जेठ–असारमा सङ्कलन गरिएको जडीबुटी बेचेर वर्षभरिको खर्च चलाउँदै आएका छन्। त्यसका लागि कतिपय घरमा ताल्चा लगाएर लेकतिर जाने गरेका छन्। यहाँ वर्षौँदेखि यसरी नै यार्सागुम्बा खोज्ने गरिन्छ। खेतबाट उत्पादन हुने अन्नबाली तीन महिना पनि राम्रोसँग खान नपुग्ने भएकाले आफूहरूले यस्तो काम गर्नु परेको लोथ्यालको भनाइ छ।

गाउँपालिका–३ का कमलसिंह धामी पनि वर्षभरिका अत्यावश्यक आवश्यकता पूर्तिका लागि यार्साको जोहो गर्नुपरिरहेको बताउँछन्। “अधिकांश ठाउँ भिरालो पाखो जमिन हो। दुई महिना यार्सागुम्बा सङ्कलन गरेर वर्षभरिको जोहो चलाउन ठिक्क हुन्छ। हामी अभिभावकभन्दा बालबालिकाले यार्सागुम्बा बढी भेट्टाउँछन्,” उनले भने, “यार्सा खोज्न निकै कष्टकर भए पनि जीविका चलाउनका लागि यसैको भर पर्नुपर्छ।”

जोखिम र चुनौती
यार्सागुम्बा सङ्कलनकै लागि काठमाडौँ, धनगढी, दार्चुला सदरमुकाम खलङ्गामा अध्ययन गर्न गएका विद्यार्थीसमेत पाटन क्षेत्रमा पुग्ने गरेका छन्। काठमाडौँमा अध्ययन गर्दै आएका जय धामीले भने, “यार्सागुम्बा सङ्कलनका लागि वैशाख अन्तिम साता अघि नै गाउँ पुगेको हो। एक महिना यहाँ बस्छु, अनि काठमाडौँ फर्किने!” उनले दैनिक २० देखि ३० वटा यार्सागुम्बा भेट्टाउने गरेको सुनाए। “यार्सागुम्बा भेटिएको वर्ष त आम्दानी राम्रै हुन्छ। सधैँ धेरै भेटिन्छ भन्ने पनि हुँदैन। हिउँ परेका बेला चिसो र हिउँ पहिरोको त्रास हुन्छ। यो वर्ष गत वर्षको भन्दा अलि राम्रो यार्सागुम्बा छ, राम्रै आम्दानी हुने अपेक्षा छ,” धामीको भनाइ छ।

यहाँका स्थानीय वैशाख अन्तिम साता नै यार्सागुम्बा सङ्कलनका लागि पाटन गइसकेका छन्। छोटो समयमा राम्रो आम्दानी हुने मुख्य स्रोत भएकाले पनि यहाँका हरेक घरघरबाट पाटन जाने गरिएको छ। दार्चुला बहुमुखी क्याम्पस खलङ्गामा अध्ययनरत नौगाड गाउँपालिकाका खडकसिंह धामी जेठ पहिलो साता यार्सागुम्बा खोज्न अपी पुगिसकेका छन्। “एक महिना यार्सागुम्बा खोजेर कलेजको पढाइलाई निरन्तरता दिन्छु,” उनले भने, “हाल पढाइ मात्रै भनेर हुँदैन, पैसा पनि कमाउनु पर्‍यो। वर्षमा दुई बाली मात्र हुने अपी हिमालका खेतबाट उत्पादित अन्नले वर्षभरि पुग्दैन। घरमा जागिर नहुनेका लागि यही विकल्प छ।”

आम्दानी मात्रै होइन यहाँ जोखिम पनि उत्तिकै हुन्छ। पटकपटक असिना पानी आउने, हिमपहिरो खस्ने डरका बीच यार्सागुम्बा सङ्कलन गर्नु परेको सङ्कलक मानसिंह धामी बताउँछन्। उनका अनुसार घरको उत्पादनले खान नपुगेपछि लालाबालासहित अधिकांश स्थानीय जोखिम मोलेर पाटन जान्छन्। १२ देखि ५० वर्षसम्मका सबै मानिसहरू पाटनमा जाने गरेका छन्। यार्सा सिजन सुरु भएसँगै जिल्लाको मार्मा, नौगाड, व्याँस गाउँपालिकाका बासिन्दा पनि लेक उक्लिएपछि यहाँका कतिपय घरमा ताला लागेका छन्।

जिल्लामा सबैभन्दा बढी अपी हिमालको लोलु, रिङ्देपानी, सतगङ्गा कालीढुङ्गा, काटै, घट्टेखोला, धरमघर, क्षति, सातगङ्गा, चाइमटेलालगायत क्षेत्रमा सयौँ सङ्कलकहरू पुगेका छन्। यस्तै, व्याँस गाउँपालिकाको अपिफेद, दोपाखे, दुधिवनलगायतका ठाउँमा यार्सागुम्बा सङ्कलन हुने गर्छ।

जिल्लामा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि हरेक वर्ष अनुमतिपत्र जारी गर्ने गर्छ, तर सङ्कलकहरू लेक पुगिसक्दा पनि सो कार्यालयबाट हालसम्म करिब ७०० जतिले मात्रै अनुमति लिएका छन्। कार्यालयले जिल्लाका १० वटा ठाउँबाट सङ्कलन अनुमतिपत्र जारी गरिरहेको कार्यालय प्रमुख संरक्षण अधिकृत विनयकुमार झाले बताए।

सबैले अनिवार्य रूपमा परिचयपत्र लिएर मात्रै सङ्कलन गर्नुपर्ने कानुनी प्रावधान छ तर त्यसको पूर्ण पालना भएको देखिँदैन। जिल्लाबाट हरेक वर्ष पाँचदेखि सात क्विन्टलसम्म यार्सागुम्बा निकासी हुने गरेको संरक्षण क्षेत्र कार्याले बताउने गरेको छ।

Previous Post

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा आउने

Next Post

तीनकुने हिंसात्मक प्रदर्शन : १०८ जनाविरुद्ध आइतबार मुद्दा दर्ता हुदैँ , प्रहरीले बुझायो प्रतिवेदन

metakhabar

metakhabar

सम्बन्धित खबर

वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
आर्थिक

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

५ असार २०८३,
बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक
आवाज

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

५ असार २०८३,
किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न
आवाज

किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

५ असार २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

५ असार २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
आर्थिक

गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प

५ असार २०८३,
Load More
Next Post
तीनकुने हिंसात्मक प्रदर्शन : १०८ जनाविरुद्ध आइतबार मुद्दा दर्ता हुदैँ , प्रहरीले बुझायो प्रतिवेदन

तीनकुने हिंसात्मक प्रदर्शन : १०८ जनाविरुद्ध आइतबार मुद्दा दर्ता हुदैँ , प्रहरीले बुझायो प्रतिवेदन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In