• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक

    काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

    बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक

    पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

    किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

    किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एशियामा तीव्र गतिमा फैलिँदै कोरोना-१९ का नयाँ संक्रमण

metakhabar by metakhabar
९ जेष्ठ २०८२,
0
एशियामा तीव्र गतिमा फैलिँदै कोरोना-१९ का नयाँ संक्रमण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डु – अप्रिल २७ देखि मई ३ सम्मको एक हप्तामा सिंगापुरमा १४,२०० नयाँ संक्रमित भेटिइका छन् । सिंगापुरमा अघिल्लो हप्तामा ११,१०० संक्रमित भेटिएका थिए ।

त्यस्तै, थाईल्यान्ड, हङकङसँगै चीनमा पनि पछिल्ला केही महिनामा कोरोना संक्रमणमा वृद्धिको दर देखिएको छ ।
स्वास्थ्य विशेषज्ञहरू कोरोना संक्रमणको तीव्र वृद्धिको कारण ओमिक्रोन भेरियन्टको सब–भेरियन्ट जेएन.१ लाई जिम्मेवार मानिरहेका छन् ।

वैज्ञानिकहरूका अनुसार जेएन.१ भेरियन्टबाट अहिले डराउनुपर्ने अवस्था छैन । यसले गम्भीर असर गर्छ भन्ने कुनै पनि प्रमाण छैन ।

जेएन.१ के हो?

सिंगापुरमा हालसम्म गरिएका जीनोम सिक्वेन्सिङको नमुनामध्ये अधिकांशमा जेएन.१ भेरियन्ट पाइएका छन् ।

यद्यपि, जेएन.१ कुनै नयाँ भेरियन्ट होइन, यो ओमिक्रोनको सब–भेरियन्ट हो जुन विगतमा विश्वभर फैलिएको थियो ।

स्वास्थ्य अधिकारीहरूका अनुसार जेएन.१, ओमिक्रोन भेरियन्टकै एक उपभेरियन्ट हो । यसलाई चिनिएको एक वर्षभन्दा बढी भइसकेको छ । यो नयाँ भाइरस होइन तर यो कति गम्भीर छ भन्ने विषयमा अनुसन्धान भइरहेको ।

वैज्ञानिकहरूका अनुसार जेएन.१ भेरियन्टबाट अहिले डराउनुपर्ने अवस्था छैन । यसले गम्भीर असर गर्छ भन्ने कुनै पनि प्रमाण छैन । हालसम्मका प्रमाण अनुसार यो सामान्य रुघाखोकीजस्तै वा त्यसभन्दा हल्का हुन सक्छ ।

चिकित्सकहरूले सामान्य रुघाखोकी पनि कोरोना भाइरसकै एक प्रकार रहेको बताउँछन् । कोरोना भाइरसका हजारौं प्रकार छन्, तर मानिसहरूमा समस्यासृजना गर्ने सातवटा मात्र छन्, जसमा चार पुरानै थिए र ती सामान्य रुघाखोकीसँग सम्बन्धित थिए ।

सन् २००३–०४ मा चीनबाट सार्स–१ फैलिएको थियो । सन् २०१२–१३ मा मिडल इस्टबाट मर्स (मिडल ईस्ट रेस्पिरेटरी सिन्ड्रोम) आयो । त्यसपछि सन् २०१९ मा कोरोना भाइरस–२ आयो ।

सामान्य रुघाखोकीजस्तै कोभिड पनि एक घरका सबै सदस्यमा सर्न सक्छ, तर यो त्यति गम्भीर हुँदैन कि मानिसको ज्यानै जाने खतरा होस् । अब कोरोना पनि यही स्वरूपमा परिणत भएको छ ।

सिंगापुरको स्वास्थ्य मन्त्रालयका अनुसार हाल एलएफ.७ र एनबी १.८ (जेएन.१ का सब–भेरियन्टहरू) त्यहाँ फैलिरहेका प्रमुख भेरियन्ट हुन् । अहिलेसम्म गरिएका जीनोम सिक्वेन्सिङमध्ये दुई तिहाइ केस यी भेरियन्टहरूका छन् । जेएन.१ त्यही भेरियन्ट पनि हो जसको प्रयोग हालको कोभिड–१९ खोपको निर्माणमा गरिएको थियो ।

विशेषज्ञहरूका अनुसार यो भेरियन्ट अघिल्ला भेरियन्टहरूजति गम्भीर नहोला तर यसको तीव्र फैलावट भने चिन्ताजनक छ ।

जसरी रुघाखोकी पटक–पटक आउन सक्छ, त्यसरी नै कोरोना पनि फेरि–फेरि आउन सक्छ । यसको हजारौं भेरियन्टहरू छन् र भाइरस पूरै बदलिएको छ ।

जसरी रुघाखोकी पटक–पटक आउन सक्छ, त्यसरी नै कोरोना पनि फेरि–फेरि आउन सक्छ । यसको हजारौं भेरियन्टहरू छन् र भाइरस पूरै बदलिएको छ ।

जेएन.१ का लक्षण

यस भेरियन्टका लक्षणहरू पनि ओमिक्रोनजस्तै छन्। संक्रमितहरूमा घाँटी दुख्ने, थकान, टाउको दुख्ने, खोकी आदि देखिन्छन् ।
यद्यपि, यी लक्षणहरू व्यक्ति विशेषको स्वास्थ्य अवस्था र रोग प्रतिरोध क्षमता (इम्युन सिस्टम) अनुसार फरक–फरक हुन सक्छन् । जेएन.१ का केही प्रमुख लक्षणहरूमा डायरिया र टाउको दुखाइ पर्न सक्छन् ।

Previous Post

यसपालिको राष्ट्रिय ललितकला प्रदर्शनीमा ‘कलामा विविधता’ थप्नेगरी तयारी

Next Post

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन

metakhabar

metakhabar

सम्बन्धित खबर

वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
आर्थिक

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

५ असार २०८३,
बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक
आवाज

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

५ असार २०८३,
किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न
आवाज

किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

५ असार २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

५ असार २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
आर्थिक

गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प

५ असार २०८३,
Load More
Next Post
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In