• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार

    किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर

    तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

    तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

    म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

    म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

    क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

    ‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

    अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

    अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

    भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

    भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर ‘शान्ति’

metakhabar by metakhabar
८ जेष्ठ २०८२,
0
तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर ‘शान्ति’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धरान (सुनसरी), ८ जेठः शहर नबिउँझिनुअघि नै बिउँझिनुहुन्छ शान्ति श्रेष्ठ । एकाबिहानै सूर्य नउदाउँदै धरानबाट गाडी चढेर मोरङको भावन्ने पुग्नुहुन्छ । मकै किनेर फेरि धरान । यति बेलासम्म १० त कहिले ११ बजिसकेको हुन्छ । त्यसपछि सुरु हुन्छ आगो र धुवासँग खेल्न । उहाँले दिनहुँ करिब १६० घोगा मकै पोलेर बेच्नुहुन्छ । एकदिन होइन, दुई दिन पनि होइन, तीन दशकदेखि यस्तै चलिरहेको छ धरान उपमहानगरपालिका–१६ निवासी ५९ वर्षीया श्रेष्ठको दिनचर्या ।

उमेर ढल्किँदै छ, तर जाँगर उस्तै छ । काम गरेर आत्मनिर्भर बन्ने उहाँको सपना झन् तन्नेरी बन्दै गएको छ । “काम गर्नैपर्छ भनेर मानसिक रूपमा तयार भएपछि के उमेर, के समस्या ! झन् झन् बानी पो पर्दोरहेछ । त्यसैले सुरुआती दिनदेखि हालसम्म कहिल्यै कामलाई बोझ मानेकी छैन”, श्रेष्ठले भन्नुभयो ।

उहाँका अनुसार मोरङकै विभिन्न ठाउँबाट मकैबारी नै ठेक्कामा लिएर कारोबार गर्नु परेको छ । बारीमै मकै ठेक्कामा लिँदा रु ६० हजारदेखि रु एक लाख ५० हजारसम्म कबोल गर्नुपर्छ । एक्लैले त्यसो गर्न नसकेपछि दुई÷तीनजना मिलेर काम भइरहेको उहाँले सुनाउनुभयो । “साथीहरूसँग मिलेर ठेक्का लिँदा अलिक सस्तो हुन्छ तर सधैँ नाफा, घाटा मात्रै हुँदैन । कहिले घाटा त कहिले फाइदाको व्यापार हुन्छ”, श्रेष्ठले भन्नुभयो ।

यसरी ल्याइएको मकै प्रतिघोगा सानोको रु १५ र ठूलो रु ५० सम्म बिक्री हुने गरेको छ । यही मकै बेचेर मासिक रु ७० हजारदेखि रु ८० हजारसम्म कारोबार हुने गरेको उहाँले बताउनुभयो । “यसरी धरानको एउटा गल्लीको सडकछेउमा खुला आकाशमुनि बसेर मकै बेचिरहेकी छु । न सटर छ, न छानो तर मसँग मेहनत गर्ने आँट छ”, श्रेष्ठ भन्नुहुन्छ, “काम ग¥यो भने खानाका लागि अभाव हुँदैन, मकै पोलेरै घरव्यवहार चलिरहेको छ । जिन्दगी चलाउने साहारा नै यही काम छ ।”

हाल उहाँ एकल महिला हुनुहुन्छ । छ वर्षअघि श्रीमान्को निधन भएको थियो । पहिले श्रीमान्ले सघाउने गरेकामा त्यसयता एक्लैले मकै पोलेर घरव्यवहार चलाएको श्रेष्ठले सुनाउनुभयो । “अब अरू काम गर्न सक्दिन, मकै पोल्नु खासै गाह्रो भने छैन । खुल्ला आकाशमुनि घाम लाग्दा गर्मी त हुन्छ तर सहनै पर्छ । दुःख हुन्छ भनेर काम छोड्न नि भएन ! यसैले सबै चीज दिएको छ”, थकित अनुहारमा आशाको भाव झल्काउँदै उहाँले भन्नुभयो ।

श्रेष्ठले करिब तीन दशकदेखि धरानको लक्ष्मीचोक नजिकैको एउटा गल्लीमा मकै पोल्दै आउनुभएको छ । सुरुदेखि नै यहाँ बसेर उहाँले हजारौँलाई स्वादिलो मकै दिइरहनुभएको छ । त्यसबापत घरखर्च चलाउन र गर्जो टार्न अरूसँग त्यत्तिकै हात फैलाउनु परेको छैन । त्यसैले पनि आफ्नो कामप्रति सधैँ माया लाग्ने गरेको श्रेष्ठको भनाइ छ । “मेरो उमेरमा अधिकांश मानिसहरू विश्राम र शान्ति खोजिरहेका हुन्छन्, अरूकै सहारामा बाँचिरहका हुन्छन् । मैले भने त्यो अपेक्षा कहिल्यै गरिनँ । आफ्नै कर्म गरेर खाइरहेकी छु, सकुन्जेल काम गर्ने हो, नसकेको दिन जे हुन्छ हुन्छ”, उहाँले भन्नुभयो ।

यो उहाँको हालसम्मको सङ्घर्ष र आत्मनिर्भरतापछि आत्मविश्वास भरिएको अभिव्यक्ति हो । यही आत्मविश्वासले श्रेष्ठलाई आफ्नो कामबाट थकान होइन सधैँ थप काम गर्ने ऊर्जा र प्रेरणा मिलिरहेको छ । “जुन दिन म काममा निस्कन्न, त्यस दिन छट्पटी हुन्छ । श्रम गरेकै कारण आजसम्म टिकिरहेकी छु । बुढेसकाल आयो भनेर घरैमा बसेर हुँदैन हातखुट्टा चलिरहेकै छन्, सकेसम्म काम गर्नुपर्छ”, मुस्कुराउँदै उहाँ भन्नुहुन्छ, “मकै बेच्ने काम मेरा लागि केवल आम्दानीको स्रोत मात्र होइन, आत्मसम्मानको आधार पनि हो । श्रम गरेपछि पाइने सन्तोष नै असली कमाई रहे छ । ”

Previous Post

आज चार संसदीय समितिका बैठक बस्दै

Next Post

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

metakhabar

metakhabar

सम्बन्धित खबर

पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार
आर्थिक

किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर

२३ बैशाख २०८३,
तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन
आवाज

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

२३ बैशाख २०८३,
म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा
आवाज

म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

२३ बैशाख २०८३,
क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने
आर्थिक

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

२३ बैशाख २०८३,
अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल
आर्थिक

अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

२३ बैशाख २०८३,
भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो
समाचार

भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

२३ बैशाख २०८३,
Load More
Next Post
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In