• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भएपछि छायो खुसियाली

metakhabar by metakhabar
६ जेष्ठ २०८२,
0
‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भएपछि छायो खुसियाली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

’सुदूरपश्चिम: प्रतिनिधिसभाबाट सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक पारित भएसँगै सुदूरपश्चिम प्रदेशमा खुसियाली छाएको छ । विधेयक पारित भएको खुसियालीमा कैलालीको गेटास्थित विश्वविद्यालय भवन परिसरमै जम्मा भएर स्थानीयले दीप प्रज्वलन गर्दै खुसी मनाए । देउडा खेले, खुसी साँटासाट गरे ।

विश्वविद्यालय स्थापनाका लागि दबाब दिन गठित सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेले विधेयक पारित गराउन भूमिका खेलेकामा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल, सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधिलगायत सबैलाई धन्यवादसहित बधाइ दिनुभयो । उहाँले भन्नुभयो, “विगतमा सुदूरपश्चिम हेपिएको थियो, अब यो उठेको छ, जागेको छ । विधेयक पारित हुँदा हामी निकै खुसी छौँ । अब चाँडै चिकित्सा शिक्षा पढाई सुरु हुनुपर्छ । त्यसका लागि सङ्घर्षको अभियान जारी रहन्छ ।”

प्रतिनिधिसभा बैठकले आइतबार उक्त विधेयक सर्वसम्मतिले पारित गरेसँगै सामाजिक सञ्जाललगायत माध्यमबाट धेरैजसोले खुसी व्यक्त गरिरहेका छन् । तत्कालीन गेटा मेडिकल कलेज (दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय) का पूर्वकार्यकारी निर्देशक हेमराज पुजाराले आफ्नो फेसबुक वालमा लेख्नुभएको छ, “विधेयक पारित गर्ने संसद्, नेपाल सरकारलगायत सबैलाई हार्दिक धन्यवाद । अब शीघ्र विश्वविद्यालय सञ्चालन भई गेटालाई मेडिकल शिक्षाको हब बनाउने सपना साकार हुनेछ ।”

अर्का पूर्वकार्यकारी निर्देशक भीमबहादुर साउदले विधेयक सर्वसम्मत रूपमा पारित भएकामा प्रतिनिधिसभा सदस्यप्रति आभार व्यक्त गर्दै बनेका संरचना जीवन्त हुने अवसर प्राप्त भएको भन्दै खुसी व्यक्त गर्नुभएको छ ।

स्थानीयवासी तीर्थराज ओझाले विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक पारित भएको सुन्दा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वविद्यालय सञ्चालनमा आए यसले मेडिकल शिक्षामार्फत सुदूरपश्चिममा समृद्धि ल्याउन कोशेढुङ्गाको काम गर्नेछ ।”

कैलालीको गोदावरी नगरपालिका–५ गेटामा भवन संरचना निर्माण सम्पन्न भए पनि यहाँ सञ्चालनका लागि ठोस पहल नभएको भन्दै स्थानीयवासी तथा यहाँका सरोकार भएकाहरू असन्तुष्ट थिए । लामो समयसम्म स्वास्थ्य विज्ञान प्रतिष्ठान वा विश्वविद्यालय स्थापना गर्ने भन्नेबारे अन्योल देखिएपछि नागरिक तहमा आक्रोस बढिरहेको थियो ।

यही अन्योलका बीच स्थानीयवासीले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको मागसहित समाजसेवी लोकराज पाण्डेको नेतृत्वमा दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएका थिए । “सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक पारित भएसँगै अब भने विश्वविद्यालय स्थापना हुने सुदूरपश्चिमवासीको सपना साकार भएको छ”, पाण्डेले भन्नुभयो,“विधेयक पारित भएसँगै नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको बाटो खुलेकाले थप हर्षित छौँ ।”

यहाँ गतवर्षदेखि न्यूनतम उपचार सेवासहितको अस्पताल सञ्चालन भइरहेको छ । अस्पतालमा जनरल ओपिडि, हाडजोर्नी, जनरल सर्जरी ओपिडि, हाडजोर्नी तथा नशारोग विशेषज्ञ सेवा, स्त्रीरोग, अल्ट्रासाउण्ड, एक्स रे, प्रयोगशाला र फार्मेसीलगायत सेवा उपलब्ध भइरहेका छन् ।

मेडिकल कलेजको नाममा निर्माण भएका भवन संरचनामा सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय तत्कालीन मन्त्रिपरिषद्को बैठकले गरेको थियो । अत्याधुनिक भवनलगायत संरचनामा सरकारले रु छ अर्बभन्दा बढी खर्च गरिसकेको छ । यहाँ ठूला साना गरी ४२ भन्दाबढी भवन संरचना निर्माण भएका छन् ।

सरकारले विस ं२०६६ मा कैलालीको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेको थियो । यसअघि काँचीकामा कोठी पीठका जगतगुरु शङ्कराचार्यको पहलमा विसं २०५६ मा गेटामा आयुर्वेद स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको पहल भएको थियो तर तत्कालीन सशस्त्र द्वन्द्वलगायत कारणले त्यसको कार्यान्वयन हुन सकेन । कलेजको भोगाधिकारमा रहेको जग्गामध्ये झण्डै छ बिघा जग्गामा मुक्तकमैया परिवारको बसोबास छ । उनीहरूलाई समयमै अन्यत्र पुनःस्थापनमा ध्यान नदिँदा उक्त ठाउँमा निर्माण गर्नुपर्ने संरचनाको पनि अन्योलमा छ । मुक्तकमैया बसेको उक्त जग्गामा मेडिकल कलेजअन्तर्र्गत ट्रमा सेन्टरलगायतका संरचना निर्माण गर्ने योजना रहेको बताइएको छ ।

सुरुका दिनमा कलेज निर्माणका लागि सरकारले छुट्याएको ५१ दशमलव आठ हेक्टर जग्गामा रहेका रुख कटानीमा ढिलाइलगायत कारणले पूर्वाधार निर्माणको काम अघि बढ्न सकेन । ढिलै भए पनि यहाँ विश्वविद्यालय सञ्चालन हुने कानुनी आधार बनेपछि स्वास्थ्य क्षेत्रमा उच्चस्तरको जनशक्ति उत्पादनका साथै गुणस्तरीय स्वास्थ्योपचार सेवा प्राप्त हुने भन्दै समग्र सुदूरपश्चिममा खुसी छाएको छ ।
—

Previous Post

अचार बेचेरै मासिक ६० हजार कमाइ

Next Post

हुरी र असिनापानीले एक जना घाइते

metakhabar

metakhabar

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
हुरी र असिनापानीले एक जना घाइते

हुरी र असिनापानीले एक जना घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In