• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

    विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

    सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

    गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित

    गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित

    जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

    जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

    सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ

    सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुकुलको भविष्यवाणीः आजै निर्वाचन भए रास्वपाले ‘राष्ट्रिय दल’को मान्यता पनि गुमाउँछ

metakhabar by metakhabar
३० बैशाख २०८२,
0
मुकुलको भविष्यवाणीः आजै निर्वाचन भए रास्वपाले ‘राष्ट्रिय दल’को मान्यता पनि गुमाउँछ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री मुकुल ढकालले आजकै मितिमा आम निर्वाचन हुने हो भने रास्वपाले राष्ट्रिय दलको मान्यतासमेत गुमाउँने भविष्यवाणी गरेका छन्।

उनले ०७९ सालको स्थानीय निर्वाचनमा बालेन शाहको अप्रत्याशित उदयले नेपाली राजनीति तरंगित तुल्याएको अवस्थामा रास्वपाले २० सिट जितेको दाबी गरेका छन्। उनले त्यतिबेला बालेनको उदयको राप्रपाले लाभ लिने अवस्था रहेकोमा रास्वपाको उदयले राजनीतिक समिकरण नै नाटकीय रुपमा उल्टिएको दाबी गरे।

मंगलबार सामाजिक सञ्जालमार्फत ढकालले हालैको एक विस्तृत अध्ययनले आगामी निर्वाचनमा रास्वपाले तीन लाख पनि मत कटाउँन नसक्ने देखाएको बताएका छन्।

उनले भने, ‘रवि लामिछानेको गिरफ्तारीपछि रास्वपाले सहानुभूतिका मतहरू प्राप्त गर्नसक्ने अनुमान गरिएको थियो, तर त्यसभन्दा शक्तिशाली र निर्णायक कारक ‘राजसंस्थाको पुनःस्थापना’ र ‘सुधारिएको गणतन्त्र’बीचको ध्रुवीकरण देखिएको छ- यही वैचारिक द्वन्द्वले सहानुभूतिको सम्भावनालाई पनि छायामा पारेको देखिन्छ।’

उनले आजकै मितिमा निर्वाचन हुने हो भने रास्वपाले राष्ट्रिय दलको मान्यता नै गुमाउँने दाबी गरे। उनले भर्खरै निर्वाचन भएमा रास्वपाभन्दा राप्रपाले ३५ देखि ४० सिट जित्ने सम्भावना रहेको उल्लेख गरे।

उनले भने, ‘यदि आजकै मितिमा निर्वाचन सम्पन्न भयो र बालेन शाह वा अन्य कुनै प्रभावशाली व्यक्तिले नयाँ राजनीतिक दल गठन नगरेको अवस्था रह्यो भने- राप्रपाले ३५ देखि ४० सिटसम्म जित्ने बलियो सम्भावना छ। राष्ट्रिय स्वतन्त्र पार्टी केही प्रत्यक्ष निर्वाचन क्षेत्रहरूमा प्रतिस्पर्धी देखिए पनि ती सिटहरूमा जित हासिल गर्न नसक्ने, र समानुपातिक निर्वाचन प्रणालीमा करिब तीन लाख मतमा सीमित रहने प्रक्षेपण गरिएको छ। यस परिदृश्यमा, हाम्रो पार्टीले राष्ट्रिय दलको मान्यता समेत गुमाउने उच्च जोखिम देखिन्छ।’

उनले रास्वपाले अझै पनि ‘राजनीतिक प्रतिशोध’को पुरानै राग अलापिरहने हो, र पार्टीको वैचारिक आधार निर्माण, संगठन संरचनाको समयसापेक्ष नविकरण, तथा आम जनताको दीर्घकालीन विश्वास आर्जन गर्ने दिशामा ठोस कदम नचाल्ने हो भने, अवस्था झनै भयावह बन्दै जाने टिप्पणी गरे।

यस्तो छ उनको स्टाटस-

२०७९ सालको स्थानीय निर्वाचनमा बालेन शाहको अप्रत्याशित उदयले नेपाली राजनीतिक परिदृश्यलाई गहिरो रूपमा तरंगित तुल्याएको थियो। जनताले स्थापित पुराना दलहरूको विकल्प खोजिरहेको स्पष्ट अनुभूति भइरहेको थियो, र त्यतिबेलासम्म कुनै सशक्त राष्ट्रिय वैकल्पिक शक्तिको उपस्थिति नदेखिएको हुँदा अधिकांश राजनीतिक विश्लेषण र प्रक्षेपणहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई यस परिवर्तनको मुख्य लाभ लिने सम्भावित पक्षका रूपमा चित्रण गरेका थिए। तर त्यो समीकरण नाटकीय रूपमा उल्टियो, जब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भयो-जसले राजनीतिक सन्तुलन नै फेरिदियो। राप्रपा १४ सिटमा सीमित रहँदा हामी (रास्वपा) २० सिट जित्न सफल भयौं।

राजनीतिको गहिरो चासो भएका व्यक्तिहरूका लागि यस्ता प्रक्षेपणहरू नौला होइनन्-आन्तरिक अध्ययन, तथ्यांकको विश्लेषण, र आम नागरिकसँगको संवादको आधारमा यस्ता विश्लेषणहरू नियमित रूपमा भइरहन्छन्। हालै मेरा एक मित्रले गरेको विस्तृत अनुसन्धानले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले तीन लाख मत पनि प्राप्त गर्न नसक्ने सम्भावना देखाएको छ। रवि लामिछानेको गिरफ्तारीपछि रास्वपाले सहानुभूतिका मतहरू प्राप्त गर्न सक्ने अनुमान गरिएको थियो, तर त्यसभन्दा शक्तिशाली र निर्णायक कारक “राजसंस्थाको पुनःस्थापना” र “सुधारिएको गणतन्त्र” बीचको ध्रुवीकरण देखिएको छ-यही वैचारिक द्वन्द्वले सहानुभूतिको सम्भावनालाई पनि छायामा पारेको देखिन्छ।

यदि आजकै मितिमा निर्वाचन सम्पन्न भयो र बालेन शाह वा अन्य कुनै प्रभावशाली व्यक्तिले नयाँ राजनीतिक दल गठन नगरेको अवस्था रह्यो भने-राप्रपाले ३५ देखि ४० सिटसम्म जित्ने बलियो सम्भावना छ। राष्ट्रिय स्वतन्त्र पार्टी केही प्रत्यक्ष निर्वाचन क्षेत्रहरूमा प्रतिस्पर्धी देखिए पनि ती सिटहरूमा जित हासिल गर्न नसक्ने, र समानुपातिक निर्वाचन प्रणालीमा करिब तीन लाख मतमा सीमित रहने प्रक्षेपण गरिएको छ। यस परिदृश्यमा, हाम्रो पार्टीले राष्ट्रिय दलको मान्यता समेत गुमाउने उच्च जोखिम देखिन्छ।

यदि हामी अझै पनि “राजनीतिक प्रतिशोध” को पुरानै राग अलापिरहने हो, र पार्टीको वैचारिक आधार निर्माण, संगठन संरचनाको समयसापेक्ष नविकरण, तथा आम जनताको दीर्घकालीन विश्वास आर्जन गर्ने दिशामा ठोस कदम चालेनौं भने, अवस्था झनै भयावह बन्दै जाने निश्चित छ।

आगामी दिनहरू थप चुनौतीपूर्ण हुने स्पष्ट संकेतहरू देखिएका छन्। “श्री ३” को रूपमा गरिएको प्रचारबाजीले हामीभन्दा बढी गणतन्त्रप्रति दृढ प्रतिबद्धता राख्ने जनमतलाई आकर्षित गर्दै गगन थापा जस्ता पूराना पार्टीभित्रका नेताहरूलाई फाइदा पुगेको देखिन्छ। नेकपा (एमाले) सत्ताको आडमा आफ्नो संगठनलाई थप मजबुत बनाउने रणनीतिमा क्रियाशील देखिन्छ, र नेकपा (माओवादी केन्द्र) ले संघीयता, धर्मनिरपेक्षता लगायत वर्तमान संविधानका आधारभूत मान्यताहरूको पक्षमा उभिएर आफ्नो राजनीतिक अस्तित्व जोगाउने प्रयास गरिरहेको छ।

यस्तो जटिल परिस्थितिमा यदि बालेन शाहले नयाँ राजनीतिक दल खोले भने, सम्पूर्ण राजनीतिक समीकरण पूर्ण रूपमा परिवर्तन हुनेछ-हाल गरिएका यी प्रक्षेपणहरू त्यसपछि अप्रासंगिक बन्नेछन्। तर त्यस्तो अवस्थामा पनि एक कुरा भने स्पष्ट देखिन्छ-हाम्रो पार्टीको अहिलेको स्वार्थपूर्ण, अवसरवादी नेतृत्व र स्पष्ट दिशाहीन बहसले गर्दा भविष्य अझ कठिन र चुनौतीपूर्ण हुने निश्चित छ।

अन्ततः, बुझ्न आवश्यक कुरा के हो भने-राजनीति केवल चर्का नाराबाट होइन, सुस्पष्ट विचार र दीर्घकालीन योजनाबाट निर्देशित हुन्छ।

Previous Post

सम्भावित गभर्नर विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट, नियुक्ति अवैधानिक हुने दाबी

Next Post

शेर्पा भाषामा बौद्ध शिक्षा पठनपाठन सुरु

metakhabar

metakhabar

सम्बन्धित खबर

विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय
जीवन शैली

विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

१३ साउन २०८३,
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
फिचर-ब्यानर

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

१३ साउन २०८३,
सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो
फिचर-ब्यानर

सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

१३ साउन २०८३,
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
अन्तर्राष्ट्रिय

गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित

१३ साउन २०८३,
जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु
फिचर-ब्यानर

जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

१३ साउन २०८३,
सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ
समाचार

सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ

१३ साउन २०८३,
Load More
Next Post
शेर्पा भाषामा बौद्ध शिक्षा पठनपाठन सुरु

शेर्पा भाषामा बौद्ध शिक्षा पठनपाठन सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In