• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

शिक्षक आन्दोलनको असर: एसईई उत्तरपुस्तिका परीक्षणमा तीव्रता, नतिजा प्रकाशनमा दबाब

metakhabar by metakhabar
२७ बैशाख २०८२,
0
शिक्षक आन्दोलनको असर: एसईई उत्तरपुस्तिका परीक्षणमा तीव्रता, नतिजा प्रकाशनमा दबाब
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। करिब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको दबाबमा परेको राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षण कार्यलाई तीव्र गतिमा अघि बढाएको छ। शिक्षक आन्दोलनका क्रममा रोकिएको कामलाई जति सक्दो चाँडो सम्पन्न गर्ने लक्ष्यसहित बोर्डले काम गरिरहेको छ।

बोर्डका अनुसार हाल देशभरका ५० वटा केन्द्रबाट उत्तरपुस्तिका परीक्षण भइरहेको छ। काठमाडौँ, भक्तपुर र ललितपुरमा एक/एक वटा परीक्षण केन्द्र रहेका छन्। यस वर्ष पाँच लाख १४ हजार थान उत्तरपुस्तिका परीक्षण गर्नुपर्ने छ। समयको चापलाई मध्यनजर गर्दै उत्तरपुस्तिका परीक्षणमा खटिने शिक्षकको सङ्ख्या पनि बढाइएको छ।

विगतमा दैनिक अधिकतम १० हजार शिक्षक उत्तरपुस्तिका परीक्षणमा संलग्न हुने गरेकामा अहिले दैनिक कम्तीमा १५ हजार शिक्षक परिचालन गरिएको परीक्षा बोर्ड (कक्षा १०) का परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले जानकारी दिए। उनका अनुसार यस पटक उत्तरपुस्तिका परीक्षणका लागि विगतका भन्दा धेरै शिक्षकलाई अभिमुखीकरण गराइएको थियो। एक जना शिक्षकले दैनिक लगभग एक सयको हाराहारीमा उत्तरपुस्तिका परीक्षण गर्ने गरेका छन्। बोर्डको अनुरोधलाई स्वीकार्दै केही जिल्लामा रातको समयमा समेत उत्तरपुस्तिका परीक्षण भइरहेको छ। भक्तपुरको एक केन्द्रमा बिहान ४ बजेदेखि विद्यालय खुल्नुअघिसम्म र साँझ विद्यालय बन्द भएपछि राति ११ बजेसम्म पनि उत्तरपुस्तिका परीक्षण गर्ने गरिएको छ।

परीक्षा नियन्त्रक भट्टराईले भन्नुभयो, “शिक्षकहरू दिउँसोको समयमा पढाउन जानुपर्ने भएकाले बिहानबेलुकाको समय पारेर उत्तरपुस्तिका परीक्षण गर्ने गरिएको हो। भर्खरै आन्दोलनबाट फर्किएका कारण शिक्षकलाई विद्यालयबाट पूर्ण रूपमा छुटाउन पनि मिल्दैन। यदि आन्दोलन नभएको भए यतिबेला उत्तरपुस्तिका परीक्षण कार्य सकिसक्थ्यो।” उहाँले अवस्था सामान्य भएको भए उत्तरपुस्तिका परीक्षणको समय शैक्षिक सत्र सकिएर बिदा भएको हुने भए पनि अहिले विद्यालय खुलेको समय भएकाले शिक्षकहरूले अतिरिक्त समयमा काम गर्नुपरेको बताए।

उत्तरपुस्तिका परीक्षण भइरहेका सबै केन्द्रसँग दैनिक रूपमा परीक्षणको अद्यावधिक जानकारी लिने गरिएको छ। देशभरिका शिक्षा विकास तथा समन्वय एकाइहरूमा उत्तरपुस्तिका परीक्षण भइरहेको छ। परीक्षा नियन्त्रक भट्टराईका अनुसार हालसम्म मुलुकभर औसतमा ३० प्रतिशत उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न भएको छ भने केही जिल्लामा ६० प्रतिशतसम्म काम सकिएको छ।

नेपाल शिक्षक महासङ्घको आह्वानमा काठमाडौँकेन्द्रित सडक प्रदर्शनका कारण उत्तरपुस्तिका परीक्षणको काम झन्डै एक महिना ढिलो गरी सुरु भएको हो। शिक्षकहरू गत चैत २० गतेदेखि वैशाख १७ गतेसम्म आन्दोलनमा थिए। वैशाख १७ गते शिक्षक र सरकारबीच सहमति भएपछि केही केन्द्रमा शुक्रबार र अन्यमा गत शनिबारदेखि शिक्षकहरूले उत्तरपुस्तिका परीक्षण सुरु गरेका हुन्। बोर्डले यसअघि परीक्षा सकिएको तीन महिनामा नतिजा सार्वजनिक गर्ने योजना बनाएको थियो। सोही योजना अनुसार कापी परीक्षण सुरु भई असार ७ गते आसपासमा नतिजा सार्वजनिक गर्ने कार्यतालिका तयार पारिएको थियो।

बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण सकिएपछि नतिजा प्रकाशनसम्बन्धी कामका लागि थप एक महिना लाग्छ तर जनशक्तिको अभावले नतिजा प्रकाशन कार्य प्रभावित हुन सक्नेछ। बोर्डमा विशेष गरी प्राविधिक जनशक्तिको कमी रहेको छ।

Previous Post

सुरुभयो यसवर्षको सर्वोच्च शिखर आरोहणः ४२१ चुचुरो चुम्ने प्रतिक्षामा

Next Post

भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दावी

metakhabar

metakhabar

सम्बन्धित खबर

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
Load More
Next Post
भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दावी

भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दावी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In