• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति

    मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

    जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै

    जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै

    गृहमन्त्री अर्यालद्वारा काठमाडौँ प्रहरी परिसरको अनुगमन

    गृहमन्त्री अर्यालद्वारा काठमाडौँ प्रहरी परिसरको अनुगमन

    दुई सय दश दिन पछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य

    दुई सय दश दिन पछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य

    पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’

    पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’

    प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना खुल्यो

    निर्वाचन प्रहरीको बिदाइ बिहीबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘किसान पलायन भए उद्योग व्यवसाय पनि सबल रहँदैन’

metakhabar by metakhabar
२६ बैशाख २०८२,
0
‘किसान पलायन भए उद्योग व्यवसाय पनि सबल रहँदैन’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाटन (ललितपुर), २६ वैशाखः किसान पलायन भए उद्योग व्यवसाय पनि सबल नरहने भन्दै सरोकार भएकाहरूले ध्यानाकर्षण गराएका छन् । केन्द्रीय दूध उत्पादक सहकारी सङ्घद्वारा आज यहाँ आयोजित दुग्धजन्य क्षेत्रमा देखिएका चुनौती, अवसर, समस्या र समाधानसम्बन्धी अनुशिक्षण कार्यक्रममा यसरी ध्यानाकर्षण गराइएको हो ।

कार्यक्रममा बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले कृषि र किसानको प्रोत्साहनका लागि उत्पादनलाई हेरेर अनुदानको व्यवस्था गरिने बताउनुभयो । “किसानको हितभन्दा बाहिर गएर सरकारबाट काम हुँदैन, बाहिरबाट आयात गर्नेभन्दा पनि देशभित्रै उत्पादन गरेर व्यवस्थापन गर्नेतर्फ ध्यान दिनुपर्नेछ । नीति तथा कार्यक्रम र बजेट आउने तयारीमा छ, जनताले महसुस गर्नेगरी योजना तय गर्नेछौँ”, उहाँले भन्नुभयो ।

मन्त्री श्रेष्ठले हाल सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल भइरहेका भन्दै बचतकर्ताको रकम फिर्ताका लागि समन्वय भइरहेको बताउनुभयो । उहाँले सङ्घीयताको सबलीकरणका माध्यमबाट तीनै तहका सरकारले ध्यान दिनुपर्ने र चालुभन्दा पुँजीगत खर्चलाई बढवा दिँदै जनअपेक्षा सम्बोधनमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले दूध उत्पादन तथा प्रशोधनमा काम गर्ने सहकारीहरूले नगरभित्र कुनै पनि समस्या भोग्नुनपर्ने बताउनुभयो । “हाल सबैभन्दा बढी पिल्सिएको वर्ग भनेको किसान नै हो । तरकारी, दुग्धजन्य क्षेत्रमा पनि त्यही समस्या छ, किसानले समयमा भुक्तानी नपाइरहेको गुनासो छ । दूध उत्पादन गर्ने सहकारीलाई हरतरहले सहयोग गर्छौं,” उहाँले भन्नुभयो । महर्जनले विदेशमा उत्पादित चिसो पेयपदार्थभन्दा स्थानीय दुग्धजन्य उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष पदमानारायण देवकोटाले किसानको पैसा नदिने उद्योगीले आफ्नो स्टक देखाएर भुक्तानी रोक्ने कार्य उचित नभएको बताउनुभयो । किसानबाट दूध सङ्कलन गरेका उद्योगीले छ महिनासम्म भुक्तानी रोेकेर राख्दा किसानले आन्दोलनमा जानुपर्ने अवस्था आउने उहाँको भनाइ थियो ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले किसान, उपभोक्ता, सहकारी संस्था र उद्योगीबीच सहकार्य गरी १५÷१५ दिनमा भुक्तानी दिनसक्ने गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । गोदावरी–३ का अध्यक्ष सानुराज घिमिरे (राज), काभ्रे जिल्ला दुग्ध उत्पादन सहकारी सङ्घका अध्यक्ष नारायण बडाल, डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहाल, नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दीपप्रसाद धमलाले कृषि उत्पादनमा नेपालको भविष्य भए पनि दुग्धजन्य पदार्थ, फलफूल र तरकारीको क्षेत्रमा सम्बन्धित निकायले प्रभावकारी नीतिगत व्यवस्था गरेर कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष अमरबहादुर कुँवरले किसानले आफूले उत्पादन गरेको दूध बिक्री गरेर पनि पैसा पाउन अनुनय विनय गर्नुपर्ने अवस्था आएकामा चिन्ता व्यक्त गर्नुभयो । किसानलाई पीडा दिने यस्ता गतिविधि अन्त्य गर्न उहाँले हाग्रह गर्नुभयो ।

सङ्घका बरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले ललितपुरमा तीन लाख लिटरभन्दा बढीको बजार रहेको जानकारी गराउँदे निजी क्षेत्रबाट मात्र नभई दुग्ध विकास संस्थानबाट पनि कात्तिकदेखिको भुक्तानी पाउन बाँकी रहेको सुनाउनुभयो । यसमा आवश्यक सहजीकरणका लागि विभागीय मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

Previous Post

ट्रम्पले नाम नसुनेको भनेको अफ्रिकी देश लेसोथोका चर्चित ८ कुरा के के हुन् ?

Next Post

काठमाडौँ महानगरबाट बाउन्न हजारभन्दा बढीले लिए निःशुल्क कानुनी सेवा

metakhabar

metakhabar

सम्बन्धित खबर

तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति
आर्थिक

मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

२५ फाल्गुन २०८२,
जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै
अन्तर्राष्ट्रिय

जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै

२५ फाल्गुन २०८२,
गृहमन्त्री अर्यालद्वारा काठमाडौँ प्रहरी परिसरको अनुगमन
आवाज

गृहमन्त्री अर्यालद्वारा काठमाडौँ प्रहरी परिसरको अनुगमन

२५ फाल्गुन २०८२,
दुई सय दश दिन पछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
आवाज

दुई सय दश दिन पछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य

२५ फाल्गुन २०८२,
पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’
फिचर-ब्यानर

पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’

२५ फाल्गुन २०८२,
प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना खुल्यो
फिचर-ब्यानर

निर्वाचन प्रहरीको बिदाइ बिहीबार

२५ फाल्गुन २०८२,
Load More
Next Post
कामपामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ विस्तार गरिँदै

काठमाडौँ महानगरबाट बाउन्न हजारभन्दा बढीले लिए निःशुल्क कानुनी सेवा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In