• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

    कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक पारित

    निर्वासनबाट हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना

    बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’

    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

metakhabar by metakhabar
२५ बैशाख २०८२,
0
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन। चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्यामा यस वर्ष कमी आएको छ। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत महिनासम्म पर्यटक संख्या घटेको निकुञ्ज प्रशासनले जनाएको छ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस वर्षको चैतसम्म १ लाख ८२ हजार २ सय २७ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। जबकि गत आर्थिक वर्षमा निकुञ्जले २ लाख ५० हजार ३ सय ३७ जना पर्यटकलाई स्वागत गरेको थियो। तथ्यांक अनुसार यस वर्ष आन्तरिक पर्यटकको संख्यामा उल्लेख्य गिरावट आएको छ। चालु आर्थिक वर्षमा ९२ हजार ८ सय ९० जना नेपाली, १६ हजार ७ सय ९८ जना सार्क राष्ट्रका र ७२ हजार ५ सय ३९ जना अन्य मुलुकका पर्यटकले निकुञ्ज घुमेका छन्।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले पर्यटक र सफारी गर्ने जिपको संख्यामा कमी आउँदा राजस्वमा समेत गिरावट आएको बताए। यद्यपि, निकुञ्जमा भीडभाड कम हुँदा वन्यजन्तुका लागि भने यो सकारात्मक हुन सक्ने उनको भनाइ छ। गत आर्थिक वर्षको यस अवधिमा २८ करोड २६ लाख रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्ष २३ करोड ६४ लाख ९९ हजार रुपैयाँ मात्र संकलन भएको छ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले कोभिड-१९ महामारीपछि मानिसको क्रयशक्ति कमजोर हुनु र गत वर्ष महामारीका कारण घरभित्रै थुनिएका धेरै पर्यटकले निकुञ्ज भ्रमण गरेकाले यस वर्ष संख्या घटेको हुन सक्ने अनुमान गरे। उनले कुनै पनि क्षेत्रमा उच्च वृद्धिपछि क्रमशः गिरावट आउनु स्वाभाविक भएको बताए। निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापन समयमा हुन नसक्दा दुर्लभ वन्यजन्तु देख्न नपाएकाले पनि पर्यटक संख्यामा केही कमी आएको हुन सक्ने उनको भनाइ छ।

क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्ष गुणराज थपलियाले मुख्य रूपमा सडकको अवस्थाका कारण पर्यटक आगमनमा कमी आएको बताए। चितवनबाट भैरहवा, काठमाडौं र पोखरा जाने सडक स्तरोन्नतिको काम भइरहेकाले यात्रा सहज नहुँदा पर्यटक नआएको उनको भनाइ छ। हवाई यात्रामा पनि नियमित उडान नहुने र भाडा महँगो भएकाले पर्यटक आगमनमा समस्या भएको थपलियाले बताए।

Previous Post

तीन बुदेँ माग राखेर राजावादीले जेठ १५ देखि अनिश्चितकालिन आन्दोलन गर्ने

Next Post

नेप्से परिसूचक १२ अङ्कले घट्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
आवाज

कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

१५ असार २०८३,
गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
आवाज

गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक पारित

१५ असार २०८३,
निर्वासनबाट हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना
अन्तर्राष्ट्रिय

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’

१५ असार २०८३,
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा
खेलमैदान

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

१५ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१५ असार २०८३,
Load More
Next Post
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

नेप्से परिसूचक १२ अङ्कले घट्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In