• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

    अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

    शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

    शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

    सगरमाथा आरोहण मार्ग खुला

    सगरमाथा आरोहण मार्ग खुला

    एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

    एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लोप हुने क्रममा चौरीपालन पेशा

metakhabar by metakhabar
२५ बैशाख २०८२,
0
लोप हुने क्रममा चौरीपालन पेशा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पासाङ शेर्पा

काठमाडौं : केही दशक अघि हिमाली खर्कहरूमा चौँरी गोठ र पाखाहरूमा टन्न चौँरी भेटिन्थे। तर अचेल ती खर्कहरूमा न त चौँरीगोठ देखिन्छन् न त पाखाहरूमा चौँरी नै भेटिन्छन्।

दिनप्रतिदिन विश्व नजिकिँदै जानु र मानिसहरूको इच्छा आकांक्षा र चाहना बढ्दै जानले शेर्पा समुदायको पुर्ख्यौली पेशा अर्थात् हिमालको व्यवसाय चौँरीपालन क्रमशः कम लोप हुँदै गएको छ।

हिमाली भेगमा बसोबास गर्ने शेर्पा  समुदाय र अन्य समुदायको पुर्ख्यौली पेशाको रूपमा रहेको चौँरीपालन पेशामा युवा पुस्ताको ध्यान नजाँदा अब चौँरीपालन दन्त्यकथामा सीमित हुने अवस्थामा पुगेको छ।

दशकअघिसम्म सोलुखुम्बु जिल्लाको पिके क्षेत्रमा  सयौँको संख्यामा हुने चौँरीगोठ अहिले ८-१० वटामा सीमित छ।

चौँरीपालन व्यवसाय कुनै समय जीविकोपार्जन गर्ने मुख्य पेशाको रूपमा रहे पनि अहिले आएर त्यस पेशामा युवा पुस्ताले चासो नदिनु र राज्यको नजरमा यो पेशा नपर्नुले पनि चौँरीपालन पेशा लोप हुन लागेको हो।

पिके क्षेत्रमै वर्षौँदेखि चौँरीपालनमा आबद्ध रहेका कृषकहरू राज्यले चौँरीपालन व्यवसायमा उचित किसिमको अनुदान, बिमा र उत्पादित वस्तुहरूलाई उचित मूल्यमा बिक्री वितरण गर्ने बजार व्यवस्थापन नगरेकै कारण चौँरीपालन पेशा संकटमा परेको बताउँछन्।

अहिले पिके क्षेत्रमा चौँरीको दुध बजारमा प्रतिलिटर १५० रुपैयाँमा बिक्री हुने गरेको छ भने  सोही दूध सरकारी डेरी दूध विकास संस्थान  लैनचौरको अधीनमा रहेको डेरीमा प्रति लिटर ६५ रुपैयाँ मात्रै दिने गरेको कृषकहरूको गुनासो रहेको छ।

दिनमा २० लिटर दूध बाहिरी बजारमा बिक्री गर्दा तीन हजार कमाइ हुने भए पनि सरकारी डेरीमा पुर्‍याउँदा २० लिटर दुधको मूल्य १३ सय मात्रै पाउने गरेको कृषकहरूको गुनासो छ।

प्रत्येक दिन  दूध बजारमा बिक्री गर्नलाई पनि उपभोग गर्ने उपभोक्ता नरहेका कारण कम मूल्य नै आए पनि सरकारी डेरीमै पुर्‍याउनु पर्ने कृषकको बाध्यता छ।

वर्षमा छ महिना मात्र दूध उत्पादन  हुने चौँरी गोठमा सोही दूधको समेत उचित मूल्य नपाउँदा चौँरीगोठका कृषक यो पेशा चटक्क भुलेर अन्य नै पेसा व्यवसायमा लाग्ने गरेको पाइन्छ।

चौँरीपालन व्यवसायमा अन्य पेशामा भन्दा निकै कठिन कार्य भएको कारण युवा पुस्ताले यो पेशालाई अँगाल्न इन्कार गरिरहेका चौँरी कृषकहरू बताउँछन्।

राज्यको नजर यस्ता व्यवसायमा नजाँदा विशेषगरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य पेशा चौँरीपालन र पर्यटन रहे पनि अहिले आएर यी दुवै संकट उन्मुख रहेका छन्।

चौँरी पालन एउटा व्यवसाय मात्र नभएर हिमालको सौन्दर्यको रूपमा पनि रहेको पाइन्छ। त्यही हिमाली खर्कहरूमा चौँरी गोठ र चौँरी नदेख्दा आजभोलि त्यस भेगमा घुम्न जाने आन्तरिक र बाह्य पर्यटक हरुलाई खल्लो महसुस हुने गरेको छ।

दिनप्रतिदिन कुनै समुदायको पुर्ख्यौली पेशा र पर्यटकलाई आकर्षित गरेर वार्षिक रुपमा करोडौं रुपैयाँ राजस्व संकलन गर्न सक्ने राज्यको आर्थिक स्रोतको रुपमा रहेको पर्यटन र चौँरीपालन व्यवसायमा सरकारको बजेटले समेत छोएको छैन।

विभिन्न क्षेत्रमा राज्यले वार्षिक रूपमा करोडौँ रकम विनियोजन गरे पनि राज्यको मुख्य राजस्व सङ्कलन हुने पर्यटन क्षेत्र र पुर्ख्यौली पेशाको रूपमा रहेको चौँरीपालन व्यवसायमा नजर अन्दाज गर्दै आइरहेको छ।

राज्यले हरेक वर्ष प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा निर्वाहमुखी कृषिलाई आधुनिक र व्यवसायी बनाउँदै कृषि उपजमा देशलाई आत्मनिर्भर बनाउने भाषण गर्न भने छाडेका छैनन्।

चौँरीपालन व्यवसायलाई संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले खोलिएका कतिपय संस्थाहरू वर्षमा एकपटक महोत्सव नाममा केही मान्छेलाई भेला गराएर सरकारी बजेट झ्वाम पार्ने नीति अवलम्बन गरिरहेका छन्। चौँरी व्यवसाय र चौँरीकोटहरू दिनप्रतिदिन संकटमा परेका छन्।

यस क्षेत्रमा अहिले नै राज्यले ध्यान नदिने हो भने भोलिको दिनमा चौँरी व्यवसाय संरक्षणको नाममा अनेकौँ संस्था खोलेर राज्यको ढुकुटी दोहन गरेर केही मुठ्ठीभरका मान्छे नमोटाउलान् भन्न सकिन्न।

Previous Post

‘निरोगी नेपाल’ स्वास्थ्य क्षेत्रको महासंकल्प : प्रधानमन्त्री ओली

Next Post

‘मानवतालाई जीवित राखौँ’ नाराका साथ रेडक्रस दिवस मनाइँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल
समाचार

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

३१ बैशाख २०८३,
अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका
समाचार

अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

३१ बैशाख २०८३,
शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड
समाचार

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

३१ बैशाख २०८३,
सगरमाथा आरोहण मार्ग खुला
फिचर-ब्यानर

सगरमाथा आरोहण मार्ग खुला

३१ बैशाख २०८३,
एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य
फिचर-ब्यानर

एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

३१ बैशाख २०८३,
जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन
समाचार

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

३१ बैशाख २०८३,
Load More
Next Post
‘मानवतालाई जीवित राखौँ’ नाराका साथ रेडक्रस दिवस मनाइँदै

‘मानवतालाई जीवित राखौँ’ नाराका साथ रेडक्रस दिवस मनाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In