• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

    सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

    अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

    शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

    शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

    सगरमाथा आरोहण मार्ग खुला

    सगरमाथा आरोहण मार्ग खुला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बगरमा तरबुजाखेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

metakhabar by metakhabar
२५ बैशाख २०८२,
0
बगरमा तरबुजाखेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

oplus_1026

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। कृष्णपुर नगरपालिका–२ वनहराका मुक्तकमैया परिवारले नदी बगरलाई आफ्नो अथक परिश्रमले हराभरा र फलदायी बनाएका छन्। बगरमा अहिले तरबुजा, काँक्रो, लौका, फर्सी, मुला र तोरैलगायतका फलफूल तथा तरकारीहरू प्रशस्त मात्रामा लटरम्म फलेका छन्।

आफ्नो उत्पादन बिक्री गर्नका लागि वनहराका १०० भन्दा बढी मुक्तकमैया परिवारले पूर्वपश्चिम राजमार्ग नजिकै अस्थायी टहराहरू निर्माण गरेका छन्। यी टहराहरूमा उनीहरूले दैनिक रूपमा तरबुजा र काँक्रोजस्ता फलफूल बिक्री गरिरहेका छन्। साँझ बिहान राजमार्गमा तरबुजा र काँक्रो खरिद गर्ने ग्राहकहरूको निकै चहलपहल देखिन्छ।

विगत छ वर्षदेखि बगरमा खेती गर्दै आएका शिवलाल रानाले राजमार्ग छेउको व्यापारले वर्षभरिको घरखर्च धान्न सहज भएको बताए। उनले तरबुजा लगायतका फलफूल बिक्री गरेर दैनिक दुई हजारदेखि तीन हजार पाँच सय रुपैयाँसम्म आम्दानी गर्ने गरेको जानकारी दिए। वैशाखदेखि असारसम्म उनीहरूले तीन लाखदेखि पाँच लाख रुपैयाँसम्मको कारोबार गर्ने गरेको उनको भनाइ छ। “जसको उत्पादन बढी हुन्छ, उसको आम्दानी पनि बढी हुन्छ,” रानाले भने, “थोरै उत्पादन गर्नेको आम्दानी थोरै हुन्छ।”

पन्ध्र वर्षदेखि बगर खेतीमा संलग्न बिरा रानाले बगरमा फलेको लौका र तरबुजा बिक्री गरिसकेपछि पुनःस्थापनाका क्रममा पाएको जग्गामा पनि खेती गरेका छन्। उनले बताएअनुसार तीन महिना सडक छेउमा बसेर तरबुजाको व्यापार गर्दै आएका छन्। “कमैया मुक्ति घोषणापछि वनहरा नदी छेउको जग्गामा पुनःस्थापना हुँदा घर बनाउन र खेती गर्न दश कट्ठा जग्गा दिइएको थियो,” उनले भने, “जग्गामा लगाएको अन्नबालीले चार महिना पनि खान नपुग्ने भएपछि केही वर्ष मजदुरी गरेरै जीविका चलायौँ।”

“अरु नदी बगरमा तरबुजा र काँक्रो रोपेको देखेपछि हामीले पनि सिक्यौँ। त्यसपछि मजदुरी गर्न छोडेर यसैमा भविष्य देख्न थाल्यौँ। अहिले तरबुजा राम्रै फलेका छन् र हामीले यो खेतीलाई निरन्तरता दिइरहेका छौँ,” बिरा रानाले भने। घरखर्च सहज रूपमा चलेकाले अरुसँग ऋण लिनुपर्ने अवस्थाको अन्त्य भएकोमा उनी खुसी छन्।

राजमार्ग छेउमै बसेर १४ वर्षीया अस्मिता रानाले पनि तरबुजा बेच्दै आएकी छन्। “बिहान विद्यालय जान्छु,” उनले भनिन्, “त्यतिबेला आमाले टहराबाट बेच्नुहुन्छ, विद्यालयबाट फर्केपछि म बेच्छु।” टहरामा तरबुजा बेचेर आएको आम्दानीको केही हिस्सा घरखर्चमा राखेर बाँकी पैसा विद्यालयको पोसाक र कापी कलम किन्न प्रयोग हुने गरेको उनले बताइन्। वनहरा मुक्तकमैया बस्तीकै ४० वर्षीया पूजा रानाले एक दशकदेखि राजमार्ग छेउमा तरबुजा लगायतका फलफूल बिक्री गर्दै आएकी छन्। वनहरा नदीको बगरमा उनले दश कट्ठा जग्गामा तरबुजा खेती गरेकी छन्। “वैशाख महिनाको पहिलो हप्तादेखि बेच्न सुरु गरेका हौँ,” उनले भनिन्, “अहिलेसम्म ६५ हजार रुपैयाँभन्दा बढीको बिक्री गरिसकेका छौँ।” उनका अनुसार प्रतिकिलो तरबुजा ३० देखि ४० रुपैयाँसम्ममा बिक्री हुन्छ।

तरबुजा खेतीमा बीउबिजन र रासायनिक मलमा मात्र ३० देखि ४० हजार रुपैयाँसम्म खर्च भएको थेग्रा रानाले बताए। उनले बर्सेनि पाँच लाख रुपैयाँभन्दा बढी मुनाफा आर्जन गर्दै आएको जानकारी दिए। यो महिनामा मात्र उनले २० क्विन्टल काँक्रो र ६० क्विन्टल तरबुजा बिक्री गरिसकेका छन्।

“बिहान बगरबाट टिपेर राखेको तरबुजा तथा तरकारी साँझ नपर्दै सकिन्छ,” नन्दलाल रानाले भने, “बढ्दो गर्मीका कारण ग्राहकले बढी माग गर्ने गरेका छन्।” उनले अरु ठाउँमा बेच्न लैजाँदा ढुवानी खर्च लाग्ने र धेरै श्रम गर्नुपर्ने भएकाले घर नजिकैको राजमार्गमा सहजै बिक्री हुने भएपछि टहरामा बसेर बेच्ने गरेको बताए।

पहिले इँटाभट्टामा काम गर्दै आएका तौला राना बगर खेतीबाट राम्रो आम्दानी हुने थाहा पाएपछि मजदुरी छोडेर तरबुजा खेतीमा लागेका हुन्। वनहराका मुक्तकमैयाहरूले आफ्नो क्षेत्रमा अरु व्यापारीलाई तरबुजा बेच्न भने रोक लगाएका छन्।

तरबुजा खरिद गर्न राजमार्ग छेउ पुगेका अमरपुरका अमरबहादुर ऐर वनहराका तरबुजा रसिला हुने भएकाले प्रत्येक वर्ष किनेर लैजाने गरेको बताउँछन्। “अरु ठाउँको भन्दा यहाँका तरबुजा मीठा र सस्ता छन्। त्यसैले हामी तरबुजा किन्न हरेक वर्ष यहाँ आउँछौँ,” उनले भने।

Previous Post

नेपाली बजारमा सुनको मूल्यमा फेरि वृद्धि, तोलाको १ लाख ९२ हजार २ सय पुग्यो

Next Post

विद्युत् सेवा बन्द हुँदा चार सय असी घरधुरी अन्धकारमा बस्न बाध्य

metakhabar

metakhabar

सम्बन्धित खबर

सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित
फिचर-ब्यानर

सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

३१ बैशाख २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
फिचर-ब्यानर

चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

३१ बैशाख २०८३,
नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल
समाचार

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

३१ बैशाख २०८३,
अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका
समाचार

अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

३१ बैशाख २०८३,
शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड
समाचार

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

३१ बैशाख २०८३,
सगरमाथा आरोहण मार्ग खुला
फिचर-ब्यानर

सगरमाथा आरोहण मार्ग खुला

३१ बैशाख २०८३,
Load More
Next Post
विद्युत् सेवा बन्द हुँदा चार सय असी घरधुरी अन्धकारमा बस्न बाध्य

विद्युत् सेवा बन्द हुँदा चार सय असी घरधुरी अन्धकारमा बस्न बाध्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In