• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

    जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

    शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

    शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गण्डकी प्रदेशमा धान उत्पादनमा गिरावट

by
२९ पुस २०७९,
0
किसानको धान खरीदमा उदासीन सरकार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी– गण्डकी प्रदेशमा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ । गत वर्षको तुलनामा तीन दशमलव ७४ प्रतिशतले धान कम फलेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार यसपालि तीन लाख ९१ हजार एक सय २१ मेट्रिक टन धान उत्पादन भएको छ ।

गत वर्ष चार लाख छ हजार तीन सय ३६ मेट्रिक टन धान उत्पादन भएको थियो । धानको उब्जाउ क्षेत्र पनि घटेको पाइएको छ । अघिल्लो वर्ष एक लाख १२ हजार दुई सय २७ हेक्टरमा धान लगाइएकामा यस वर्ष जम्मा एक लाख छ हजार तीन सय ८० हेक्टर धानखेतीले ओगटेको थियो ।

अन्य प्रदेशको तुलनामा यहाँ धानको उत्पादन र क्षेत्रफल दुवै घटेको तथ्यांकले देखाउँछ । देशभर समग्रमा धान उत्पादन बढ्दा गण्डकी प्रदेशमा घरघडेरीका नाममा धानको उब्जाउ क्षेत्र नासिँदा उत्पादन घटेको प्रदेशको कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताए ।

‘खेतीयोग्य जग्गामा बजारीकरण तीब्र छ, जग्गा बाँझिने क्रम पनि उस्तै छ, उत्पादन घट्नुको मुख्य कारण यही हो’, उनले भने, ‘प्लटिङले गर्दा कति उब्जाउ जमिन नासियो, कति ठाउँमा सडक बन्यो, यसको यकिन तथ्यांक भने हामीसँग छैन ।’ प्रमुख रेग्मीले हेर्दाहेर्दै धान फल्ने ठूल्ठूला फाँट बस्तीले ढाकेको बताए ।

खेती गर्ने जमिनमा धमाधम घर ठड्याउने प्रवृत्तिले देशलाई खाद्यान्नमा झन्झन् परनिर्भर बनाउँदै लाने उनको भनाइ छ । धान कम फल्नुमा क्षेत्रफल घट्नु मुख्य कारण भए पनि अन्य कुराले पनि उत्पादनमा प्रभाव पार्ने प्रमुख रेग्मीले बताए ।

‘प्रतिकूल मौसम, मल अभाव, कमसल बीउबिजन जस्ता कारणले पनि उत्पादन घट्छ, सबै प्रदेशमा धान उत्पादन बढ्दा गण्डकीमा घट्नुले हामीलाई पनि सोचनीय बनाएको छ’, उनले भने, ‘हाम्रोतिर उन्नतभन्दा बढी स्थानीय जातकै धान लगाइने हुँदा त्यसले पनि उत्पादनमा कमी ल्याउँछ ।’

यस वर्ष किसानले रोपाइँका बेला रासायनिक मल नपाएको गुनासो गरेका थिए । धानमा फूल खेल्ने समयमा भएको बर्सातले पनि क्षति पुर्‍याएको थियो । बागलुङ नगरपालिका–३ का अगुवा किसान वैकुण्ठ सापकोटाले १८(१९ मुरी धान फल्ने खेतबाट यस वर्ष जम्मा १० मुरी धान भित्र्याएको बताए ।

त्योबाहेक रोगकीरा नियन्त्रण, उन्नत बीउ, मल व्यवस्थापनमा किसानलाई सधैँ चुनौती रहेको उनको भनाइ छ । ‘बीउ राम्रो भयो, खेतीले मलदेखि राम्रो स्याहारसुसार पायो भने फल पनि बढी दिन्छ’, सापकोटाले भने, ‘बीउबिजन, खेतीको सीप र प्रविधिमा राज्यले पनि किसानलाई सघाइरहनुपर्छ ।’

धानको उत्पादकत्व भने यस वर्ष सबै प्रदेशमा बढेको पाइएको छ । गण्डकीमा पनि एक दशमलव ५५ प्रतिशतले उत्पादकत्व वृद्धि भएको छ । उन्नत जातका बीउबिजनको प्रयोग, खेती प्रणालीमा सुधारजस्ता कारणले उत्पादकत्व बढ्ने कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताए ।

उनका अनुसार बागलुङमा यस वर्ष पाँच प्रतिशतले धान उत्पादन घटेको छ । बेमौसमी बर्सातले धान बालीमा क्षति पुग्दा उत्पादन घटेको प्रमुख भट्टराईले बताए। गण्डकी प्रदेशमा बागलुङको गलकोट र बलेवा, गोरखाको पालुङटार, कास्कीको लेखनाथ, स्याङ्जाको आँधीखोला किनार र वालिङ, तनहुँको भिमाद, नवलपपुरको त्रिवेणी र मध्यबिन्दु, पर्वतको फलेवासलगायत क्षेत्र बढी धान उत्पादन हुने ठाउँ हुन् ।

यहाँका किसानले राम, सुनौलोसुगन्धा, लोकतन्त्र, खुमल, सुधारिएको जेठोबुढोलगायत स्थानीय जातको धानखेती गर्दै आएका छन् । वर्षे र चैते गरी दुई याममा धानखेती हुने गरेको छ । धान कम उत्पादन हुनेमा गण्डकीपछि बागमती प्रदेश छ । बागमतीमा एक दशमलव ४५ प्रतिशतले उत्पादनमा कमी आएको हो । गत वर्ष पाँच लाख सात हजार सात सय ८९ मेट्रिक टन उत्पादन भएकामा यस वर्ष घटेर पाँच लाख चार सय ४६ मेट्रिक टनमा सीमित बनेको छ । बाँकी पाँचवटै प्रदेशमा भने धान उत्पादन बढेको मन्त्रालयले जनाएको छ ।

सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ३३ दशमलव ३३ प्रतिशतले धान उत्पादन बढेको छ । सुदूरपश्चिममा गत वर्ष चार लाख ४१ हजार नौ सय १३ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष बढेर पाँच लाख ८९ हजार दुई सय २१ पुगेको छ ।

सबैभन्दा कम कर्णाली प्रदेशमा एक लाख २९ हजार चार सय ७३ मेट्रिक टन धान फलेको छ । गत वर्षको तुलनामा भने कर्णालीमा पनि यस वर्ष तीन दशमलव ४६ प्रतिशतले धान उत्पादन बढेको हो । गत आवमा जम्मा एक लाख २५ हजार एक सय ४६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

देशभरमा कूल ५४ लाख ८६ हजार चार सय ७२ मेट्रिक टन धान उत्पादन भएको छ । सो अघिल्लो वर्षको भन्दा छ दशमलव ९४ प्रतिशतले बढी हो । गत वर्ष ५१ लाख ३० हजार छ सय २५ मेट्रिक टन धान उत्पादन भएको थियो ।

धान उत्पादन बढे पनि खेती हुने क्षेत्र भने दुई प्रतिशतले घटेको पाइएको छ । गत वर्ष १४ लाख ७७ हजार तीन सय ७८ हेक्टर रहेकामा यो वर्ष १४ लाख ४७ हजार सात सय ८९ हेक्टरमा धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

– रामबहादुर थापा रासस

Previous Post

दक्षिण एशियाका उत्कृष्ट १० बीजनेस लिडर्स –२०२२ मा नेपालका श्री सञ्जय अग्रवाल

Next Post

महालक्ष्मी विकास बैंंक लि.को एक्काईसौं वार्षिक साधारण सभा सम्पन्न ः १०.४७ प्रतिशतको लाभांश पारित

सम्बन्धित खबर

पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित
आवाज

पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

२३ असार २०८३,
सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा
आवाज

सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

२३ असार २०८३,
विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान
आर्थिक

विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

२३ असार २०८३,
फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान
कृषि

फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

२३ असार २०८३,
जुम्ली किसानलाई मार्सीधान काट्न चटारो
आवाज

जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

२३ असार २०८३,
शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान
आवाज

शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

२३ असार २०८३,
Load More
Next Post
महालक्ष्मी विकास बैंंक लि.को एक्काईसौं वार्षिक साधारण सभा सम्पन्न ः १०.४७ प्रतिशतको लाभांश पारित

महालक्ष्मी विकास बैंंक लि.को एक्काईसौं वार्षिक साधारण सभा सम्पन्न ः १०.४७ प्रतिशतको लाभांश पारित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In