• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

प्रहरी र शिक्षकहरूबीच झडपको मूल जड : आन्दोलनको दिशा र रणनीतिमा देखिएको अराजकता

metakhabar by metakhabar
१४ बैशाख २०८२,
0
प्रहरी र शिक्षकहरूबीच झडपको मूल जड : आन्दोलनको दिशा र रणनीतिमा देखिएको अराजकता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विगत २५ दिनसम्म शान्तिपूर्ण रूपमा अघि बढिरहेको शिक्षक आन्दोलन आइतबार तनावपूर्ण मोडमा पुग्यो। माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्मको दैनिक रुटिन जुलुसमा आज आकस्मिक अराजकता देखिएपछि प्रहरी र शिक्षकहरूबीच प्रत्यक्ष झडप भयो।

यस झडपको मूल जड आन्दोलनकारी शिक्षकहरूको संयोजन र अनुशासनमा आएको कमजोरी तथा अचानक बढेको आक्रोश देखिन्छ। विगतमा आफूलाई ‘शान्तिपूर्ण आन्दोलनकर्ता’को रूपमा स्थापित गर्दै आएको समूहले निषेधित क्षेत्रको सीमा मिच्ने प्रयास गर्दा अवस्था नियन्त्रण बाहिर गएको थियो ।

सुरुवातमा आन्दोलन गरिरहेकाहरू मागमा स्पष्ट र प्रदर्शनमा अनुशासित देखिन्थे। तर आज आन्दोलनकारीहरूले प्रहरीको ब्यारिकेट तोड्ने प्रयास गरेपछि अवस्था जटिल बन्यो। यस किसिमको प्रत्यक्ष आक्रमकता आन्दोलनको चरित्रलाई हिंसात्मक देखाउने काम भयो।

आन्दोलनकारी शिक्षकहरुले आफैंले आफ्नो पंक्तिमा घुसपैठ भएको आशंका व्यक्त गर्दै आफ्ना केही साथीलाई नियन्त्रणमा लिन थाले। यस्तो गतिविधिले आन्दोलन भित्रै गम्भीर अव्यवस्था र नेतृत्वको कमजोर नियन्त्रण झल्काएको थियो।

निषेधित क्षेत्र तोड्ने प्रयासपछि प्रहरीले पानीको फोहोरा र लाठीचार्ज गर्‍यो। सामान्यतः निषेधित क्षेत्रमा भीड रोक्न प्रहरीले यस्तो उपाय अपनाउनु आम अभ्यास हो। तर, आजको अवस्थामा आन्दोलनकारीहरूको ढुङ्गा प्रहारले प्रहरीलाई थप बलप्रयोग गर्न बाध्य बनायो । प्रहरीले भिड नियन्त्रण गर्न पानीको फोहोरा चलाएको थियो ।

आइतबारको झडपले शिक्षक आन्दोलनको नैतिक बललाई केही हदसम्म कमजोर बनाएको छ। शान्तिपूर्ण दबाबमार्फत सरकारसँग वार्ता गर्ने रणनीति अब जटिल बन्न सक्छ। आन्दोलनभित्रको घुसपैठ र अनुशासनहीनताको आरोपले शिक्षक नेतृत्वलाई आफ्नै आन्दोलन सम्हाल्न गाह्रो पार्न सक्ने अनुमान गरिएको छ ।

आन्दोलनरत शिक्षक र प्रहरीबिच भएको झडपमा परी ६३ जना शिक्षक तथा कर्मचारीहरु घाइते भएको स्रोतले जनाएको छ । अहिले घाइते भएकाहरुको काठमाडौं उपत्यकाकाकै विभिन्न अस्पतालमा उपचार जारी छ ।
यस्तै सोही आन्दोलनका क्रममा न्यूज कभरेज गरिरहेकी प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की गम्भीर घाइते भएकी छन्। उनको आँखामा गम्भिर चोट परेको स्रोतले जनाएको छ । घाइते हुनासाथ उनलाई तत्काल प्रहरीको सहयोगमा अस्पताल लगिएको थियो।

आँखामा गम्भीर चोट लागेकी कार्कीलाई सुरुमा बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो। तर थप उपचारका लागि ट्रमा सेन्टर हुँदै तिलगंगा आँखा अस्पताल पुर्‍याइएको छ। अहिले उनको आँखाको परेलामुनि शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको जनाइएको छ।

घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीले कार्कीलाई बोकेरै अस्पतालसम्म पुर्‍याएका थिए। प्राइम टेलिभिजनका प्रसारण निर्देशक राजु भण्डारीका अनुसार प्राइम टेलिभिजनकी पत्रकार रहेकी कार्कीलाई प्रहरीद्वारा प्रहार गरिएको पानीको फोहोरले चोट लागेको हो ।

सरकारले आन्दोलनरत शिक्षकलाई वार्ताका माध्यमबाट सहमति गरेर विद्यालय फर्कन आग्रह गरेपनि उनीहरुले सरकारले बोलाएको वार्तामा नबसी सरकारमाथि धम्की दिदैँ आन्दोलनमा उत्रिएका थिए । यस्तै स्थानीय सरकारले समेत आन्दोलनरत शिक्षकलाई विद्यालय फर्केर विद्यालय संचालन गर्न आग्रह गरिसकेको छ । तर नेपाल राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले उल्टै स्थानीय तथा केन्द्रिय सरकारलाई धम्की दिदैँ थप आन्दोलनमा उर्तिन आग्रह गर्दै आएका थिए ।

बारम्बार जाहेज मागसहित वार्तामा आउन आन्दोलनरत शिक्षकहरुलाई सरकारले आग्रह गर्दै आएको थियो । तर सरकारको ध्यानाकर्षण नसुनी घमण्डमा उर्तिदा लगभग पाँच दर्जन बढी घाइते भए । नेपाल राष्ट्रिय शिक्षक महासंघको नेतृतवमा भएको शिक्षक आन्दोलनले दर्जनौलाई घाइते बनायो ।

Previous Post

पत्रकार सविना कार्कीको आँखाको अवस्था गम्भीर, आँखाभित्र रगत जाम भएको चिकित्सकको प्रष्टिकरण

Next Post

ट्रम्पको चेतावनीपछि ग्रीनल्याण्डका प्रधानमन्त्री डेनमार्क भ्रमणमा

metakhabar

metakhabar

सम्बन्धित खबर

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
Load More
Next Post
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

ट्रम्पको चेतावनीपछि ग्रीनल्याण्डका प्रधानमन्त्री डेनमार्क भ्रमणमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In