• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

    शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

    रुस–युक्रेनबीच युद्धविरामको घोषणा

    रुस–युक्रेनबीच युद्धविरामको घोषणा

    नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै

    नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै

    नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

    नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राजावादीको उद्दण्ड बनेपछि मिले ओली, माधव र भीम !

by
२० चैत्र २०८१,
0
राजावादीको उद्दण्ड बनेपछि मिले ओली, माधव र भीम !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राजावादीहरुको आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र एमालेबाट निष्कासित नेता भीम रावललाई नजिक ल्याएको छ ।

कुनै समय सँगै राजनीतिक सहकार्य गरेका नेताहरु मध्ये प्रधानमन्त्री केपी शर्मा ओली कोहीको नाम नै उच्चाहरण गर्न चाहदैनन् त कोहीको अनुहार पनि हेर्न चाहदैनन् । कतिपय नेताहरुसँग प्रधानमन्त्री ओलीको पानी बाराबारकै सम्बन्ध छ । तर, पछिल्लो समय राजावादीहरुको आन्दोलन चर्किदै गएपछि मुखै हेर्न नचाहने नेताहरुसँग पनि ओली नजिक बनिरहेका छन् ।

साढे तीन वर्ष अघि एमाले पार्टी फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका माधव नेपाल र ओलीबीचको सम्बन्ध दुश्मनी मै परिणत भएको थियो । तर, राजावादीहरुले माधव नेपालको पार्टी कार्यलयमा तोडफोड र आगजनी गरेपछि र नेकपा एस निकट कोइराला परिवारका एक मात्र कम्युनिष्ट नेता कमल कोइरालाको निधनमा श्रदान्जली दिन ओली सोमबार नेपालको पार्टी कार्यलय पुगे । ओली पुगेपछि त्यहाँ बेग्लै तरंग मच्चियो ।

नेताहरुले शोक बिस्रिएर शक्ति सम्झिए । त्यसपछि, सामाजिक सञ्जालमा नेताहरुको उत्साह र उमंग देखियो । नेकपा एसकी नेतृ रामकुमारी झाँक्री एक घण्टा अघिदेखि नै ओली आउने सूचना फेसबुकमा पोष्ट गरेकी थिईन् । नेकपा एसको पार्टी कार्यलयमा ओलीको आधा घण्टा जतिको बसाइ पछि एसका उपाध्यक्ष प्रकाश ज्वालाले सामाजिक सञ्जालमा फोटो राख्दै आइस ब्रेक भनेर लेखेका छन् । ओली माधव नेपालको पार्टी कार्यलय आउनुले ओलीले कटुताको भाव छोडेर मित्रताको हात अघि बढाउन चाहेको देखिन्छ ।

एकीकृत समाजवादीको पार्टी कार्यलयमा प्रधानमन्त्री ओलीको आडमै एमालेबाट निष्कासित नेता भीम रावल पनि देखिए । पार्टीका अनुशासन उल्लंघन गरेको आरोपमा तीन महिना अघि एमाले र ओलीको नजरबाट बर्खास्तिमा परेका रावल सोमबार सँगै देखिएका हुन् ।

राजावादीको सक्रियताले त्राहिमाम बन्दा मुखै हेर्न नचाहनेसँग ओलीले हात मिलाउन अघि बढेको संकेत देखाएको छ । त्यतिमात्र होइन, प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रप्रति सधै शब्दका वाणीले हमला गर्ने प्रधानमन्त्री ओली सोमबारको प्रतिनिधिसभाको बैठकमा नरम देखिए ।

उनले माओवादी, एकीकृत समाजवादी सम्मिलत समाजवादी मोर्चाले चैत १५मा गरेको प्रदर्शनको प्रशंसा मात्र गरेनन् माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई संसदको रोष्ट्रमबाटै धन्यवाद पनि दिए ।

पुष्पकमल दाहाल, माधव नेपाल, भीम रावलसँग सधै आक्रमक देखिने ओली सोमबार शान्त देखिए । अहिलेको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति प्रश्न उठ्न थालेपछि र राजसंस्था पक्षधरहरु फेरि राजतन्त्र फर्काउन जोडबल गरिरहदा प्रधानमन्त्री केपी शर्मा ओली नामै उच्चाहरण गर्न नचाहने नेताहरुसँग राजनीतिक समझदारीको हात अघि बढाएको देखिन्छ ।

Previous Post

एसइई सम्पन्न, असार ७ गतेभित्र परीक्षाफल

Next Post

आज विश्व ‘अटिजम’ जागरुकता दिवस

सम्बन्धित खबर

यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण
फिचर-ब्यानर

यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

२६ बैशाख २०८३,
शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता
आवाज

शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

२६ बैशाख २०८३,
रुस–युक्रेनबीच युद्धविरामको घोषणा
अन्तर्राष्ट्रिय

रुस–युक्रेनबीच युद्धविरामको घोषणा

२६ बैशाख २०८३,
नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै
खेलमैदान

नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै

२६ बैशाख २०८३,
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
आर्थिक

नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

२६ बैशाख २०८३,
रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै
समाचार

रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

२६ बैशाख २०८३,
Load More
Next Post
डेंगी र हैजा महामारीका रुपमा फैलन नदिन स्वास्थ्य मन्त्रालयको सक्रियता

आज विश्व ‘अटिजम’ जागरुकता दिवस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In