• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राष्ट्रसङ्घसँग प्रविधि र दिगो पर्यटनमा सहयोग गर्न आग्रह

by
१७ चैत्र २०८१,
0
राष्ट्रसङ्घबाट साइबर अपराधविरूद्धको अभिसन्धि अनुमोदित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १७ चैतः नेपालले संयुक्त राष्ट्रसङ्घसँग प्रविधि र दिगो पर्यटनमा सहयोगका लागि आग्रह गरेको छ । नेपालका पर्यटकीय गन्तव्यको प्रवर्द्धन कार्यक्रमअन्तर्गत युरोप यात्रामा रहेको नेपाल पर्यटन बोर्डको टोलीले स्पेनको मड्रिडमा संयुक्त राष्ट्रसङ्घीय पर्यटन अधिकारीहरुसँगको छलफलमा दिगो पर्यटनका लागि सहयोगको आग्रह गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहको नेतृत्वमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसङ्घ पर्यटन मुख्यालयमा भएको छलफलमा विगतमा गरेको सहयोगप्रति आभार व्यक्त गर्दै, प्रविधि, डिजिटल इनोभेसन र दिगो पर्यटन विकासका क्षेत्रमा थप सहकार्यका लागि आग्रह गरेको हो ।

सचिव सिंहले भन्नुभयो, “नेपाल पर्यटन रणनीतिक योजना २०१६-२०२५) र आइटिबी बर्लिन मन्त्रिस्तरीय बैठक, २०२५ मा नेपालको सहभागितालाई स्मरण गर्दै नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स, डिजिटल इनोभेसन र दिगो पर्यटन विकासका क्षेत्रमा थप सहकार्यको आवश्यकता छ । यसका लागि हामी युएन टुरिजमलाई सहयोगका लागि आग्रह गर्दछौं ।”

द्विपक्षीय प्रतिनिधिमण्डलको बैठकमा राष्ट्रसङ्घ पर्यटनका एसिया–प्रशान्त क्षेत्रीय विभाग निर्देशक ह्यारी हुआङले नेपाली प्रतिनिधिमण्डलको पहिलो पटक संयुक्त राष्ट्रसङ्घ पर्यटनको मुख्यालय भ्रमणलाई ऐतिहासिक क्षणको रूपमा उल्लेख गर्दै नेपाललाई पर्यटन विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाललाई राष्ट्रसङ्घीय पर्यटन कार्यक्रममा सक्रिय रूपमा सहभागी हुन, प्राथमिकताहरू उल्लेख गर्दै औपचारिक प्रस्ताव पेस गरेमा थप सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

पर्यटन विभागका महानिर्देशक डा नारायणप्रसाद रेग्मीले नेपाल–संयुक्त राष्ट्रसङ्घीय पर्यटनसँगको सम्बन्धलाई थप सशक्त बनाउन नेपाल अब राष्ट्रसङ्घ पर्यटनसँग अझ घनिष्ठ सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नेपालको पर्यटन नीति सुधार, समावेशी पर्यटन प्रवर्द्धन र पर्यटन लाभको समान वितरणका लागि राष्ट्रसङ्घ पर्यटनको सहयोग आवश्यक रहेको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरूले नेपालको साहसिक पर्यटन, इको–टुरिजम र ग्रामीण पर्यटनका सम्भावनाबारे चर्चा गर्दै नेपाललाई विश्व पर्यटन क्षेत्रमा अझ उचाइमा पु¥याउन संयुक्त परियोजनाहरू आवश्यक रहेकामा जोड दिनुभयो ।

उक्त बैठकले नेपाल–राष्ट्रसङ्घीय पर्यटन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ । यसअघि नेपाल पर्यटन बोर्डले स्पेनस्थित नेपाली दूतावाससँग सहकार्य गर्दै गन्तव्य प्रवर्द्धन कार्यक्रम आयोजना गरेको थियो । नेपाल र स्पेनबीच पर्यटन सम्बन्धलाई सुदृढ गर्ने उद्देश्यले आयोजित कार्यक्रममा टुर तथा ट्राभल व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता थियो ।

कार्यक्रममा स्पेनका लागि नेपालका राजदूत शनिल नेपालले नेपाल– स्पेनबीचको लामो समयदेखि रहिआएको सम्बन्ध र हरेक वर्ष नेपाल भ्रमण गर्ने स्पेनी पर्यटकहरूको बढ्दो संख्याबारे चर्चा गर्नुभएको थियो ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक खड्गविक्रम शाहले नेपालको प्रकृति, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र आतिथ्य सेवासम्बन्धी प्रस्तुतिकरण दिनुका साथै स्पेनी पर्यटकहरूका लागि नेपाल प्रमुख गन्तव्य हुनसक्ने विषयमा चर्चा गर्नुभएको थियो ।

Previous Post

राकम कर्णालीमा ५० शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत

Next Post

झापामा २० हजार हेक्टरमा चैते धानखेती

सम्बन्धित खबर

मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

१ जेष्ठ २०८३,
नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड
अन्तर्राष्ट्रिय

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

१ जेष्ठ २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
आर्थिक

ट्रम्प–सीबीच व्यापार सहमति

१ जेष्ठ २०८३,
नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
आर्थिक

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

१ जेष्ठ २०८३,
Load More
Next Post
कृषि आधुनिकीकरण परियोजनाः गहुँ, धान र तोरी बालीको उत्पादकत्व वृद्धि

झापामा २० हजार हेक्टरमा चैते धानखेती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In