• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुकुम्बासीहरुको डिजिटल लगत संकलन गर्दै सरकार, राहत तथा अनुदान सिधै बैंक खातामा पठाइने

    सुकुम्बासीहरुको डिजिटल लगत संकलन गर्दै सरकार, राहत तथा अनुदान सिधै बैंक खातामा पठाइने

    दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

    दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

    युद्ध जोखिम बढ्दैः तेल मूल्य उकालो, शेयर बजार ओरालो

    युद्ध जोखिम बढ्दैः तेल मूल्य उकालो, शेयर बजार ओरालो

    इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

    इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

    हर्मुज तनावबीच युद्धविराम विस्तार

    स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प ः आइएसओ

    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अनुशासनले हाम्रो सफलतालाई दीर्घायु बनाउँछ : अभिनेता आचार्य

by
१४ चैत्र २०८१,
0
हामीमाथि लगाइएका आरोप आधारहीन र भ्रामक: मदनकृष्ण, हरिवंश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १४ चैतः कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुती रहेको छ । तर, विसं २०७९ मा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषणा भएपछि उहाँले आफूलाई नियमितभन्दा फरक भूमिकामा पनि प्रस्तुत गर्दै आउनुभएको छ ।

अहिले ६७ वर्षको उमेरमा पनि उहाँ आफ्नो पेशा र कामप्रति युवावस्थामा जस्तै समर्पित र गम्भीर देखिनुहुन्छ । युवा कलाकारजस्तै सक्रिय भई मेहनतका साथ कर्म गर्नुहुन्छ । यसै सन्दर्भमा आयोजित एक कार्यक्रममा वरिष्ठ अभिनेता आचार्यले अनुशासनले सफलतालाई दीर्घायु बनाउने भएकाले आत्मअनुशासनमा जोड दिई लगनशील भई काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “चलचित्रमा अभिनय गर्दा होस् वा प्रहसन गर्दा अहिले पनि मेरो मुटू ढुकढुक हुन्छ, मनमा डर उत्पन्न हुन्छ । त्यो डर भनेको मेरा लागि अनुशासन हो । त्यसले मलाई मेहनत गर्न प्रेरित गर्छ, त्यही कारण मेरो कलाकारिताको यात्रा यहाँसम्म आइपुगेको हो, जस्तो लाग्छ ।”

नकारात्मक सोचबाट मुक्त भई स्वस्फूर्त रूपमा लगनशील भई काममा समर्पित हुन सुझाव दिँदै हाँस्य अभिनेता आचार्यले समर्पणभावले आफू सम्बद्ध पेशा, व्यवसायमा होमिए सफल होइने दृष्टान्त पेश गर्नुभयो । ‘मह’जोडीका रूपमा स्थापित वरिष्ठ कलाकार ‘द्वय’लाई समर्पण र निष्ठाको उपजका रूपमा लिने गरेको पाइन्छ । उहाँसँगै ‘मह’ जोडीका ‘म’ अर्थात् मदनकृष्ण श्रेष्ठ कलाकारितासँगै सामाजिक रूपमा समेत उच्च स्थान बनाउन सफल हुनुभएको छ ।

रङ्गमञ्चमार्फत आफ्नो कलाकारिता सुरू गर्नुभएका अभिनेता आचार्य लामो समयदेखि नाटकमा भूमिका निर्वाह नगरेको बताउनुहुन्छ । यद्यपि मञ्चमा गरिने प्रहसन र नाटकउस्तै भएको अभिनेता आचार्य बताउनुहुन्छ ।

“नाटक र प्रहसनउस्तै हो, खासै अन्तर छैन । किनकि दुवैमा दर्शकको अगाडि मञ्चमा कलाकारले आफूलाई प्रस्तुत गर्छन्, मैले यसै वर्ष पनि केही प्रहसन गरेँ । त्यसकारण म आफूलाई नाटकबाट टाढा रहेको जस्तो लाग्दैन”, उहाँले भन्नुभयो ।

उहाँले कला क्षेत्रका लागि रङ्गमञ्च आमाको काँख झैँ भएकाले यहाँ सिकिने कलाकारिता दीगो हुने अनुभव सुनाउनुभयो । राष्ट्रिय नाँचघरमा ‘गुरू हरिप्रसाद रिमाल’सँग नाटक तथा कलाकारले बोल्ने संवादको शैली सिकेको स्मरण गर्दै वरिष्ठ अभिनेता आचार्यले अभिनयमा रुचि राख्नेले आफूलाई रङ्गमञ्चमा प्रस्तुत गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

“मैले आदरणीय गुरू रिमालसँग आँखाले अभिनय गर्छ भन्ने सिकें, त्यहाँ मैले मदन दाईसँग गरेको नाटक विज्ञापनलाई नेपालसँगै विदेशमा समेत प्रस्तुत गरेँ । हामीले त्यो नेपालमा मात्र ४०० को हाराहारीमा मञ्चन गरेका थियौँ । हाम्रो अभिनयको सुरुआत नै रङ्गमञ्चबाट भएको हो”, उहाँले भन्नुभयो ।

हाँस्य कलाकार आचार्यले अभिनय गर्नुभएको पहिलो चलचित्र ‘कुमारी’ हो । उक्त चलचित्रमा कलाकार चाहिएको सूचना गोरखापत्र दैनिकमा देख्नुभएपछि अभिनेता आचार्यले आफू अभिनय गर्न इच्छुक रहेको भनी निवेदन दिनुभएको रहेछ । उक्त चलचित्रका निर्देशकको अगाडि एउटा चलचित्रको दृश्यलाई राम्रोसँग प्रस्तुत गरेपनि आफू उक्त भूमिकाका लागि छनोट नभएको अभिनेता आचार्यले बताउनुभयो ।

“मैले राम्रो ‘अडिसन’ दिए पनि मेरो उमेरका कारण ट्रक चालकसँग सहचालकको भूमिका गर्न पाइन् । उक्त भूमिका गर्दा बालश्रमका समस्या देखिने भएपछि मैले एउटा सानो भूमिका गरेँ । त्यसपछि ‘सिन्दुर’मा एक ज्योतिषको भूमिका निर्वाह गरेँ”, उहाँले भन्नुभयो ।

स–साना भूमिकामा देखिएता पनि उहाँले ‘जीवनरेखा’ र ‘बासुदेव’ पछि राम्रो र बढी समय पर्दामा देखिने अवसर प्राप्त गर्नुभयो । त्यसपछि अभिनयमा सक्रिय रहनुभएका अभिनेता आचार्य अहिले पनि उस्तै रूपमा निरन्तर क्रियाशील हुनुहुन्छ । आफैँ लेखक र निर्देशकसमेत रहनुभएका अभिनेता आचार्य अरूका चलचित्रमा पनि कलाकारका काम गर्न रुचाउनु हुन्छ ।

“अन्य कलाकर्मीका चलचित्र तथा प्रहसनमा कलाकार भएर काम गर्न पाउँदा मलाई सहज महसुस हुन्छ, आफैँले लेखन वा निर्देशन गरेको पात्रलाई निर्वाह गर्दा अलि बढी मेहनत गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले अभिनय गर्नुभएको चलचित्र ‘भूठान’ र ‘हरिबहादुरको जुत्ता’ आउँदो वर्ष विसं २०८२ मा प्रदर्शन हुनेछ ।

Previous Post

सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट

Next Post

मनास्लु पदयात्रामा गएका पथप्रदर्शकको मृत्यु

सम्बन्धित खबर

सुकुम्बासीहरुको डिजिटल लगत संकलन गर्दै सरकार, राहत तथा अनुदान सिधै बैंक खातामा पठाइने
फिचर-ब्यानर

सुकुम्बासीहरुको डिजिटल लगत संकलन गर्दै सरकार, राहत तथा अनुदान सिधै बैंक खातामा पठाइने

२६ बैशाख २०८३,
दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा
समाचार

दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

२६ बैशाख २०८३,
युद्ध जोखिम बढ्दैः तेल मूल्य उकालो, शेयर बजार ओरालो
अन्तर्राष्ट्रिय

युद्ध जोखिम बढ्दैः तेल मूल्य उकालो, शेयर बजार ओरालो

२६ बैशाख २०८३,
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

२६ बैशाख २०८३,
हर्मुज तनावबीच युद्धविराम विस्तार
अन्तर्राष्ट्रिय

स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प ः आइएसओ

२६ बैशाख २०८३,
यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण
फिचर-ब्यानर

यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

२६ बैशाख २०८३,
Load More
Next Post
विश्वको आठौँ अग्लो हिमाल मनास्लुमा प्याराग्लाइडिङ

मनास्लु पदयात्रामा गएका पथप्रदर्शकको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In