• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’

by
१ चैत्र २०८१,
0
नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालमा केही वर्षयता सामाजिक विषयवस्तुसँग जोडिएका चलचित्र बढी निर्माण भइरहेका छन्।सामाजिक विषय र हास्यप्रधान प्रस्तुतीकरण रहका चलचित्रले दर्शकको साथ पनि राम्रै पाइरहेका छन् । ‘छक्का पञ्जा’, ‘कबड्डी’, ‘जात्रा’ चलचित्रका शृङ्खलाको व्यापार हेर्दा नेपालमा हास्यप्रधान चलचित्रमा दर्शक आकर्षित रहेको बुझ्न सकिन्छ ।

फरक विषय वा प्रस्तुतीकरण भएका चलचित्र निर्माण गर्नु चलचित्रकर्मीको दायित्व रहेको निर्देशक बिक्की महर्जनको बुझाइ छ । यही महसुस गरेर उहाँले दुई वर्षअघि पहिलो चलचित्र निर्देशन गर्ने सोच बनाउँदा द्वन्द्व विधालाई रोजे । उनले निर्देशन गरेको चलचित्र ‘आउट लः दफा २१९’ द्वन्द्व विधामा तयार गरिएको छ ।

‘हामीले बनिरहेका चलचित्रभन्दा फरक गर्ने कोशिस गर्दै जोखिम मोलेर पनि द्वन्द्व विधामा चलचित्र तयार गरेका छौँ । यस चलचित्रको प्रस्तुतीकरणको शैली बनिरहेकाभन्दा फरक छ भने हामीले दफा २१९ को विषयलाई उठाएका छौँ । महिला हिंसा र बलात्कारका विषय चलचित्रमा समेटेका छौँ’, निर्देशक महर्जनले भने ।

उनले चलचित्रलाई बिना सम्झौता तयार गर्न दुई वर्ष समय लागेको जानकारी दिए । अन्य विधाको तुलनामा द्वन्द्व विधामा निर्माण गरिने चलचित्रमा जोखिम हुनाका साथै लगानी बढी लाग्ने अभिनेता सुशील श्रेष्ठको भनाइ छ । पहिलो पटक द्वन्द्वप्रधान चलचित्रमा काम गरेका अभिनेता श्रेष्ठले चलचित्रको काम सुरु हुँदादेखि प्रदर्शनसम्म दुई वर्ष समय दिएको बताए । उनले भने, ‘एउटा राम्रो चलचित्र बनाउन र नेपालमै उपलब्ध स्रोतसाधनको प्रयोग गर्न हामीले कुनै कसर बाँकी राखेका छैनौँ । एउटा द्वन्द्वको दृश्य खिच्न नौ दिन लागेको छ । यस्ता दृश्य खिच्दा थकित हुनाका साथै जोखिम पनि उत्तिकै हुन्छ ।’

विदेशी चलचित्रमा कलाकारझै देखिने जोखिमका दृश्य ‘बडी डबल’ भए पनि नेपालमा भने अभिनेताले नै सबै दृश्यमा आफैले छायाङ्कन गर्नुपर्छ । द्वन्द्वका दृश्यको छायाङ्कन गर्दा अभिनेता श्रेष्ठको हातको औंला भाँचिनेदेखि चोटपटक लागेको थियो । प्रायः प्रेम कथानक चलचित्रमा देखिरहेका अभिनेता श्रेष्ठका लागि यसपटक फरक विधाको चलचित्रमा काम गर्नु चुनौतीसँगै अवसर पनि थियो ।

‘एकै किसिमको चलचित्रमा काम गर्दा हाम्रो विषयमा धारणा नै बन्छ, त्यसकारण पनि मैले जोखिम मोलेर फरक विधामा प्रयास गरें । छायाङ्कनका क्रममा घाइते भएर पनि काम गरेको दृश्यलाई पर्दामा हेर्दा सन्तुष्टि मिलेको छ । चलचित्र भनेको सामूहिक कार्य हो, राम्रो बनाउन हामी सबैले उत्तिकै मेहनत गरेका छौँ’, उनले भने।

चलचित्रका निर्देशक महर्जनले चलचित्र छायाङ्कनसँगै त्यसपछि गरिने प्राविधिक कार्यका लागि समय लागेको बताए । ‘हाम्रो चलचित्रमा प्राविधिक पक्षलाई समय दिनुपरेकाले दर्शकसम्म ल्याउन समय लागेको हो किनकि विदेशी चलचित्र हेरेर तारिफ गर्ने दर्शकले हाम्रोमा कमी नदेखुन् भन्ने हामी सम्पूर्ण निर्माण समूहलाई लाग्थ्यो । पारिवारिक चलचित्र मात्र बनिरहेको सन्दर्भलाई मध्यनजर गर्दै विविधता चाहिन्छ भनेर द्वन्द्वप्रधान चलचित्र निर्माण सुरु गरेका थियौँ । त्यसैले यसमा गर्नुपर्ने मेहनत र लगानीमा कुनै सम्झौता गरेका छैनौँ’, निर्देशक महर्जनले भने ।

उनका अनुसार विदेशी चलचित्रमा देखिने द्वन्द्वका दृश्यझैं ‘आउट लः दफा २१९’ का दृश्यलाई तयार गरिएको छ । यही फागुन २९ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रलाई अमित अग्रहरी र निशा गुइडेले निर्माण गरेका हुन् । निर्देशक महर्जन र दीर्घ धामीले संयुक्त रूपमा पटकथा तयार गरेको चलचित्रमा नवीन गुरुङले छायाङ्कन र साहिल खानले सम्पादन गरेका छन् ।

Previous Post

एक महिनासम्म हरेक दिन अदुवा खाँदा तपाईंको शरीरमा कस्तो हुन्छ ?

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा
खेलमैदान

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

१५ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१५ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

१५ असार २०८३,
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
आवाज

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

१५ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१५ असार २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In