• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

    सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

    अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

    शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

    शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

    सगरमाथा आरोहण मार्ग खुला

    सगरमाथा आरोहण मार्ग खुला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गणतन्त्रवादीकै कारण हौसिए राजावादी !

by
२६ फाल्गुन २०८१,
0
गणतन्त्रवादीकै कारण हौसिए राजावादी  !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताले राजनीति तरङ्गित बन्न पुगेको छ । उनले बढाएको सक्रियतालाई राजनीतिक दलले चासोका साथ चुनौती पेस गरिरहेका छन् भने राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उनलाई उचाल्न खोजेको देखिन्छ । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले देशमा प्रजातन्त्रको अभ्यास गर्नुपर्ने भन्दै अहिलेको राजनीतिक प्रणालीमाथि चर्को बहस छेडे । आफूलाई साथ दिन अपिल समेत गरे । यसपछि राजनीतिक दलहरूले प्रतिक्रिया दिन थाले भने राष्ट्रिय प्रजातन्त्र पार्टीले अब राजालाई नारायणहिटी ल्याउने समय आएको मात्रै भनेँ, हात समाएरै ल्याउने भन्यो ।

शाह करिब एक महिना पोखरा बसेर आइतबार काठमाडौं फर्किए ।  उनी काठमाडौं फर्किने क्रममा पोखरा र काठमाडौं विमानस्थल क्षेत्रमा उनका समर्थकहरूले शक्ति प्रदर्शन गरे । हजारौँ समर्थकलाई सडकमा उतारेर उनी गाडी चढेर सँगसँगै निर्मल निवास पुगे ।

शाह गाडीमा तथा समर्थक पैदलै विमानस्थलबाट निर्मल निवास पुगेका थिए । पूर्वराजालाई नै र्‍यालीमा सहभागी गराएर समर्थकहरू सडकमा निस्किए । र्‍यालीका क्रममा उनीहरूले सदाझैँ ‘राजा आऊ, देश बचाऊ’ भन्दै नाराबाजी गरे । गणतन्त्रको प्रतीक राष्ट्रपतिका विषयमा र्‍यालीमा कुनै विरोध सुनिएन ।  तर, प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भने उनीहरूले ‘निकृष्ट’ भाषामै नाराबाजी गरे ।

र्‍यालीमा देखिएको रोचक दृश्य हो –भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर । पूर्वराजा ज्ञानेन्द्रसँगै र झन्डै उत्रै आकारमा राखिएको तस्बिरलाई पूर्वराजाजत्तिकै महत्त्व दिएको देखिन्थ्यो । ‘राजतन्त्र पुनःस्थापना गरौं’, योगी आदित्यनाथ लेखिएको तस्बिरमा हिन्दुवादी प्रदीप विक्रम राणा लेखिएको छ । र्‍यालीमा यसअघि बैंकहरुविरुद्ध आन्दोलन गर्ने अभियन्ता दुर्गा प्रसाईँ पनि सहभागी थिए ।

पूर्वराजाको पक्षमा ¥याली देखेपछि प्रधानमन्त्री तथा नेपाल एमाले अध्यक्ष केपी शर्मा ओली भने छक्क परे । फागुन ५ गते शाहले गरेको सम्बोधन सुनेर आफू छक्क परेको भन्दै ओलीले सोधे–  ‘फागुन ६ गते नै पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो । संविधानको पनि कुरा गर्नुहुन्न त उहाँ । कानुनको पनि कुरा गर्नुहुन्न, लोकतन्त्र, प्रणाली प्रक्रियाको कुरा गर्नुहुन्न त । मलाई साथ दिनुस्, म आउँछु, देश बचाउँछु भन्नुहुन्छ। देश के भएको छ ?’

ज्ञानेन्द्रको सक्रियतालाई भने धेरैले उनको बढ्दो उमेर, छोरा पारस शाहप्रति जनताको बुझाई र राजसंस्थाको लिगेसीको चिन्तालाई लिएरै भविष्यवाणी गर्ने गरेका छन् । तर, राजसंस्थाप्रतिको जनमत भने मापन गर्ने गरी राजनीतिक नेतृत्व तयार हुने कुनै संकेत देखाएको देखिन्न ।

जनतामा सार्वभौमसत्ता निर्भर रहने हो भने राजाको भक्तिगान अब राप्रपाले नै गाउने स्थिति छैन । तर, राजावादी दलको प्रस्ताव र ज्ञानेन्द्रको चाहनामै नदेखिएको तालमेलले पनि ज्ञानेन्द्रको सत्ता रोहणको चाहनामा जटिलता थपिएको देखिन्छ ।

गणतन्त्रका नेताहरूका लागि आफ्नो कार्य सम्पादनको नालायकी ढाक्न सबैभन्दा सजिलो अस्त्र राजतन्त्रको भूत भएको छ ।
जसरी आफ्नो व्यक्तिगत नालायकी र राजनीतिक निरङ्कुशताका कारण देशलाई गणतन्त्रतर्फ डो¥याउन तत्कालीन राजा ज्ञानेन्द्रको ठूलो योगदान थियो, त्यसैगरी हजार प्रयास गर्दा पनि धेरै चर्चा पाउन नसक्ने नेपालको सन्दर्भहीन राजतन्त्रलाई चर्चामा ल्याउन गणतन्त्रका नेताहरूको ठूलो योगदान छ ।

गणतन्त्रका झण्डै दुई दशकमा पूर्वराजा ज्ञानेन्द्रले जनताको मन छुने न एउटा कुनै लोकप्रिय सामाजिक काम गर्न सके, न त राजनीतिक परिस्थितिबारे उनको कुनै विश्लेषणले देशलाई केही फाइदा पु¥याएको छ ।

न त राजतन्त्र हुँदा प्रत्यक्ष लाभ लिने झुन्डद्वारा परिचालित केही व्यक्तिबाहेक जनताको कुनै तप्काले उनीबाट केही अपेक्षा गरेका छन् । यी  सबै यथार्थका बाबजुद अहिले किन राजतन्त्रले राजनीतिक चर्चामा ‘स्पेस’ पाइरहेको छ ?

जनताको कुरा छाडिदिऔँ, कार्यकर्ताले जब आफ्ना नेताको नालायकी, स्वेच्छाचारिता र अपारदर्शी जीवनशैलीबाट बिरक्तिएर उनीहरूप्रति निराशा व्यक्त गर्छन्, तब नेताले सार्वजनिक रूपमा राजतन्त्रविरुद्ध हुङ्कार गर्छन् ।

मानौँ, राजतन्त्र फेरि आउनै लाग्यो ! अनि ‘सोझा’ कार्यकर्ता आफ्ना नेताको बलिदानपूर्ण इतिहासप्रति तुरुन्त भावुक भइहाल्छन् र राजतन्त्रले गरेका इतिहासको ज्यादतीप्रति आक्रोशित हुन्छन् । जब राजतन्त्र फेरि आउने शंकाको हल्ला बजारमा केही दिन चल्छ, त्यो हल्ला फैलाउन राजतन्त्रवादीभन्दा गणतन्त्रवादी नै बढी अग्रसर हुन्छन् ।

कुनै पनि देश गरिब हुनुका ‘इन्डिकेटर’ हजार होलान् तर तीमध्ये एउटा के छ भने देश जति–जति गरिब हुन्छ र जति–जति कमजोर हुन्छ, त्यहाँका शासक आचरणमा त्यति–त्यति राजतन्त्रजस्तै सामन्ती हुन्छन् । आफू पूरै राजतन्त्रको सिको गरेर शासक हुने अनि जनताले ‘जनताका नेता’ भनिएकाहरू पनि त्यही राजाजस्तै सामन्त भएका छन् ।

नेपालमा राजतन्त्र फर्किएला कि भन्ने कुरा नेपाल पुनः हिन्दु राज्यको परिचयमा फर्केला कि भन्ने विषयसँग पनि जोडिएको छ । भारतमा नरेन्द्र मोदीको सत्तामा पुनः विजयपछि अब दक्षिणबाट त्यस्तो राजनीतिक चेष्टा हुन्छ कि भनेर आत्तिने एक थरी छन्, आश गरेर मात्तिने अर्को थरी ।

तर आफ्नै देश भारतको धर्म निरपेक्षताको प्रावधान हटाउने चर्चासमेत गर्ने हिम्मत नभएको राष्ट्रिय स्वयंसेवक संघ र भारतीय जनता पार्टीले नेपालमा हिन्दु राज्य कामना गर्नु एउटा कुरा, राजनीतिक बल लगाउने गल्ती गर्न सक्दैन । भारतका केही ‘गुरु महात्मा’ र राजनीतिकर्मीले नेपालका राजावादी र हिन्दुवादीलाई बेलाबेलामा हौसला दिने काम भएको हुन सक्छ । जबसम्म हाम्रा गणतन्त्रका ‘धर्म निरपेक्ष’ नेताहरू स्वयं नै त्यो षडयन्त्रमा सामेल हुँदैनन्, यो सम्भव छैन ।

Previous Post

पूर्व राजाको स्वागतमा कसरी प्रयोग भयो योगी आदित्यनाथको तस्बिरसहितको ब्यानर ?

Next Post

इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका बुढाथोकी पक्राउ

सम्बन्धित खबर

सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित
फिचर-ब्यानर

सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

३१ बैशाख २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
फिचर-ब्यानर

चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

३१ बैशाख २०८३,
नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल
समाचार

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

३१ बैशाख २०८३,
अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका
समाचार

अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

३१ बैशाख २०८३,
शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड
समाचार

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

३१ बैशाख २०८३,
सगरमाथा आरोहण मार्ग खुला
फिचर-ब्यानर

सगरमाथा आरोहण मार्ग खुला

३१ बैशाख २०८३,
Load More
Next Post
इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका बुढाथोकी पक्राउ

इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका बुढाथोकी पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In