काठमाडौं ।मनकामना मन्दिर दर्शनार्थी सवार ईभी माइक्रोबस दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने १४ जना घाइते भएकाे छन् ।
गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ३ मा आज बिहान माइक्रोबस दुर्घटना भएकाे हाे ।
दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेहरु सबैलाई उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको छ ।












