• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    बाँकेमा खेतका फाँट धुलाम्मे

    धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आलु खेतीमा आधुनिक यन्त्र प्रयोग गर्दै किसान

by
१७ फाल्गुन २०८१,
0
आलु खेतीमा आधुनिक यन्त्र प्रयोग गर्दै किसान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मध्यविन्दु (नवलपरासी), १७ फागुनः नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–२ का मायाराम महतोलाई गत वर्षसम्म एक बिघा जमिनको आलु खन्न २० जना खेताला जम्मा गर्नु पर्दथ्यो । तर अहिले एक बिघा क्षेत्रफलको आलु उहाँ एक्लैले एकै दिनमा सकिसक्नु हुन्छ ।

लामो समय अर्म–पर्म गरेर आलु खेती गर्नुभएका मायारामले गत वर्षदेखि घरमै पावर टिलर(हाते ट्याक्टर) किनेर खेती गर्दै आउनुभएको छ । सामूहिक रूपमा आलु खेती गर्ने भएको हुँदा गत वर्ष कृषि ज्ञान केन्द्रको ७५ प्रतिशत अनुदानमा उहाँले पावर टिलर किनेको बताउनुभयो ।

“स्वदेशमा नै कृषि गर्ने भनेर विदेशबाट फर्किएको थिए तर धेरै मानिस खोजेर काम गर्नु पर्दा निकै समस्या भएको थियो । तर अहिले पावर टिलरको सहायताले आलु रोप्नेदेखि निकाल्दासम्म सजिलो भएको छ । हप्ता दिनसम्म लाग्ने गरेको काम एक दुई दिनमै सकिन्छ,” उहाँले भन्नुभयो ।

नन्दपुर बहुउद्देश्यीय कृषक समूह मध्यविन्दु–२ को अध्यक्षसमेत रहनुभएका मायारामले प्रविधिको सहायताले नै १५ बिघा जमिनमा सामूहिक आलु खेती गरिएको बताउनुभयो । प्रविधिको सहयोगले गर्दा थोरै जनशक्तिबाट धेरै काम गर्न सकिने भएकाले आर्थिक बचतसमेत भएको किसान मायारामले बताउनुभयो ।

“पहिले हामी आफैँ आलु लगाउने ड्याम बनाउने, गोडमेल गर्ने, आलु निकाल्ने गर्दथ्यौँ, धेरै मान्छे र समय लाग्दथ्यो,” उहाँले भन्नुभयो, “अहिले हाते ट्याक्टरको सहायताले सबै काम गर्दछौँ सहज भएको छ ।”

कृषि प्रविधिले खेती गर्न सहज भएपछि नन्दपुर बहुउद्देश्यीय कृषक समूहले आलु खेतीको क्षेत्रफल पनि विस्तार गरेको छ । सुरुमा दुई बिघा जमिनमा गरिएको आलु खेती अहिले १५ बिघा पु¥याइएको छ भने आगामी वर्ष २० बिघामा गर्ने योजना रहेको मायारामले जानकारी दिनुभयो ।

मध्यविन्दु –२ कै रमेश थनेत थारु पनि पछिल्लो समय प्रविधिका माध्यमबाट खेती गर्दै आउनुभएको छ । लामो समयसम्म कुटो कोदालोको प्रयोग गर्दै आउनुभएका रमेश प्रविधिको माध्यमबाट खेती गर्न सहज भएको बताउनुहुन्छ । सबै काम श्रमबाट मात्र गर्दा समय बढी लाग्ने र मिहिनेत धेरै लाग्ने गरे पनि प्रविधिको सहयोगमा कम समयमै धेरै खेती गर्न सकिने उहाँ बताउनुहुन्छ ।

“धान, तोरी, गहुँ खेतीमा कृषि यन्त्रको प्रयोग गर्ने गरिएको भए पनि आलु खेतीमा सबै काम मान्छेले नै गर्ने गरेका थियौ”, उहाँले भन्नुभयो, “अहिले आलु उत्पादन गर्न धेरै सहज भएको छ, थोरै मान्छेले धेरै खेती गर्न सकेका छौ ।”

मायाराम र रमेशजस्तै पछिल्लो समय जिल्लामा धेरै किसानले कृषि यन्त्र प्रयोग गरेर आलु खेती गर्दै आएका छन् । अन्न वालिमा मात्रै कृषि यन्त्रको प्रयोग हुँदै आएकोमा केही वर्षदेखि तरकारी खेतीमा पनि कृषि यन्त्रको प्रयोग बढेको हो ।

पछिल्लो समय पावर ट्रेलर, ट्याक्टर, मिनी ट्रेलर को सहायताले तरकारी खेती गर्ने गरिएको कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । कृषिमा आधुनिक प्रविधिका औजार भित्रिएसँगै धेरै किसानले सहजरूपमा कृषि उत्पादन गर्ने गरेको तिवारीको भनाइ छ । परम्परागत शैलीमा खेतीपाती गर्ने किसान पछिल्लो समय प्रविधितर्फ आकर्षित भएको उहाँले बताउनुभयो ।

“जिल्लामा पछिल्लो समय तरकारी खेतीका लागि कृषि यन्त्रको प्रयोग बढेको छ । धेरै जसो किसानले कुटो कोदालोको सट्टा हाते ट्याक्टरको प्रयोग गर्दै आएका छन्”, उहाँले भन्नुभयो, “मानवीय श्रमको भरमा खेती गर्दै आएका किसान पछिल्लो समय प्रविधिमा जोडिएसँगै थोरै किसानले धेरै क्षेत्रफलमा खेती गर्न सक्ने भएको देखेका छौँ ।”

कृषि ज्ञान केन्द्रमार्फत कृषकलाई कृषि यन्त्रमा विभिन्न खाले अनुदान दिँदै आएको प्रमुख तिवारीले जानकारी दिनुभयो । परम्परागतरूपमा खेती गर्दै आएका किसानलाई पछिल्लो समय प्रविधिमैत्री बनाउँदै लगेपछि काममा सहजतासँगै उत्पादनसमेतमा राम्रो हुँदै गएको उहाँले बताउनुभयो ।

“पहिले किसान परम्परागत रूपमा धेरै दिन र मेहनत लगाएर खेती गर्ने गरेका थिए, तर अहिले प्रविधिले गर्दा थोरै समयमा धेरै खेती गर्न सफल हुनुभएको छ”, उहाँले भन्नुभयो, “प्रविधिले गर्दा थोरै जनसङ्ख्याबाट पनि धेरै खेती गर्ने र उत्पादन लिन सकिने भएको छ ।”

Previous Post

उपल्लो मुस्ताङको उच्च लेकमा हिमपात

Next Post

जुम्लामा हिमपात र हल्का वर्षा हुँदा किसान खुसी

सम्बन्धित खबर

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
आर्थिक

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

१६ असार २०८३,
कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
फिचर-ब्यानर

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

१६ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

१६ असार २०८३,
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
आर्थिक

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

१६ असार २०८३,
देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल
समाचार

देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

१६ असार २०८३,
सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
समाचार

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

१६ असार २०८३,
Load More
Next Post
जुम्लाको हिमा गाउँपालिका सञ्चार नीति ल्याउँदै

जुम्लामा हिमपात र हल्का वर्षा हुँदा किसान खुसी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In