• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आङ्देम्बेलाई खड्काको बधाई, प्रतिपक्षी भूमिका प्रभावकारी हुने विश्वास

    आङ्देम्बेलाई खड्काको बधाई, प्रतिपक्षी भूमिका प्रभावकारी हुने विश्वास

    खगेन्द्र सुनार र विश्वराजको विवादबारे के भन्छन् रवि ?

    खगेन्द्र सुनार र विश्वराजको विवादबारे के भन्छन् रवि ?

    उपत्यकामा १ हजार ९ सय ६१ घरटहरा भत्काइए

    उपत्यकामा १ हजार ९ सय ६१ घरटहरा भत्काइए

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

    ‘मार्जिन लेन्डिङ’ १ खर्बको थप क्षमता विस्तार गर्न सकिने

    माैसमी सूचनामा चीनकाे लापरवाहीकाे सिकार बन्दैछ नेपाल

    आज र भोलि यी ४ प्रदेशमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आङ्देम्बेलाई खड्काको बधाई, प्रतिपक्षी भूमिका प्रभावकारी हुने विश्वास

    आङ्देम्बेलाई खड्काको बधाई, प्रतिपक्षी भूमिका प्रभावकारी हुने विश्वास

    खगेन्द्र सुनार र विश्वराजको विवादबारे के भन्छन् रवि ?

    खगेन्द्र सुनार र विश्वराजको विवादबारे के भन्छन् रवि ?

    उपत्यकामा १ हजार ९ सय ६१ घरटहरा भत्काइए

    उपत्यकामा १ हजार ९ सय ६१ घरटहरा भत्काइए

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

    ‘मार्जिन लेन्डिङ’ १ खर्बको थप क्षमता विस्तार गर्न सकिने

    माैसमी सूचनामा चीनकाे लापरवाहीकाे सिकार बन्दैछ नेपाल

    आज र भोलि यी ४ प्रदेशमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

संसारकै चाैथाे प्रदूषित सहरको सूचीमा काठमाडौं सहर

by
५ फाल्गुन २०८१,
0
संसारकै चाैथाे प्रदूषित  सहरको सूचीमा काठमाडौं सहर

बल्खु सडकमा उडेको धुलो ।

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : काठमाडौं संसारकै चौथो प्रदूषित सहर भएको छ। आई क्यू एयरको एयर क्वालिटी इन्डेक्स (ए क्यू आई) वायुको गुणस्तर सूचकांकमा काठमाडौं चौथो स्थानमा छ। काठमाडौंमा एक्यू आई १८१ पुगेको छ, जुन अस्वस्थ मानिन्छ।

यस्तैगरी, मानव स्वास्थ्यमा सबैभन्दा बढी असर गर्ने वायुमण्डलमा पाइने प्रदूषणका सूक्ष्म कण अर्थात् फाइन पार्टिकुलेट म्याटर (पिएम २.५) ९८.५ माइक्रो ग्राम प्रतिघनमिटर रहेको छ।

विश्व स्वास्थ्य संगठनले पिएम २.५ को वार्षिक औसत ५ माइक्रो ग्राम प्रतिघन मिटर हुनुपर्ने बताएको छ। पि एम २.५ का कारण वर्षेनी संसार भरमा लाखौँ मानिसको ज्यान जाने गरेको छ। पि एम २.५ सजिलै फोक्सोमा पुग्ने र रक्त प्रवाहमा मिसिन सक्ने भएकाले यसले श्वास प्रश्वास तथा हृदयसम्बन्धी र अन्य विभिन्न दीर्घ रोग उत्पन्न गराउने जानकारहरू बताउँछन्।

वन तथा वातावरण मन्त्रालय, वातावरण विभागका अनुसार वायुको गुणस्तर सूचकाङ्क (एक्यूआई) ०–५० लाई मात्रै राम्रो  मानिन्छ । एक्यूआई ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ।

संसार भरमा सबैभन्दा प्रदूषित सहर भारतको नयाँ दिल्ली बनेको छ। दिल्लीको एक्यूआई १९१ रहेको छ। दिल्लीमा पि एम २.५ को मात्रा ११२ माइक्रो ग्राम प्रतिघनमिटर पुगेको छ।

पाकिस्तानको लाहोर (१८३ एक्यूआई) दोस्रो प्रदूषित सहर बनेको छ भने तेस्रो प्रदूषित सहर इजिप्टको कायरो (१८२ एम्क्यूआई) रहेको छ। पाँचौँ प्रदूषित सहर बंगलादेशको ढाकाको एक्युआई १७२ पुगेको छ।

वायु प्रदूषणको असर

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओका अनुसार संसारका लगभग ९९ प्रतिशत जनसंख्या वायु प्रदूषणको सिकार हुने गरेका छन्। वायु प्रदूषण अल्पायुमै हुने मृत्युको दोस्रो सबैभन्दा ठूलो कारण हो। यसका कारण हरेक वर्ष ७० लाख मानिसको अकालमा ज्यान गुमाउने गरेका डब्ल्यु एच ओको अनुमान छ।

नेपालसहित कैयौँ एसियाली मुलुकमा वायु प्रदूषण एउटा गम्भीर स्वास्थ्य समस्या बनिसकेको छ। मान्छेहरू प्रदूषित हावामा स्वास लिइरहेका छन्।
विभिन्न प्रकारका वस्तुहरू जलाउँदा निस्कने धुवाँले हावालाई सबैभन्दा बढी प्रदूषित गर्ने वातावरणविद्हरू बताउँछन्। कोइला बाल्दा, विद्युत्, सवारीसाधन, प्राकृतिक ग्यास वा डिजेल तथा पेट्रोल जस्ता इन्धनबाट पनि वायु प्रदूषण बढ्ने गर्छ।

इन्धन बाल्दा उत्पन्न हुने पिएम २.५ कण फोक्सोसम्म पुग्ने गर्दछ। यस्तैगरी, कृषिजन्य अवशेषहरू जलाउँदा, यातायात, उत्खनन लगायतका गतिविधिबाट उत्पन्न हुने पिएम १० कणले रुघाखोकी जस्ता स्वास्थ्य समस्या निम्त्याउन सक्छ। वायु प्रदूषणका कारण हुने रोगको सबैभन्दा धेरै भार दक्षिण एसिया र अफ्रिकी देशहरूमा पर्ने गरेको छ।

थोरै समय प्रदूषित हावामा स्वास लिँदा दम हुने, ह्रदयाघातको खतरा धेरै हुन्छ। यस्तैगरी, लामो समय प्रदूषित हावामा स्वास फेर्दा मुटु र फोक्सेसँग सम्बन्धित गम्भीर समस्या हुनसक्ने र ज्यान समेत जानसक्ने चिकित्सकहरूको भनाई छ ।

बालबालिकाका लागि काम गर्ने संगठन युनिसेफका अनुसार, पूर्वी एसिया र प्रशान्त क्षेत्रका देशहरूमा ५० करोडभन्दा बढी बालबालिका प्रदूषित हावामा स्वास फेरिरहेका छन्। यसका अलावा हरेक दिन औसत पाँच वर्षन्दा कम उमेरका १०० बालबालिकाको मृत्यु हुने गरेको छ, जसको सम्बन्ध प्रदूषणबाट हुन्छ।
वायु प्रदूषण भएको बेला घरमै रहने प्रयास गर्न विज्ञ सुझाव दिन्छन्। बाहिर निस्कनु परेमा अनिवार्य रूपमा मास्क लगाउन जरुरी छ।

हिउँदमा किन बढ्छ प्रदूषण?

वायु प्रदूषण धेरै हदसम्म मौसममा पनि भरपर्ने हुन्छ। विज्ञहरूका अनुसार, हरेक वर्ष हिउँदमा कति वर्षा भयो त्यसले समेत वायु प्रदूषण कति हुन्छ? भन्ने कुरामा असर पारिरहेको हुन्छ।

जनवरी र फेब्रुअरीमा प्रदूषण बढी हुने गरेको छ। यसको अर्को कारण तापक्रम न्यून हुनु पनि हो। तापक्रम कम हुँदा जमिन सँगैको हावा फैलिएर धेरै माथि जान सक्दैन, जसले गर्दा जति पनि धुलोका कणहरू उत्सर्जन भएका छन्, ती सबै जमिन नजिक थिग्रिएर बसिरहन्छन्।

वातावरणविद् भूषण तुलाधर सामान्यतया जाडो मौसममा प्रदूषण बढ्ने गरेको भन्दै सुक्खा हुँदा धुलो उड्ने र डढेलोका घटनाले वायु प्रदूषण गराउने बताउँछन्।
‘पानी नपर्दा प्राकृतिक रूपमा फ्लस हुन सकेन,  डढेलोको सम्भावना बढाइदिएको छ, धूलो उडेर हावामा मिसिएको छ’ वातावरणविद तुलाधरले भने।

विज्ञका अनुसार, तापक्रम न्यून हुँदा वायुमण्डलमा विशेष अवस्था सिर्जना हुनसक्छ जसलाई इन्भर्सन इफेक्ट पनि भनिन्छ। इन्भर्सनका समयमा जमिन नजिकै रहेको चिसो हावाको तहलाई तातो हावाको तहले ढाकेर ढकनीको रूपमा काम गरिराखेको हुन्छ, जसले उत्सर्जन भएको प्रदूषण  जमिन नजिकै जम्मा भएर रहन्छ। यसै कारण इन्भर्सनको समयमा वायु प्रदूषण पनि बढी हुन्छ।

Previous Post

परराष्ट्रमन्त्री डा देउवा र जापानी विदेशराज्यमन्त्री भेटवार्ता, विपी राजमार्गको पुनर्निर्माणका लागि आग्रह

Next Post

अर्काले आएर देश बनाइदिँदैन, हामीले नै बनाउनुपर्छ : प्रधानमन्त्री ओली

सम्बन्धित खबर

आङ्देम्बेलाई खड्काको बधाई, प्रतिपक्षी भूमिका प्रभावकारी हुने विश्वास
फिचर-ब्यानर

आङ्देम्बेलाई खड्काको बधाई, प्रतिपक्षी भूमिका प्रभावकारी हुने विश्वास

१५ बैशाख २०८३,
खगेन्द्र सुनार र विश्वराजको विवादबारे के भन्छन् रवि ?
फिचर-ब्यानर

खगेन्द्र सुनार र विश्वराजको विवादबारे के भन्छन् रवि ?

१५ बैशाख २०८३,
उपत्यकामा १ हजार ९ सय ६१ घरटहरा भत्काइए
फिचर-ब्यानर

उपत्यकामा १ हजार ९ सय ६१ घरटहरा भत्काइए

१५ बैशाख २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

१५ बैशाख २०८३,
बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
फिचर-ब्यानर

‘मार्जिन लेन्डिङ’ १ खर्बको थप क्षमता विस्तार गर्न सकिने

१५ बैशाख २०८३,
माैसमी सूचनामा चीनकाे लापरवाहीकाे सिकार बन्दैछ नेपाल
फिचर-ब्यानर

आज र भोलि यी ४ प्रदेशमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

१५ बैशाख २०८३,
Load More
Next Post
अर्काले आएर देश बनाइदिँदैन, हामीले नै बनाउनुपर्छ : प्रधानमन्त्री ओली

अर्काले आएर देश बनाइदिँदैन, हामीले नै बनाउनुपर्छ : प्रधानमन्त्री ओली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In