• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

अब सार्वजनिक कार्यक्रममा बेलुन विस्फोटक बस्तुमा रोक लगाउने नीति ल्याउन आवश्यक

by
४ फाल्गुन २०८१,
0
अब सार्वजनिक कार्यक्रममा बेलुन विस्फोटक बस्तुमा रोक लगाउने नीति ल्याउन आवश्यक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सार्वजनिक कार्यक्रमहरूमा विस्फोटक पदार्थको प्रयोगलाई रोक लगाउन आवश्यक देखिएको छ । पछिल्लो समय शताब्दी परिवर्तन भएसँगै सार्वजनिक कार्यक्रमहरूमा भीडभाड बढ्दो छ। ठूला सभा, उत्सव, विवाह, व्रतबन्ध, जन्मोत्सव, दशैं÷तिहार, छठ जस्ता चाडपर्व तथा अन्य सामूहिक कार्यक्रमहरूमा बेलुन, पटाका, वारुद, र विभिन्न केमिकल मिश्रित विस्फोटक पदार्थहरूको व्यापक प्रयोग भइरहेको छ।

माहोललाई थप आकर्षक बनाउन यस्ता वस्तुहरू प्रयोग गरिए पनि, तिनीहरूबाट हुने सम्भावित दुर्घटनाको जोखिम अधिक रुपमा बढ्दै गएको छ। हेर्दा सामान्य जस्ता लाग्ने वस्तुहरु विष्फोटन हुँदा धेरै धनजन र भौतिक तथा अभौतिक क्षेती भएका समाचारहरु संञ्चारमाध्यमहरु सार्वजनिक भइरहेका छन् । क्षनिक रमाउनका लागि यस्ता बस्तुहरुको प्रयोगले जनताको सुरक्षामा गम्भीर खतराहरू सिर्जना नगर्ला भन्न सकिन्न । भीडभाड भएका स्थानहरूमा विस्फोटक पदार्थको प्रयोगले दुर्घटना, आतंकवाद, तथा अन्य हिंसात्मक गतिविधिलाई प्रोत्साहन गर्न सक्छ।

अब सरकारले यस्ता वस्तुहरुको प्रयोगलाई राम्ररी अनुसन्धान गरेर रोक लगाउने नीति ल्याउन आवश्यक छ । सरकारले सुरक्षा निकायको सशक्तीकरण पुलिस, सेना, र अन्य सुरक्षा निकायलाई सार्वजनिक कार्यक्रमहरूको निगरानी र अनुसन्धान गर्न आवश्यक उपकरण तथा कानूनी अधिकार प्रदान गर्दै जनचेतना अभिवृद्धिको अभियान संचालन समेत गर्न आवश्यक छ । सो विषयमा नागरिकहरु स्वयं सतर्क रहनु सुरक्षाका दृष्टिकोणबाट राम्रो मानिन्छ ।

सार्वजनिक कार्यक्रममा कुनै पनि प्रकारका विस्फोटक पदार्थलाई प्रयोग गर्नु हुँदैन्। प्रविधिको प्रयोग गरेर सार्वजनिक कार्यक्रमलाई सुरक्षित बनाउन मेटल डिटेक्टर, ड्रोन निगरानी जस्ता प्रविधिहरू प्रयोगले सुरक्षा व्यवस्थालाई बलियो बनाउन थप सहयोग पु¥याउँछ । सरकार, सुरक्षा निकाय, तथा नागरिक समाज मिलेर कार्य गरेमा सार्वजनिक कार्यक्रममा विस्फोटक पदार्थको प्रयोगलाई पूर्ण रूपमा रोक्न सकिन्छ।

सार्वजनिक कार्यक्रममा सुरक्षा चुनौती बढेको छ । शनिबार माघ (३) गत्ते पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य गम्भिर घाइते भए अहिले उनीहरुको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्यवस्था बुझ्न राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुरस्थित बर्न अस्पताल भेट गरेका छन् । राष्ट्रपति पौडेल अर्थमन्त्री पौडेल मेयरलाई भेटन सो अस्पताल पुगेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

शनिबार पोखरामा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किँदा आगोको लप्काले जलेर अर्थमन्त्री पौडेर र मेयर आचार्य घाइते भएका थिए । दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको थियो । दुवै जनाको सघन उपचार कक्ष (आइसीयू) मा राखेर उपचार भइरहेको छ । हाल सघन उपचार कक्षमा उपचार जारी छ र हिजोभन्दा आज स्वास्थ्यमा सुधार आएको छ। घाउको ड्रेसिङ गरिए पनि अवस्था नियमित अद्यावधिक हुने जनाइएको छ। संक्रमणको जोखिमलाई ध्यानमा राख्दै अस्पतालले पूर्ण रूपमा भेटघाट बन्द गरेको छ।

उपचारमा प्रा. डा. प्रवीण गिरीको नेतृत्वमा सघन उपचार कक्षको टोली सक्रिय छ। यस्तै, प्रा। डा। शंकरमान राई, डा. विशाल कार्की, डा. मनिष यादव लगायतका जलन विशेषज्ञहरूको टोली, आकस्मिक उपचारका लागि डा. प्रयुस अर्याल र रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायत नर्सिङ टोली पनि संलग्न छन्। घटनापछिको उपचारमा सबै स्वास्थ्यकर्मीहरू निरन्तर खटिएका छन् र दुवै घाइतेको अवस्था सुधार हुँदै गएको अस्पतालले पुष्टि गरेको छ।

सोही घटनाको विषयमा घाइते अर्थमन्त्री पौडेल र मेयरको स्वास्थ्य लाभको कामना गर्दै आइतबार प्रतिनिधि सभाको बैठकमा बेलुन विस्फोटनबाट घाइते भएको घटनाले सुरक्षा मापदण्डमा गम्भिर प्रश्न खडा गरेको बताएका छन् । सांसद तथा मन्त्रीहरुले यद्यपि बेलुन विस्फोट सामान्य घटना जस्तो देखिए पनि, उच्च पदस्थ नेताहरूको सुरक्षामा यस्तो असावधानीले ठूलै दुर्घटनाको संकेत गरेको भन्दै कुनै पनि सार्वजनिक ठूला कार्यक्रमहरुमा त्यस्ता बस्तुको नियमन र सुरक्षाको विषयमा ध्यान पु¥याउन समेत उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

त्यस्ता विष्फोटक बस्तुको प्रयोगले नेपाल मात्रै नभई विश्वभर सार्वजनिक समारोहहरूमा सुरक्षा व्यवस्थालाई पुनरावलोकन गर्नुपर्ने आवश्यकतारहेको महशुस गराएको छ । सार्वजनिक समारोहहरू राजनीतिक, सामाजिक, वा सांस्कृतिक रूपमा महत्त्वपूर्ण हुन्छन्, त्यस्ता सभा तथा कार्यक्रममा असुरक्षा पैदा गर्ने बस्तुलाई सरकारले रोक लगाउनु नै उत्तम सुरक्षाको उपाय हो । बेलुन विस्फोट जस्तो सामान्य लाग्ने घटनाले पनि ठूलै दुर्घटनाको संकेत दिइरहेको छ । यसलाई सरकार र सम्बन्धित निकायले ध्यानपूर्ण बहस र छलफलको माध्यमबाट नियमन र रोक लगाउने विषयमा ठोस निर्णय निकाल्नु जरुरी छ ।

Previous Post

सुनको मूल्य तोलामै २७ सय घट्यो, कतिमा हुँदेछ कारोबार ?

Next Post

१२ दिनमा १३ लाख किशोरीले लगाए एचपिभी खोप

सम्बन्धित खबर

यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान
आर्थिक

टरिगाउँ विमानस्थलका लागि २५ करोड

११ असार २०८३,
मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह
आर्थिक

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

११ असार २०८३,
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

११ असार २०८३,
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ
समाचार

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
फिचर-ब्यानर

भेनेजुएलामा शक्तिशाली भूकम्प

११ असार २०८३,
Load More
Next Post
१२ दिनमा १३ लाख किशोरीले लगाए एचपिभी खोप

१२ दिनमा १३ लाख किशोरीले लगाए एचपिभी खोप

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In