– कब्जियत, एसिडिटी तथा असन्तुलित भोक मैदाले जन्माउने मुख्य समस्या हुन् ।
– प्रशोधित मैदाको चौतर्फी प्रयोगको परिणामस्वरुप फैलिएका रोगहरु हुन्— मधुमेह, फ्याटी लिभर, मोटो हुने रोग, उच्च रक्तचाप, मुटुजन्य समस्याहरु, क्यान्सरजन्य रोग इत्यादि ।
– ब्यापक रुपमा बढ्दो एउटा पीडादायी रोग ठूलो आन्द्राको क्यान्सर पनि हो । यस रोगबाट विश्वमा बर्सेनी साठी लाख व्यक्तिको मृत्यु हुने गर्छ । यो समस्या यसरी आकाशिनुको प्रमुख कारण पिज्जा, बर्गर, पाउरोटी, केक, हटडग्स, बिस्कुट र कुकिजजस्ता प्रचलित वस्तुहरुको रुपमा प्रशोधित मैदाको अन्धाधुन्ध प्रयोग हो ।
– विकसित समाज र सम्पन्न घरानाका माझमा बढ्दै गएको मोटो हुने र भद्दापनाको रोगको सबभन्दा अकाट्य कारण यही मैदा संस्कृति हो ।
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट











