श्रीमान र श्रीमतीबीच झगडा भएपछि श्रीमतीले पसलबाट विष किनेर ल्याई र श्रीमानको अगाडिमा नै खाई । तर श्रीमती मर्नुको सट्टा बिरामि मात्र भई । यो देखेर श्रीमानले रिसाउँदै भन्यो—
हजार पटक भनिसकेँ सामान किन्दा राम्रोसँग काम गर्छ कि गर्दैन विचार गरेर मात्र किन भनेर, पैसा पनि गयो काम पनि भएन ।..ह….हा…..ह……ह…..
हनुमानको गुनासो
हनुमानजीले भगवान् शिवसँग गुनासो गर्दै थिए, प्रभु अबदेखि म धर्तीमा रहन सक्दिनँ ।
शिवजीः किन ?
हनुमानः पहिला भक्तहरु साष्टाङ्ग दण्डवत गर्थे । अलिपछि आधा मात्र झुकेर नमस्कार गर्न थाले । तै पनि खुशी नै थिएँ । तर अब त घोर कलियुग आएछ । आज मन्दिरमा एउटी केटी आई र भनी— ‘हेलो हनु । के छ ? किन मुख फुलाएर बसेको ?’
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट













