• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युएसएडले विश्वव्यापी कर्मचारीहरूलाई बिदामा राख्यो

by
२४ माघ २०८१,
0
युएसएडले विश्वव्यापी कर्मचारीहरूलाई बिदामा राख्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वासिङ्टन । अमेरिकी सरकारको विशाल मानवीय निकाय युएसएआइडी (युएसएड) ले मङ्गलबार आफ्ना विदेशी पोस्टिङबाट कर्मचारीहरूलाई फिर्ता बोलाउने क्रममा अमेरिका र विश्वभरका आफ्ना कर्मचारीहरूलाई प्रशासनिक बिदामा राख्ने घोषणा गरेको छ ।

निकायले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा कर्मचारी बिदा फेब्रुअरी ७ को मध्यरातअघि सुरु हुने जनाएको छ । निकायको वेबसाइट सप्ताहन्तमा बन्द भएपछि मङ्गलबार पुनः देखापरेको थियो ।

प्रशासनिक बिदाले ‘मिसन–क्रिटिकल कार्यहरू, मुख्य नेतृत्व र विशेष रूपमा तोकिएका कार्यक्रमहरूका लागि जिम्मेवार तोकिएका कर्मचारीहरू बाहेक… सबै युएसएड प्रत्यक्ष नियुक्त कर्मचारीहरूलाई’ प्रभावित गर्नेछ ।

“तपाईंलाई सेवाका लागि धन्यवाद”, विज्ञप्तिमा उल्लेख छ ।

यो कदम ट्रम्प र उहाँका अर्बपति सहयोगी एलन मस्कको अमेरिकी सरकारलाई सङ्कुचित गर्ने आमूल अभियानको एक हिस्सा हो । यसले वासिङ्टनलाई स्तब्ध पारेको छ र डेमोक्रेट तथा मानव अधिकार समुदायबाट आक्रोशपूर्ण विरोध निम्त्याएको छ ।

अमेरिकी विदेश नीतिको सहायता शाखा युएसएडले विश्वका सबैभन्दा गरीब क्षेत्रहरू सहित लगभग १२० देशमा स्वास्थ्य र आपत्कालीन कार्यक्रमहरूलाई आर्थिक सहयोग गर्दछ ।

मस्कको व्यापक व्यापारिक चासो रहेको चीन लगायत प्रतिद्वन्द्वीहरूसँगको प्रभावका लागि सङ्घर्षमा यसलाई संयुक्त राज्य अमेरिकाका लागि सफ्ट पावरको महत्त्वपूर्ण स्रोतका रूपमा हेरिन्छ ।

मस्कले युएसएडलाई ‘अमेरिकालाई घृणा गर्ने चरम–वामपन्थी माक्र्सवादीहरूको सर्पको गुँड’ भन्नुभएको छ र यसलाई बन्द गर्ने प्रतिज्ञा गर्नुभएको छ ।

मस्कले प्रमाणित नगर्नुभएका अन्य आलोचनामध्ये उहाँले युएसएडले ‘दुष्ट सिआइए काम’ गर्छ र यहाँसम्म कि ‘जैविक हतियार अनुसन्धान, लाखौँ मानिसको ज्यान लिएको कोभिड–१९ सहितलाई कोष प्रदान गर्दछ’ भनी दाबी गर्नुभएको छ ।

स्पेसएक्स र टेस्लाका सिइओ मस्कले राष्ट्रपतिसँगको अभूतपूर्व कदमलाई व्यक्तिगत रूपमा स्वीकृति दिएको बताउनुभयो । मस्कको अमेरिकी सरकारसँग ठूलो सम्झौता छ र उहाँ ट्रम्पको अभियानका सबैभन्दा ठूला वित्तीय समर्थक हुनुहुन्छ ।

युएसएडमाथि भएको आक्रमण संयुक्त राज्य अमेरिकाले अमेरिकीहरूलाई बेवास्ता गर्दै विदेशीहरूमा पैसा बर्बाद गर्दछ भन्ने रिपब्लिकन पार्टीको कट्टर रूढीवादी र स्वतन्त्रतावादी शाखाहरूमा लामो समयदेखि चलिरहेको कथाको सन्दर्भमा आएको छ ।

युएसएडले आफूलाई ‘हाम्रो सुरक्षा र समृद्धिलाई अघि बढाउँदै चरम गरिबी अन्त्य गर्न र लचिलो, प्रजातान्त्रिक समाजहरूको प्रवद्र्धन गर्न’ काम गर्ने संस्थाको रूपमा वर्णन गर्दछ ।

डाटा उपलब्ध भएको सबैभन्दा हालैको वर्षका रूपमा रहेको सन् २०२३ सम्म कंग्रेसनल रिसर्च सर्भिस अनुसार युएसएडबाट सहायता प्राप्त गर्ने शीर्ष तीन देशहरू युक्रेन, इथियोपिया र जोर्डन थिए ।

सहायताका अन्य शीर्ष प्राप्तकर्ताहरूमा कङ्गो लोकतान्त्रिक गणतन्त्र, अफगानिस्तान, दक्षिण सुडान र सिरिया समावेश छन् ।

युएसएडको युक्रेनका लागि कोषको मात्रा उल्लेखनीय छ । अमेरिकी सरकारी तथ्याङ्कअनुसार युद्धग्रस्त युरोपेली देश युक्रेनले १६ अर्ब डलरभन्दा बढीको समष्टिगत आर्थिक सहयोग प्राप्त गरेको छ ।

सन् १९६१ मा स्थापित यस निकायको ४० अर्ब डलरभन्दा बढीको बजेट अमेरिकी सरकारको लगभग ७० खर्ब डलरको कूल वार्षिक खर्चमा सानो अंश मात्र हो ।

आर्थिक सहयोग तथा विकास सङ्गठन (ओइसिडी) का अनुसार संयुक्त राज्य अमेरिका विश्वको सबैभन्दा ठूलो आधिकारिक विकास सहायता प्रदायक हो ।

Previous Post

पोखरा महानगरले जफत गर्‍यो वरपीपलका दाउरा, कोटी होम गर्न नदिने

Next Post

लामिछानेसहितको मुद्दामा दोस्रो दिनको बहस सुरु

सम्बन्धित खबर

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
Load More
Next Post
न्यायालयप्रति विश्वास छ : रवि लामिछाने

लामिछानेसहितको मुद्दामा दोस्रो दिनको बहस सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In