• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

    पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

    ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बडहरे स्थित सिद्ध गणेशको शिला बर्सेनि बढिरहेको जनविश्वास

by
२१ माघ २०८१,
0
बडहरे स्थित सिद्ध गणेशको शिला बर्सेनि बढिरहेको जनविश्वास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी । पोखरा महानगरपालिका–३२ बडहरे स्थित सिद्ध गणेशको शिला मूर्ति बर्सेनि बढ्दै गएको छ । करिब एक सय वर्षअघि जोत्ने क्रममा उक्त शिला फेला परेको थियो ।

किंबदन्तीअनुुसार जोत्ने क्रममा हलोको फालीले उक्त शिलाको केही भाग चोइटिएर फुटेको स्थानीय बताउँछन् ।

जोत्न प्रयोग गरिएका हलगोरु मरेपछि सोबारे खोजी गर्दा उक्त शिला गणेशको मूर्ति फेला परेपछि हाल मन्दिर भएको ठाउँमा राखिएको स्थानीयवासी बताउँछन् । फाली लागेर चोइटिएको भाग अहिले पनि प्रत्यक्ष देख्न सकिन्छ ।

सुरुमा एक बित्ता लम्बाइको उक्त शिला बर्सेनि बढ्दै गएर अहिले झण्डै एक हात भन्दामाथि पुगिसकेको हाल मन्दिरमा नियमित पूजा गर्दै आएकी देवी पराजुलीले जानकारी दिइन् ।

सुरुमा उक्त स्थानमा सामान्य ढुङ्गाले बारबेर गरी छपनीले छोपेर राखिएको सिद्ध गणेशको मूर्ति पछि व्यवस्थित मन्दिरका रूपमा व्यवस्थित गरिएको उनले बताइन् । त्यसयता अत्यन्त आस्था एवं विश्वासका साथ यहाँ पूजाआजा हुँदै आएको छ ।

यहाँ स्थित सिद्ध गणेशको शिला रहस्यात्मक रूपमा बढिइरहेको प्रत्यक्ष अनुभव गरेको ८५ वर्षीय काशीनाथ पण्डितले बताए । ‘म सानोमा मामाघर जाने क्रममा उक्त मन्दिर भएर धेरै पटक ओहोरदोहोर गरेको छु’, उनले बाल्यकालको अनुभव सुनाउँदै भने, ‘पाँच/छ वर्षको उमेरमा मैले देखेको गणेश शिला अहिले धेरै ठूलो भएका अनुभव छ ।’

अहिलेको व्यवस्थित मन्दिर बनाउने क्रममा उक्त शिलाको केही भाग ढलानबाटसमेत पुरिएको जानकारी दिँदै उनले ढलानमाथि करिब एक हात लम्बाइमा शिला रहेको बताए ।

बडहरेबाट बढ्दो बसाइँसराइका कारण रहस्यात्मक यस तीर्थस्थलको प्रचारप्रसार हुन नसकेको उल्लेख गर्दै पण्डितले यो तीर्थस्थल प्रवद्र्धनको पर्खाइमा रहेको बताए । यस मन्दिर परिसरमा २०१८ सालमा धनधान्याञ्चल पर्व गरिएको उनले उल्लेख गरे ।

पछिल्लो पुस्ताका मानिसले पनि उक्त शिला बढिइरहेको अनुभव गरिरहेको बताउँछन् । शिलाको आकार बढ्दै गएको प्रत्यक्ष अनुभव गरेको विनिता पण्डित घिमिरेले बताइन् ।

आफूले बाल्यकालमा सानो आकारमा देखेको शिला मूर्ति अहिले धेरै ठूलो भइसकेको उनको अनुभव छ । उनले भनिन्, ‘हामीले यस शिलालाई प्रत्यक्ष भगवानका स्वरूपमा पूजाआजा गर्दै आएका छौँ ।’

पहिला वरिपरि सामान्य ढुङ्गा लगाएर घेरिनुका साथै माथि ढुङ्गाले छाइएको यस मन्दिरलाई पछिल्ला १० वर्षयता व्यवस्थित गरिएको घिमिरेले जानकारी दिइन् । यहाँ दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासका साथ बडहरे र आसपासका सर्वसाधारणले श्रद्धाभक्तिपूर्वक पूजाआजा गर्ने गरेका उनले सुनाइन् ।

घिमिरेका अनुसार विशेष गरी हरितालिका तीज पछिको चौँथीका दिनमा गणेश भगवान्को जन्मदिनका रूपमा मानिएको गणेश चतुर्थीमा यहाँ धुमधामसँग पूजाआजा हुने गरेको छ ।

उनले राजमार्गबाट नजिकै रहेर पनि यो तीर्थस्थल प्रचारप्रसारको अभाव हुँदा ओझेलमा परिरहेको बताइन् ।

पृथ्वीराजमार्गअन्तर्गत गगनगौंँडा क्षेत्रबाट सवारीसाधनमा करिब २५ मिनेटको यात्रा गरेपछि यो मन्दिर पुग्न सकिन्छ ।

गगन गौँडाबाट राजाको चौतारा पुगी त्यहाँबाट ताल खोलाको पुल तरेपछि मणि हुँदै बडहरेको सिद्धि गणेश मन्दिर पुग्न सकिने स्थानीय घिमिरेले जानकारी दिइन् ।

करिब तीन दशक अघिसम्म बाक्लो बस्ती रहेको बडहरेमा त्यसयता भने बढ्दो बसाइँसराइले बस्ती शून्य हुँदै गएको उनले बताइन् ।

उत्तरतर्फ सुन्दर हिमालको दृश्यसँगै अगाडि देखिने मनोरम तालतलैया एवं पोखरा उपत्यका अवलोकन गर्न सकिने यो ठाउँ बढ्दो बसाइँसराइले प्रत्यक्ष प्रभावित बनेको उनले बताइन् ।

बाटो, यातायातलगायत सुविधा गाउँमा पुगिसकेका अवस्थामा यहाँको प्रचारप्रसार गरी धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिइन् ।

Previous Post

अमेरिकालाई खनिज र ऊर्जा उत्पादन निर्यातमा प्रतिवन्ध लगाउने क्यानडाको चेतावनी

Next Post

गण्डकीमा चार अर्बभन्दा बढीको सुन्तला उत्पादन

सम्बन्धित खबर

पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
आवाज

पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

१३ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

१३ असार २०८३,
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
आवाज

रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

१३ असार २०८३,
लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा
आवाज

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

१३ असार २०८३,
अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती
आवाज

अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

१३ असार २०८३,
कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु
समाचार

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

१३ असार २०८३,
Load More
Next Post
म्याग्दीमा साढे ३३ करोडको सुन्तला बिक्री

गण्डकीमा चार अर्बभन्दा बढीको सुन्तला उत्पादन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In