• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जुनेलो, फापर, गहत फलाउने किसान भएनन्

by
२० माघ २०८१,
0
जुनेलो, फापर, गहत फलाउने किसान भएनन्

लोपन्मुख मिठे फापर खेती मुगु, २५ कात्तिकः छायानाथ रारा नगरपालिका– ७ टोप्ला गाउँका प्रभुजङ्ग शाहीले आफ्नो गरामा लगाएको मिठे फापर खेती । तिते फाफरको बजार राम्रो भए पनि प्रचार, उपयोगिता र बजारीकरणबारे जानकारी नहुँदा मिठे फापर भने लोपन्मुख अवस्थामा छ । तस्बिरः नृपेन्द्रबहादुर मल्ल÷रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गाईघाट । जिल्लाको पहाडी क्षेत्रमा लामो समयदेखि परम्परागत रूपमा उत्पादन हुँदै आएका फापर, जुनेलो, गहतलगायत अन्नबाली हिजोआज खेती हुन छाडेको छ ।

ताप्ली, उदयपुरगढी, रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा परम्परागत रूपमा खेती हुँदै आएको फापर, जुनेलो, गहत जस्ता अन्नबाली लगाउने किसानको कमी हुन थालेपछि लोप हुने अवस्थामा पुगेको हो ।

रौतामाई गाउँपालिका–५ रामेटारका किसान पदमबहादुर मगरले २० वर्ष अगाडिसम्म गाउँमा गहत, जुनेलोको प्रशस्त उत्पादन हुने बताउँदै पछिल्लो समय खेती गर्नेको सङ्ख्यामा कमी आएपछि उत्पादन पनि नभएको उल्लेख गरे । पछिल्लो समय बजारसमेत पाउन टाडेको उनको भनाइ छ ।

रौतामाई–४ का किसान नेत्रप्रसाद खत्रीले भने, ‘करिब १५–२० वर्ष अघिसम्म गाउँघरमा जुनेलो प्रशस्त उत्पादन गरेर बिक्री गर्दथ्यौँ । हिजोआज यसको खेती हुन छाडेपछि खान मन लागेमा अन्यत्र गएर किनेर ल्याउन बाध्य भएका छौँं ।’

उदयपुरगढी गाउँपालिका–४ डुम्रेका किसान बहादुर घले मगरले परम्परागत अन्नबाली गाउँघरबाट लोप हुँदै गएकामा चिन्ता व्यक्त गर्दै भने, ‘विगतमा आफूहरूले घरबारीमा गहत, पाखाबारीमा चारैतिर जुनेलो खेती गर्दथ्यौँ । अहिले सबै युवा शिक्षा, रोजगारीलगायत कारणले गाउँ छाडेर सहर तथा विदेश जान थालेपछि गाउँमा कसले खेती गर्ने ? जग्गा सबै बाँझै रहन थाल्यो, काम गर्ने जाँगरिला युवा गाउँघरमा बस्दैनन् ।’

गाउँघरमा परम्परागत खेतीमा सक्रिय व्यक्ति वृद्ध हुनु, युवा कृषि पेसामा आबद्ध नहुनु तथा विदेश वा सहर जानुलगायत कारणले खेती बाँझो हुन थालेको ताप्ली गाउँपालिका–४ का बर्जबहादुर राईले बताए । खेती गर्ने युवा जनशक्तिको अभावमा हिजोआज जुनेलो, फापर, गहत जस्ता अन्नबाली उत्पादन हुने छोडेको उनले उल्लेख गरे ।

राईले भने, ‘करिब २० वर्ष अगाडिसम्म यहाँका पाखाबारीमा जुनेलो खेती बढी हुने भएकाले गाउँ नै जुनेलो मय हुन्थ्यो । हिजोआज यसको खेती गर्ने बुढाबुढी अशक्त भए, कोही बितेर गए, युवाहरू जिल्ला बाहिर र विदेश जान थाले, गाउँ रित्तो हुँदै गयो ।’

जिल्लाको पहाडी क्षेत्रका अधिकांश डाँडापाखा, बारीहरूमा विगतमा प्रशस्त जुनेलो उत्पादन हुने गरे पनि हिजोआज जनशक्ति नहुँदा यसको खेती हुन छाडेको यहाँका कृषक बताउँछन् ।
विगतमा गाउँको पाखा तथा सुख्खाबारीमा अनिवार्य गहत तथा जुनेलोको उत्पादन गरिनेमा पछिल्लो समय युवाले खेतीप्रति चासो नदिनु र गाउँघरबाट युवा अन्यत्र पलाएन हुनुलगायत कारणले परम्परागत बाली लोप हुँदै गएका रौतामाई गाउँपालिकाका पूर्व अध्यक्ष गजेन्द्र खड्काले बताए ।

उनका अनुसार जुनेलो रौताको सल्ले, हात्तीपाइले र पोखरे क्षेत्रमा अझै पनि केही कृषकले उत्पादन गरिरहेका छन् । फापर र गहत भने लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ ।

उदयपुरगढी गाउँपालिका दनुवार बेँसीका कृषक रितबहादुर तामाङले विगतमा गाउँघरमा फापर, जुनेलो उत्पादन गरेर अन्यत्र बिक्री गर्ने गरिएकामा हिजोआज खेती हुन छाडेपछि आफैँलाई खान पनि खोजेर ल्याउनुपर्ने अवस्था आएको बताए ।

जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी अनु बिसीले विगतमा जिल्लाको पहाडी क्षेत्रका गाउँघरमा उत्पादन हुने फापर, जुनेलो, गहत प्रशस्त उत्पादन हुने गरेकामा पछिल्लो समय र किसानले खेती गर्न छाडेका बताए ।

प्रत्येक वर्ष जिल्लाको पहाडी क्षेत्रमा अन्नबाली कोदोबाहेक अन्य परम्परागत बालीहरूको उत्पादन घट्दै गएको उनले जानकारी दिए ।

Previous Post

ट्रम्पको निर्णयप्रति चीन रुष्ट, व्यापार युद्धमा कसैको जित नहुने

Next Post

बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए

बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In