• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

    ‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

    ‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

के हो पप आर्ट ? कसरी शुरु भयो ?

by
१९ माघ २०८१,
0
के हो पप आर्ट ? कसरी शुरु भयो ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– सन् १९५० मा पप आर्ट बेलायत र संयुक्त राज्य अमेरिकामा एक कला आन्दोलनका रुपमा देखा परेको थियो । शुरुवातमा यसको कुनै विशिष्ट शैली वा मनोवृत्ति थिएन ।

दोस्रो विश्व युद्धपछिको यसलाई वस्तु सञ्चालित मूल्यहरूको विविध प्रतिक्रियाको रूपमा परिभाषित गरिएको थियो । यसका विषयवस्तुहरुमा सामान्य वस्तुहरू जस्तैः कमिक स्ट्रिप, सूप क्यान, सडक र चिह्नहरूमा नै थिए । पप कल्चरबाट नै लोकप्रिय यो कला विज्ञापन, मनोरञ्जन पुस्तक, ठूला उत्पादित वस्तुहरु जस्ता व्यावसायिक प्रविधिहरू प्रयोग गरिएको थियो ।

पप आर्टमा विशेषत बोल्ड रङ र दैनिकी विषयसँगै हास्यरस समेत यसमा अभिव्यक्त हुन्छन् । सांस्कृतिक सन्दर्भहरू, सेलिब्रेटी इमेज वा काल्पनिक दृश्यहरु यसका मुख्य विशेषताहरू हुन् । जसमा प्राविधिक दृश्यका साथै टेक्सहरु समेत चित्रण हुन्छन् । यो कला विधा केवल भिजुअल आर्टका रुपमा सीमित छैन ।

यसमा मुख्य गरी राता, पहेँला र नीला रङहरुको प्रयोग गरिएको पाइन्छ भने यी तीनै रङहरुको संयोजन समेत गरिन्छ । यी रंगहरूले उद्देश्य जनसञ्चारका रुपमा उपभोक्तावादी संस्कृति र यसको प्रकृतिलाई अँगाल्नु नै हो । यी रङहरु बनेका कलाकृतिहरूले ऊर्जा र आधुनिकताप्रति इंगित समेत गर्छन् ।

पप आर्टले विज्ञापन र समाचार जस्ता माध्यममा दृश्य समावेश गरेर चित्रकला सिर्जनाको परम्परालाई चुनौती खडा गरेको थियो । जसमा विभिन्न दृश्य तथा सामग्री जोडेर कला बुझाउने भन्दा पनि मनोवृत्तिलाई बढी ध्यानमा राखिन्छ ।

कला विज्ञहरु पप आर्टलाई सन् १९६०को दशकसँग जोडिएको सांस्कृतिक आन्दोलनका रुपमा समेत लिन्छन् । जसमा चित्रकला, मूर्तिकला, डिजाइन, वास्तुकला र कमिक्स पनि मिश्रित भएर आएका छन् । यसको पृष्ठभूमिमा पश्चिमी संसारमा तत्कालीन उपभोक्तावादी समाजको जग जोडिएको छ ।

रिचर्ड ह्यामिल्टन वा एडुआर्डो पाओलोजीको नेतृत्वमा इङ्गल्याण्डमा सन् १९५० को दशक मध्यतिर यसको जग बनिसकेको थियो भने यही दशकको अन्त्यतिर अमेरिकामा देखा परेको थियो । सन् १९५७ मा रिचर्डले यसको शैली र प्रकृतिको वर्णन गर्दै यसलाई ग्लामरस, यौन, व्यापार, लोकप्रिय, क्षणिक, खर्च योग्य, कम लागत, ठूलो उत्पादन, युवाका लागि मनोरञ्जनका रुपमा परिभाषित गरेका थिए ।

जे होस पप आर्टले १९५० र ६० को दशकको युद्धपछिको अवधिमा उपभोक्तावादमा आशाको भावना जगाउने काम गर्‍यो । यसले विशेषत: कला सङ्गीतप्रति चाख राख्ने युवा वर्गमा प्रभाव छोड्यो । तत्कालीन समयमा यसले अमूर्त कलाकै जसरी युवा मनको भावनालाई सम्बोधन गर्ने काम गरेको थियो । जसमा युवाका चाहना र प्रभावशाली विचारहरु अभिव्यक्त भएका थिए ।

पप आर्टको उद्देश्य नै कलामा कुलीन संस्कृतिको विपरित लोकप्रिय छविहरू स्थापित गर्नु थियो । विभिन्न उत्पादनहरुको विज्ञापन गर्ने, लेबलिङ र लोगो, टि–शर्ट, मग प्रिन्ट, पोस्टरहरूसम्ममा विश्वभर पप आर्ट फिँजिएको छ ।

कलाकार एन्डी वारहोलालाई पप आर्टका पिताका रुपमा लिइन्छ । अगस्ट ६, १९२८मा पेन्सिलभेनिया, पिट्सबर्गमा जन्मिएका एन्डी ग्राफिक कामको लागि लोकप्रिय थिए । उनी लेखक, निर्देशक र सङ्गीत प्रोडुसरका रूपमा सक्रिय थिए ।

त्यही समयमा उनले न्यूयोर्कस्थित आफ्नो स्टुडियोमा कलासम्बन्धी थुप्रै सिर्जनाहरु गर्दै सांस्कृतिक साँझहरू समेत आयोजना गरे । यसले पप आर्ट जागरणका लागि बलियो आधार स्तम्भ खडा गर्‍यो । एन्डीले १९४५ देखि १९५५सम्म कला क्षेत्रमा निरन्तर अथक प्रयास जारी राखे ।

उनको जन्म श्रमिक वर्गमै भएको थियो । १९३३ देखि स्कूले जीवन शुरुवात गरेका उनी विद्यार्थीकालमा नै सङ्गीत र नृत्यतर्फ आकर्षित भएका थिए । आमासँग उनी रेडियो सुन्ने र फिल्म समेत हेर्थे । १९४०को दशकको अन्त्यमा पिट्सबर्गको हाई स्कूलमा स्नातक गरेका उनले त्यतिबेला देखि नै स्ट्याम्प प्रविधिमा रेखाचित्रको विकास गरेका थिए ।

उनले ग्लामर पत्रिकाको लागि विज्ञापन डिजाइनरको रूपमा जागिरे जीवन शुरु गरेका थिए । १९५२ गरिएको पहिलो प्रदर्शनीमा एन्डीले आफूलाई एक विज्ञापन डिजाइनर र उदीयमान कलात्मक आन्दोलनका एक हिस्साका रुपमा चिनारी दिए ।

१९५० को दशक मध्यतिरदेखि पप आर्टले आफ्नो पहिचान देखाउँदै गर्दा १९६०को दशकपछि भने यसले आम मानिसको जमातमा बेग्लै पहिचान बोकेर आयो । जुन पहिचान स्थापित गर्न एन्डीको कला सिर्जनाले महत्वपूर्ण भूमिका खेल्यो ।

विशेषगरी उनका कमिक्स सिरिजका चित्रहरु आम मानिसहरुले निकै रुचाए । १९६२ मा आफ्नो कला लिएर उनी पप आर्टका पहिलो कलाकारका रुपमा संयुक्त राज्यमा पुगेका थिए । जहाँ अमेरिकी र अन्तर्राष्ट्रिय कलाकारहरूको जमातमा उनका कलाले नयाँ यथार्थवाद आन्दोलनका रुपमा प्रतिध्वनीका रुपमा संज्ञा पायो ।

१९६० को दशकमा जेम्स रोजेनक्विस्ट, रोय लिक्टेनस्टीन, एड रुस्चाजस्ता कलाकारहरुले समेत पप आर्टलाई विस्तार गर्न अहम् भूमिका निर्वाह गरेका छन् । एन्डीको ‘क्याम्पबेल्ज सुप क्यान,’ रोयको ‘क्राइङ गर्ल,’ ‘एम–मे बी’ जस्ता पप आर्टहरु विश्व प्रसिद्ध छन् ।

साभारः जोय नेपाल डट कम

Previous Post

वडामै योजना सम्झौता : समय र खर्चको बचत

Next Post

तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
फिचर-ब्यानर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

२६ बैशाख २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
फिचर-ब्यानर

डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

२६ बैशाख २०८३,
अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत
अन्तर्राष्ट्रिय

अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

२६ बैशाख २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

२६ बैशाख २०८३,
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
फिचर-ब्यानर

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

२६ बैशाख २०८३,
‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
अन्तर्राष्ट्रिय

‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

२६ बैशाख २०८३,
Load More
Next Post
तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर

तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In