• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

    जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ

    कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

    कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

    दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

    भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

    वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

    वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काँग्रेसमा विरासत बोकेका तीन नेता शशांक, प्रकाशमान र विमलेन्द्रको ‘लञ्च मिटिङ’ !

by
१८ माघ २०८१,
0
काँग्रेसमा विरासत बोकेका तीन नेता शशांक, प्रकाशमान र विमलेन्द्रको ‘लञ्च मिटिङ’ !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

यतिबेला नेपाली काँग्रेसका प्रभावशाली नेताहरुमा १५औँ महाधिवेशनको चटारो सुरु भएको छ । यही मेसोमा काँग्रेसको विरासत बोकेका तीन नेता पनि महाधिवेशन केन्द्रित संवादमा जुटेका छन् । नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका पुत्र शशांक कोइराला, गणेशमानसिंह पुत्र प्रकाशमान सिंह तथा महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र निधिबिच एकपछि अर्को ‘लञ्च मिटिङ’ हुन थालेको छ ।

विधानसम्मत कांग्रेसको केन्द्रीय महाधिवेशन सुरु हुन एक वर्ष बाँकी छ । विधानमै टेकेर एक वर्ष समय थप गरे महाधिवेशन २०८३ को मंसिर अन्तिममा सुरु हुनेछ । तर, तीन नेता भने अहिलेबाटै महाधिवेशनको सन्देश दिन र नेतृत्वमा पुग्ने चाहनासहित संवादमा जुटेका छन् । यी तीन नेताले गत असोज पहिलो हप्ता पार्टी पूर्वमहामन्त्री शशांक कोइरालाको निवासमा लञ्च मिटिङ गरेका थिए । कोइरालाको निवास महाराजगञ्जमा आयोजित लञ्च मिटिङमा पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंह सहभागी थिए ।

त्यसपश्चात यी तीन नेताले गत बुधबार मात्र सिंहको निवास चाक्सीबारीमा अर्को लञ्च मिटिङ गरे । उनीहरूको सचिवालयबाट तस्बिर बाहिरिएपश्चात भेटको सन्देश तल्लो तहका कार्यकर्ता र पार्टीको विभिन्न संरचनासम्म पुगेको छ । नेतृत्वमा पुग्ने भन्दै यी तीन नेताहरूले पार्टीको १४ औँ महाधिवेशनमा पनि पटकपटक संवाद र छलफल गरेका थिए । एक अर्कालाई सहयोग गरेरै अघि बढ्ने उनीहरूको भनाइ थियो । तर, अन्तिम समयमा निधि र सिंह सभापतिमा लड्दा कोइराला भने चुपचाप बसेका थिए । अर्थात सहमतिअनुसार उनीहरू अघि बढेका थिएनन् । यसपटक भने सहमति अनुरुप अघि बढ्ने तीन नेताको तयारी छ ।

त्यसो त महाधिवेशनबाट नेतृत्वमा स्थापित हुन अन्य नेताहरू पनि लागिरहेकै छन् । शेखर कोइराला घोषणा गरेरै जिल्ला दौडाहामा छन् । महामन्त्री गगनकुमार थापाले पनि महाधिवेशनको तीव्र तयारी गरिरहेका छन् । यसबाहेक उपसभापति पूर्णबहादुर खड्का पनि सभापतिमा उम्मेदवार हुने सम्भावना उस्तै छ । स्वाभाविक रूपमा १४ औँ महाधिवेशन लडेका प्रकाशमान र विमलेन्द्र पनि महाधिवेशन लड्ने र नेतृत्व आफ्नो पक्षमा पार्ने रणनीतिमा लागेकै छन् ।

गत महाअधिवेशनमा एक तहमा शक्ति परीक्षण गरिसकेका नेताहरूले यसपटक सभापति शेरबहादुर देउवाको समर्थनमा अघि बढ्ने तयारी गरेको विश्लेषण पनि पार्टीभित्र हुने गरेको छ । २ कार्यकाल पार्टी सभापति बनेका देउवालाई तेस्रो कार्यकालमा सभापति बन्न विधानले दिँदैन । त्यसैले पनि देउवाको सहयोग पाउने गरी यी तीनै नेता दौडधुपमा लागेको हुन सक्ने विश्लेषण भइरहेको छ । आफूहरू एक रहेको सन्देश दिने र देउवाको समर्थन लिने प्रयासको रूपमा पनि यसलाई अथ्र्याउने गरिन्छ ।

भावी नेतृत्वको विषय रणनीतिक भएकाले देउवा अहिले नै मुख खोल्न चाहँदैनन् । किनकि अहिले नै उत्तराधिकारी घोषणा गर्दा अर्को पक्षलाई रणनीति बनाउन सहजता हुनेछ । यसैले सभापतिको सम्भावित दाबेदारको नाम सतहमा ल्याएर जोखिम मोल्ने पक्षमा देउवा देखिदैनन् । देउवा अहिले पनि केन्द्र, प्रदेश, जिल्ला सबैतिर बलियो पकडमा छन् ।

यसैले अहिलेकै संगठित शक्ति र निकट नेताको भरपुर प्रयोग गर्ने र काम लिने दाउमा देउवा छन् । यही बलियो शक्तिमार्फत सदस्यता वितरण, क्षेत्र र जिल्लाको अधिवेशनमा वर्चस्व स्थापित गर्ने दाउमा छन् । यसैले महाधिवेशन प्रतिनिधि छानिने क्षेत्रीय अधिवेशनको शक्ति सञ्चयका स्थितिको मूल्यांकनसम्म देउवाले मुख नखोल्ने नीति लिएका छन् ।

Previous Post

संविधान संशोधन गर्दा संविधानका आधारभुत विशेषता कमजोर हुनु हुँदैनः सभापति देउवा (पूर्णपाठ)

Next Post

आइएजीइएस र एसएसएनको सहकार्यमा साउथ एसियन सम्मेलन काठमाडौंमा हुँदै

सम्बन्धित खबर

जलविद्युत् कम्पनीको आईपीओमा कडाइ
फिचर-ब्यानर

जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

१५ अशोज २०८३,
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ
फिचर-ब्यानर

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ

१५ अशोज २०८३,
कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा
आवाज

कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

१५ अशोज २०८३,
दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र
समाचार

दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

१५ अशोज २०८३,
भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’
समाचार

भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

१५ अशोज २०८३,
वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष
समाचार

वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

१५ अशोज २०८३,
Load More
Next Post
आइएजीइएस र एसएसएनको सहकार्यमा साउथ एसियन सम्मेलन काठमाडौंमा हुँदै

आइएजीइएस र एसएसएनको सहकार्यमा साउथ एसियन सम्मेलन काठमाडौंमा हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In