• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

    एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

    धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

    धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

    प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

    प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

    एकैसाथ डेङ्गी र सापुको जोखिम, कसरी जोगिने ?

    चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै

    स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दाङमा थारुहरुको पर्व माघीको रौनक सुरु

by
२३ पुस २०७९,
0
दाङमा थारुहरुको पर्व माघीको रौनक सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दाङ । थारुहरुको पर्व माघी नजिकिँदै गर्दा जिल्लामा माघीको चहलपहल बढेको छ । विशेष गरी यहाँका थारु बस्तीमा यतिखेर माघीको रौनकता बढेको हो ।

थारु बस्तीमा माघीको तयारीमा सो समुदायका महिला व्यस्त देखिन्छन् । अहिले जिल्लाका गाउँदेखि सहर बजारमा माघी महोत्सव तथा माघी विशेष कार्यक्रम सञ्चालन भइरहेका छन् । थारु संस्कृति झल्कने नृत्य तथा उनीहरुले खाने परिकार राखी माघी महोत्सवको आयोजना भइरहेका छन् ।

यसैबीच सदरमुकाम घोराहीमा शुक्रबारदेखि माघी महोत्सव सुरु भएको छ । थारु कल्याणकारी सभा दाङले गरेको दुईदिने महोत्सवको उद्घाटन अघि घोराहीमा थारु लोकसंस्कृति झल्किने वेशभूषामा सजिएर ¥याली निकालिएको थियो । सो ¥यालीले घोराही बजार परिक्रमा गरेको थियो ।

‘हमार देश हमार भाषा, सम्पत्ति हो सक्कुजन्हक खासा माघक शुभकामना बा’ भन्ने प्ले कार्ड बोकेका थारु युवायुवती ¥यालीमा देखिन्थे । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण विकासमन्त्री डिल्लीबहादुर चौधरीले गरे । आयोजक संस्थाका संयोजक माधव चौधरीले महोत्सव अवधिमा मघौटा छोक्रा नृत्य, थारु भाषाका पुस्तक, थारु समुदायको परम्परागत हस्तकला, काष्ठकला, राखिएको जानकारी दिए ।

त्यस्तै सो समुदायले खाने परिकार, चामलको रोटी, ढिक्री, घोङ्घी, माछा, गङ्गटालगायतका परिकारसमेत बिक्री वितरणका लागि राखिएको छ । यता तुलसीपुरमा पनि माघी मिलनको कार्यक्रम राख्ने तयारी गरिरहेको तुलसीपुर उपमहानगरपालिका–६ का ४५ वर्षीय मैतु चौधरीले बताए । उनले माघ २५ गतेदेखि माघी विशेष कार्यक्रम राख्ने गरी तयारी गरेको बताए ।

शुक्रबार तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाका थारु बस्तीमा पुग्दा माघीको तयारी तीव्र पारिएको देखिन्थ्यो । युवतीहरु माघीमा खाने रोटी तथा ढिक्रीको लागि पिठो तयारीमा व्यस्त देखिन्थे भने पुरुष माघीका लागि मासुको जोहो गर्ने तर्खरमा रहेका भेटिन्थे ।

घरआँगन सरसफाइ, रङरोगन तथा लिपपोत गरी चिटिक्क देखिन्थे । त्यस्तै माघीमा प्रयोग गरिने भाँडाकुँडा सबै सफा गरिएकासमेत देखिन्थे । यो दृश्य तुलसीपुर उपमहानगरपालिका–६ रजौराको थारु बस्तीमा देखिएको हो ।

माघीको रौनक अहिले रजौराको थारु गाउँमा मात्र होइन दाङका अधिकांश थारु बस्ती सबैमा बढेको छ । केही महिला भने माघीको लागि आवश्यक पर्ने माछा मार्नेलगायतका काममा व्यस्त छन् । माघी आउनु अगाडि नै चाडको तयारीका काममा व्यस्त हुने तुलसीपुर उपमहानगरपालिका–६ रजौराका ६५ वर्षीया देशनी चौधरीले बताए ।

उनले भने, ‘आफूहरुको संस्कृतिअनुसार सुँगुर मार्ने काम माघी आउन एक दिन बाँकी हुँदा गरिन्छ भने माछा मार्नेदेखि लिएर रोटी पकाउनेलगायतका अन्य तयारी दुई हप्ता अगाडिबाट नै सुरु गरिन्छ ।’

आफ्नो घरको आँगनमा बसेर दुनाटपरी बनाउँदै गर्नुभएकी ४५ वर्षीया कृष्णी चौधरीले भने, ‘माघीका लागि आवश्यक पर्ने दुनाटपरी बनाउँदै गरेकी छु । माघीमा घरका सबै परिवार नातेदार र पाहुना धेरै जम्मा हुने भएकाले आवश्यक परिकार बनाउन लागेकी हुँ ।’

तुलसीपुर उपमहानरपालिका–६ को रजौरा बस्ती वडा नं १२ को कपडादेबिमा मात्र होइन यहाँका अन्य थारु बस्तीमा पनि माघीको रौनक बढ्दै गएको छ ।

तुलसीपुर उपमहानगरपालिका–८ चन्द्रगञ्जकी ६० वर्षीया मनराखी चौधरी पनि माघीका लागि दुनाटपरी बनाउनमै व्यस्त थिए । आफ्ना बुहारीहरुसँगै बसेर दुनाटपरी बनाउनमै व्यस्त रहेकी मनराखीले माघीमा विभिन्न प्रकारका खानेकुरा खानको लागि सालका पातको दुनाटपरी बनाउन लागेको बताइन् ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका–१२ उरहरीकी २८ वर्षीया पूर्णिमा चौधरीले माघी नजिकिँदै गरेकाले तयारीमा लागेको बताए । उनले भने, ‘माघीमा घरमा धेरै पाहुना आउनुहुन्छ । अचार धेरै चाहिने भएकाले अहिले नै मुलाको अचार बनाउन लागेको छु ।’ उनले एक महिना अगाडिदेखि नै पात तथा दाउराका लागि वनमा जाने गरेको भए पनि माघीमा आवश्यक पर्ने अन्य परिकार बनाउन भने आफूले आजदेखि सुरु गर्ने बताए ।

पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिक्री ९पिठोको एक परिकार०, माछालगायतको परिकार बनाएर जाँड, रक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्नेप्रचलन छ । यतिबेला सखियै हो, माघीक पिली गुरी जाँर भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ ।

माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ । माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजिकैको खोला, नदी, तलाउ तथा पोखरीमा गई नुहाउन जाने चलन छ ।

नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफ्ना छोरी चेलीलाई टीका लगाइदिने चलन छ । थारुले माघीलाई पर्वको रुपमा मात्र होइन यसलाई नयाँ वर्षको रुपमा पनि मनाउने प्रचलन रहेको छ ।

उनीहरुले वर्षभरि गरिने कामको योजना पनि बनाउने चलन छ । गाउँको अगुवादेखि चौकीदारसम्म चुन्ने, वर्षभरिका कामको लागि कस्लाई के जिम्मेवारी दिने पनि यसै बेलामा नै गर्ने गर्दछन् ।

घर छोडेर रोगजारीका लागि जिल्ला बाहिर बस्दै आएका थारु माघी मनाउनका लागि आफ्नै घरमा आउने गर्दछन् भने यो चाडलाई उनीहरुले एक हप्तासम्म मनाउने गर्दछन् ।

Previous Post

भुटानी शरणार्थी समस्या हल गर्न गृहमन्त्रीसमक्ष अपिल

Next Post

रुकुम पूर्वमा ३५ प्रतिशतले बढ्यो सुन्तला उत्पादन

सम्बन्धित खबर

एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
खेलमैदान

एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

२९ साउन २०८३,
धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड
आर्थिक

धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

२९ साउन २०८३,
प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा
समाचार

प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

२९ साउन २०८३,
एकैसाथ डेङ्गी र सापुको जोखिम, कसरी जोगिने ?
समाचार

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

२९ साउन २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

२९ साउन २०८३,
स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै
फिचर-ब्यानर

स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै

२९ साउन २०८३,
Load More
Next Post
पाँच करोडको सुन्तला उत्पादन

रुकुम पूर्वमा ३५ प्रतिशतले बढ्यो सुन्तला उत्पादन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In