• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मन्त्री यादवको आग्रह: विकास साझेदारसँग खानेपानी र सरसफाइ क्षेत्रमा अधिकतम लगानी गरियोस्

by
१५ माघ २०८१,
0
मन्त्री यादवको आग्रह: विकास साझेदारसँग खानेपानी र सरसफाइ क्षेत्रमा अधिकतम लगानी गरियोस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ।खानेपानीमन्त्री प्रदीप यादवले इसिमोड, युनिसेफ, फिनल्याण्ड, एडिबी, विश्व बैंक, जाइका लगायतका विकास साझेदार संस्थासँग खानेपानी तथा सरसफाइको क्षेत्रमा अधिकतम लगानी गर्न आग्रह गरेका छन् ।

आज युएन ह्याबिटेटको सहयोगमा खानेपानी मन्त्रालयले आयोजना गरेको खानेपानी तथा सरसफाइ नियमावली, २०८१ को कार्यान्वयन तथा क्षेत्रगत लक्ष्य प्राप्तिका लागि भावी कार्यदिशासम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले विकास साझेदार संस्थाहरूलाई खानेपानी तथा सरसफाइको क्षेत्रमा अधिकतम लगानी गर्न आग्रह गरेका हुन् ।

उनले भने, “खानेपानी तथा सरसफाइका क्षेत्रगत लक्ष्यहरू पूरा गर्न नेपाल सरकार तीव्र गतिमा लागि रहेको छ । यसको साथै, दातृ निकाय र विकास साझेदार क्षेत्रबाट पनि उच्चतम लगानीको आवश्यकता महसुस गरी दातृ निकाय, विकास साझेदारलगायत वाश क्षेत्रमा काम गरिरहेका सबै निकायलाई उच्चतम लगानी गर्न आवश्यकता महसुस गरेका छौँ ।”

यसैगरी मन्त्री यादवले संघ, प्रदेश, र स्थानीय तहहरूबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउँदै, आम नेपाली नागरिकको घरघरमा स्वच्छ खानेपानी र सुरक्षित सरसफाइ पुर्‍याउने अभियान सफल बनाउने आफ्नो लक्ष्य रहेको बताए ।

उनले भने, “नेपाली नागरिकहरूको पहुँचमा शुद्ध खानेपानी एवम् सबैका घरघरमा खानेपानी कसरी पुर्‍याउन सकिन्छ सो विषयमा केन्द्रित भएर काम गर्न आवश्यक छ । विकास साझेदार संस्थालाई पनि खानेपानी तथा सरसफाइको क्षेत्रमा अधिकतम लगानी बढाउन म अपिल गर्दछु ।”

नेपालको संविधानले स्वच्छ खानेपानी र सरसफाइको पहुँचलाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेको तथा विसं २०७९ सालमा खानेपानी तथा सरसफाइ ऐन लागू भएको र त्यसैको निरन्तरतास्वरूप, आफ्नै कार्यकालमा यही माघ १० गते खानेपानी तथा सरसफाइ नियमावली, २०८१ पनि कार्यान्वयनमा आइसकेको मन्त्री यादवले जानकारी दिए ।

नेपाललाई विसं २०७६ सालमा खुला दिसामुक्त राष्ट्र घोषणा गर्न हामी सबैले हातेमालो गरेको जस्तै, अब गुणस्तरीय खानेपानी र सुरक्षित सरसफाइको पहुँच पुर्‍याउन पनि त्यस्तै प्रतिबद्धता आवश्यक रहेकाले त्यसका लागि नेपाल सरकार यस अभियानको नेतृत्व गर्न तयार रहेको मन्त्री यादवको भनाइ छ ।

उनले भने, “सन् २०३० सम्म सबैको पहुँचमा स्वच्छ खानेपानी र सुरक्षित सरसफाइ पुर्‍याउने र दिगो विकास लक्ष्य नं। ६ हासिल गर्ने लक्ष्य रहेको छ । हाम्रो लक्ष्य प्राप्तिका लागि सबैको सहयोग आवश्यक छ, सोही अनुरूपमा हामीले मिलेर अगाडि बढ्नुपर्छ ।”

आजको उक्त कार्यक्रममा मन्त्रालयका सचिव ई। प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई। रामकुमार श्रेष्ठ, सहसचिव मिना श्रेष्ठ, रमाकान्त दुवाडी लगायत दातृ निकायहरू इसिमोड, युनिसेफ, फिनल्याण्ड, एडिबी, विश्व बैंक, जाइका लगायत विकास साझेदार संस्थाका प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Previous Post

सामाजिक सञ्जाल प्रयोग सम्बन्धी कानुन बनाउँदै सरकार, प्रयोगकर्ताले अनिर्वाय दर्ता गर्नुपर्ने

Next Post

माघ महिनामा प्रतिनिधिसभाका ६ बैठक बस्ने, सम्भावित कार्यसूची तय

सम्बन्धित खबर

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
Load More
Next Post
माघ महिनामा प्रतिनिधिसभाका ६ बैठक बस्ने, सम्भावित कार्यसूची तय

माघ महिनामा प्रतिनिधिसभाका ६ बैठक बस्ने, सम्भावित कार्यसूची तय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In