• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    महालक्ष्मीको १६ दिने व्रत समापन

    महालक्ष्मीको १६ दिने व्रत समापन

    पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

    पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

    भारतमाथि ब्राजिलको सहज जित

    भारतमाथि ब्राजिलको सहज जित

    आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

    आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

    दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

    दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वडाध्यक्षको पहलमा कार्यालय परिसरमा फूलबारी

by
८ माघ २०८१,
0
वडाध्यक्षको पहलमा कार्यालय परिसरमा फूलबारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० वडा कार्यालयको चारैतिर सजाइएका गमलामा फूल फूलेका छन् । हेर्दै आकर्षक देखिने कार्यालय परिसरमा बिहानै फूलबारी गोडमेल गर्दै, गमलाका फूलमा पानी हाल्दै गरेको अवस्थामा वडाध्यक्ष लालबहादुर ऐर भेटिन्छन् ।

कार्यालय बाहेकको समय वडाध्यक्ष ऐरले फूलबारीको रेखदेखमा व्यस्त हुन्छन् । एक वर्ष देखि उनले फूल गोडमेल गर्ने, सिँचाइ गर्ने, बारी बनाउने लगायत काम आफैँले गर्दै आएका हुन् । उनले कार्यालयमा कर्मचारी आउनु पहिले नै फूलमा पानी हाल्ने, सडक क्षेत्र सरसफाइ गर्ने लगायत काम आफैँले गर्ने गरेका छन् ।

आफूले पाउने केही पारिश्रमिक छुट्याएर कार्यालयलाई आकर्षक बनाउन लागेको वडाध्यक्ष ऐरले बताए । कार्यालयमा आउने सेवाग्राहीले पालो पर्खंदा फूल सँग रमाउने बताउदै यसले सेवाग्राहीलाई आनन्दित बनाएको जानकारी उनले दिए ।

‘फूलबारी निर्माणले कार्यालयको सौन्दर्यता बढाउनुका साथै सेवाग्राहीले पालो कुरिरहँदा पनि फोटो खिच्ने, टिकटिक बनाउने लगायत गतिविधिमा संलग्न भएर आनन्द अनुभूति गरिरहनुभएका पाएका छौँ’, वडाध्यक्ष ऐरले भने, ‘यसले वातावरण स्वच्छ राख्न मद्दत पनि गरिरहेको छ ।’ फूलबारी बनाउने कामले समाजमा सकारात्मक सन्देश जानुका साथै अरुले पनि यसको अनुसरण गरेर घरघर सजावट गर्न प्रेरणा मिल्ने उनले विश्वास व्यक्त गरे ।

कार्यालयको काम नहुँदा पसल, चोक, चौराहमा अनावश्यक गाफमा भुल्नु भन्दा परिसरमा रहेको बाँझो जमिनको उपयोग गरी फूलका बिरुवा रोपेर हराभरा बनाउने तर्फ जुटेको वडाध्यक्ष ऐरले बताए । बारीमा स्थानीय प्रजातिका साथै बाहिर बाट मगाएर एक सय बढी प्रजातिका बिरुवा रोपेको उनले जानकारी दिए । गाउँमा अन्यत्र नपाइने प्रजातिका फूल वडा कार्यालयको बारीमा फूलेका स्थानीय सुरेश भट्टले बताए ।

“कार्यालयको मुहार फूलबारीले सुन्दर र आकर्षित बनाएको छ”, उनले भने, “पहिले कार्यालय परिसरमा आउँदा धुलो मात्रै देखिन्थ्यो, अहिले भुइँमा सिमेन्टका टायल विछ्याएका छन्, वरिपरी पूरै फूलबारीले हराधरा दसखन्छ, तनाव लिएर कार्यालय जाँदा फूलबारीको सुन्दरताले आनन्दित बनाउँछ ।”

वडामा रहेका बेला वडाध्यक्ष आफैँले फूलबारीमा बिरुवा रोप्ने, गोडमेल तथा झारपात उखेलर सफा गर्ने, सिँचाइ गर्ने लगायत काम गर्ने कर्मचारी केशवराज जोशीले जानकारी दिए। “वडाध्यक्ष जिल्ला बाहिर गएका बेला कर्मचारीले फूलबारीको रेखदेख र स्याहार गर्दै आएका छौँ”, उनले भने।

आगामी दिनमा कार्यालय परिसरमा बाँकी रहेको जमिनमा हरियालीका लागि चाइनिज दुवो रोप्ने र पोखरी बनाउने योजना रहेको वडाध्यक्ष ऐरले बताए ।

Previous Post

देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै

Next Post

जरलहवागाछीमा छ डिपट्युबेल सञ्चालन हुँदा हट्यो खानेपानी समस्या

सम्बन्धित खबर

गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति
समाचार

गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

१८ अशोज २०८३,
महालक्ष्मीको १६ दिने व्रत समापन
समाचार

महालक्ष्मीको १६ दिने व्रत समापन

१८ अशोज २०८३,
पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप
समाचार

पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

१८ अशोज २०८३,
भारतमाथि ब्राजिलको सहज जित
खेलमैदान

भारतमाथि ब्राजिलको सहज जित

१८ अशोज २०८३,
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था
समाचार

आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

१८ अशोज २०८३,
दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त
फिचर-ब्यानर

दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

१८ अशोज २०८३,
Load More
Next Post
जरलहवागाछीमा छ डिपट्युबेल सञ्चालन हुँदा हट्यो खानेपानी समस्या

जरलहवागाछीमा छ डिपट्युबेल सञ्चालन हुँदा हट्यो खानेपानी समस्या

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In