• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

    विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

    विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

    जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाउँदा सुरक्षा व्यवस्थापनमा कमजोरी : अध्ययन समिति

    जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाउँदा सुरक्षा व्यवस्थापनमा कमजोरी : अध्ययन समिति

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विपद्‍बाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न १ खर्ब १ अर्ब लाग्ने

by
१ माघ २०८१,
0
विपद्‍बाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न १ खर्ब १ अर्ब लाग्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । भूकम्प, बाढी पहिरोजस्ता प्राकृतिक विपद्बाट क्षति पुगेका विभिन्न संरचनाको पुनर्निर्माण गर्न करिब एक खर्ब एक अर्ब १२ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)ले विपद्पश्चात्को पुनर्निर्माण तथा पुनर्स्थापना योजना स्वीकृत भएको जनाएको छ। प्राधिकरणले तत्कालै लाभग्राहीसँग सम्झौता प्रक्रिया अघि बढ्ने जानकारी दिएको छ।

आइतबार बसेको विपद् राष्ट्रिय परिषद्को १६औँ बैठकले उक्त योजना स्वीकृत गरेको हो। बैठकले योजना कार्यान्वयनका लागि स्रोत व्यवस्थापन गर्न अर्थ मन्त्रालय, सम्बन्धित मन्त्रालय, प्रदेश र स्थानीय तहलाई आग्रह गर्ने तथा मन्त्रालयले सम्बन्धित निकायलाई निकासा दिने प्रबन्ध मिलाउन निर्देशन दिने निर्णय गरेको छ।

प्राधिकरणका सहसचिव डा भीष्मकुमार भुसालले आगामी माघ २ गतेदेखि लाभग्राहीसँग सम्झौता हुने जानकारी दिए। उनका अनुसार देशभर एक लाख २० हजार ७३२ संरचनामा क्षति पुगेको थियो। त्यसमध्ये सडक पुल तथा यातायात क्षेत्रको क्षति ३८१ रहेको छ। यी संरचना पुनर्निर्माण गर्न २८ अर्ब १६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। आवश्यक लागत तीन आर्थिक वर्षसम्म जुटाउने र आयोजना सुधार तथा पुनर्निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य छ।

प्राधिकरणका अनुसार १७६ सरकारी भवन तथा शहरी पूर्वाधारमा क्षति पुगेको थियो। ती पूर्वाधार पुनर्निर्माणका लागि करिब दुई अर्ब ३१ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। जसमध्ये आर्थिक वर्ष २०८१/०८२ मा ६९ करोड २८ लाख रुपैयाँ, २०८२/०८३ मा ९२ करोड ४२ लाख रुपैयाँ र २०८३/०८४ मा ६९ करोड ३१ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य छ।

यसैगरी विद्युत्, वैकल्पिक ऊर्जा र सिँचाइ क्षेत्रमा १७ अर्ब ३५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। यस क्षेत्रका दुई हजार ११९ आयोजनामा क्षति पुगेको थियो। यसैगरी एक लाख १५ हजार ५५८ निजी आवासमा क्षति पुगेको छ। निजी आवास पुनर्निर्माण गर्न करिब ४० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ।

विपद्बाट एक हजार ५६२ शैक्षिक संस्थामा क्षति पुगेको थियो। जसको लागत पाँच अर्ब ९३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसैगरी ९० स्वास्थ्य संस्थामा क्षति पुगेको र पुनर्निर्माण गर्न ७० करोड ७९ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी ८१३ आयोजनामा क्षति पुगेकामा पुनर्निर्माण तथा सुधारमा ६ अर्ब ४८ करोड रुपैयाँ लाग्ने अनुमान छ। ३३ पुरातात्त्विक संरचनामा क्षति पुगेको थियो। ती पुरातात्त्विक संरचना पुनर्निर्माण गर्न दुई अर्ब ४९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ।

यी सबै संरचना निर्माण गर्न आवश्यक एक खर्ब एक अर्ब रुपैयाँ लागतमध्ये, आर्थिक वर्ष २०८१/०८२ मा ३० अर्ब ५७ करोड २३ लाख रुपैयाँ, २०८२/०८३ मा ४० अर्ब ४० करोड ६३ लाख रुपैयाँ र २०८३/०८४ मा ३० अर्ब १४ करोड ७१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

प्राधिकरणका अनुसार मनसुनजन्य विपद्मा मात्रै ४६ अर्ब ६८ करोड रुपैयाँ बराबरको क्षति भएको थियो। प्राधिकरणका सहसचिव भुसालले आवश्यक लागत व्यवस्थापनमा चुनौती रहेकाले तीनै तहको सरकारबीच समन्वय जरुरी रहेको बताए।

“विपद्बाट क्षतिग्रस्त संरचना पुनर्निर्माण र सुधार गर्न संघीय, प्रदेश र स्थानीय गरी तीनै तह मिलेर लागत व्यवस्थापनको योजना बनाएका छौँ”, उनले भने, “लागत व्यवस्थापन नभएमा अर्थ मन्त्रालयले दातृ निकायहरूसँग पनि सहयोगको पहल गर्न सक्छ।”

भुसालले पश्चिम नेपालमा भूकम्पले क्षति पुर्‍याएका निजी आवासको संख्या ९५ हजार ७८७ रहेको जानकारी दिए। यसैगरी मनसुनजन्य विपद्बाट प्रभावित निजी आवासको संख्या १९ हजार ७७१ रहेको छ।

“राहत वितरण तथा पुनर्निर्माण कार्यान्वयनको ढाँचा तय भएको छ। विषयगत मन्त्रालयको एकल क्षेत्राधिकारमा नपरेकाको हकमा प्राधिकरणको क्षेत्राधिकार रहने र निजी आवासको हकमा स्थानीय तह वा सम्बन्धित स्थानीय तहको अनुरोध भई आएमा प्राधिकरणको जिम्मा रहने छ,” उनले भने, “अन्य भौतिक पूर्वाधारको हकमा क्षेत्राधिकार भएका विषयगत मन्त्रालय, विभाग, प्रदेश सरकार र स्थानीय तहले पुनर्निर्माण गर्नेछ।”

प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईका अनुसार गत साउन ३२ गते सोलुखुम्बुको थामेमा आएको बाढीले पुर्‍याएको क्षतिग्रस्त संरचना पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि बस्ती स्थानान्तरणसम्बन्धी अध्ययन गरिएको छ।

Previous Post

यस्तो देखियो थारू समुदायको माघी (फोटो फिचर)

Next Post

प्रभु बैंकको साधारण सभाः नेतृत्वमा प्रश्न, भट्टचन र शेरचन लाचार !

सम्बन्धित खबर

देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल
समाचार

देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

१६ असार २०८३,
सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
समाचार

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

१६ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

१६ असार २०८३,
विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था
फिचर-ब्यानर

विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

१६ असार २०८३,
जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाउँदा सुरक्षा व्यवस्थापनमा कमजोरी : अध्ययन समिति
फिचर-ब्यानर

जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाउँदा सुरक्षा व्यवस्थापनमा कमजोरी : अध्ययन समिति

१६ असार २०८३,
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
आर्थिक

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

१६ असार २०८३,
Load More
Next Post
प्रभु बैंकको साधारण सभाः नेतृत्वमा प्रश्न, भट्टचन र शेरचन लाचार !

प्रभु बैंकको साधारण सभाः नेतृत्वमा प्रश्न, भट्टचन र शेरचन लाचार !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In