• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वमा तनाव उत्कर्षमा

    मध्यपूर्वमा तनाव उत्कर्षमा

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाली कांग्रेसको १५ औं महाधिवेशन देउवा प्रधानमन्त्री भएपछि मात्रै !

by
२८ पुस २०८१,
0
नेपाली कांग्रेसको १५ औं महाधिवेशन देउवा प्रधानमन्त्री भएपछि मात्रै !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसको १५ औं महाधिवेशन आउन अब एक वर्ष मात्र बाँकी छ । पार्टी भित्रका प्रभावशाली मानिएका नेताहरु सभापतिका लागि दैडधुपमा लागिसकेका छन् । तर पार्टी सभापति शेरबहादुर देउवाले भने आफु प्रधानमन्त्री भएपछि मात्रै महाधिवेशन प्रक्रीय सुरु गर्ने तयारी आन्तरिक तयारी गरेको बुझिएको छ । सभापति देउवाले आफू प्रधानमन्त्री भएपछि मात्रै महाधिवेशनको प्रक्रिया सुरु गर्ने उनि निकट नेताहरू बताउँछन् ।

वर्तमान गठबन्धन सरकार निर्माणका बेला नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमतिमा २०८३ असारसम्म एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने र त्यसपछि आम निर्वाचनसम्म कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुने उल्लेख छ । यही सहमति देखाएर वर्तमान केन्द्रीय समितिमा ८० प्रतिशत बढी हिस्सा होल्ड गरेका सभापति देउवाले २०८३ असारपछि मात्रै पार्टीको महाधिवेशनको प्रक्रिया सुरु गर्ने आन्तरिक तयारी गरेका हुन् ।

देउवाले पार्टी नेतृत्वमा आफूको अन्तिम कार्यकाल भएकाले कांग्रेस र एमालेबीच भएको सहमति अनुसार प्रधानमन्त्री भएपछि मात्रै महाधिवेशन गर्ने चाहना राखेको उनी निकट एक पदाधिकारीले जानकारी दिए । कांग्रेस विधानमा एक व्यक्ति दुई कार्यकालमात्रै सभापति बन्न पाइन्छ । देउवाको यो दोस्रो कार्यकाल भएकाले अबको महाधिवेशनमा विधान अनुरुप सभापति बन्न पाउँदैनन् । देउवामा आफू प्रधानमन्त्री नहुँदै पार्टी महाधिवेशन गरेमा संसदीय दलको नेताबाट कतै हट्न पर्ने हो कि भन्ने डर छ । अहिले नै नेता डा. शेखर कोइरालाको नेतृत्वमा संसदीय दलको नेता परिवर्तन गर्ने कसरत भइरहेको छ । त्यो बुझेर देउवाले त्यस्तो रणनीति अघि सारेको हुनसक्ने नेताहरू बताउँछन् ।

कांग्रेसको वर्तमान केन्द्रीय समितिको कार्यकाल आगामी मंसिरमा सकिन्छ । अर्थात नियमित रूपमा कांग्रेसको १५ औं महाधिवेशन आगामी मंसिरभित्र गरिसक्नुपर्छ । तर, कांग्रेसको इतिहासमा अहिलेसम्म नियमित रूपमा ४ वर्षमै महाधिवेशन भएर नेतृत्व हस्तान्तरण भएको रेकर्ड देखिन्न । त्यही दृष्टान्त देखाएर देउवाले पनि विधानले दिएको अधिकार प्रयोग गरी केन्द्रीय कार्यसमितिको बहुमतले वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप्ने तयारीमा छन् । केन्द्रीय समितिमा देउवाको ८० प्रतिशत होल्ड रहेकाले सहजै पास हुने अवस्था छ । एक वर्ष समय थपिएको बेलामा कांग्रेस एमाले सहमतिमा दरार नआएमा देउवा प्रधानमन्त्री बनिसक्छन् । त्यसपछि महाधिवेशनको प्रक्रिया सुरु हुनेछ । जुन देउवाले आफू निकटस्थ नेताहरूलाई बताउँदै आएका छन् ।

महाधिवेशन लम्याउने योजना अनुरुप नै देउवाले आफ्नो उत्तराधिकारी तोकेका छैनन् । देउवा मौन बस्दा उत्तराधिकारी नतोक्दा उनको समूहका प्रभावशाली नेताहरु भने छटपटीमा छन् । देउवापछि उनको समूहबाट उपसभापति पूर्णबहादुर खड्का, पूर्व उपसभापति विमलेन्द्र निधि र प्रकाशमान सिंह सभापतिका प्रबल दाबेदार हुन् । खड्का महामन्त्री हुँदै १४ औं महाधिवेशनमा देउवा प्यानलबाटै उपसभापति जितेका नेता हुन् ।

टीममा रहेर लामो समयदेखि साथ दिएकाले सभापतिको दाबेदार स्वतः आफू भएको खड्काको बुझाइ छ । तर, देउवाले कुनै वचन दिएका छैनन् । निधि १३ औं महाधिवेशनपछि देउवाले मनोनीत गरेका उपसभापति हुन् । तर, निधि १४ औं महाधिवेशनमा देउवाले उम्मेदवार बनाएपछि उनकै काउन्टरमा सभापतिमा उठे । दोस्रो चरणमा भने उनले देउवालाई नै सहयोग गरेका थिए । पूर्व संस्थापनबाट आएका सिंहले पनि देउवालाई काउन्टर दिएर दोस्रो चरणमा उनैलाई मत दिएका थिए ।

शेखर कोइरालाविरुद्ध दोस्रो चरणमा महाधिवेशनको प्रतिस्पर्धा पुग्दा निधि र सिंह दुवैले देउवालाई साथ दिएका थिए । यसैले राजनीतिक विरासतसमेत बोकेको परिवार भएको भन्दै यी दुवैले सभापतिमा आफूलाई समर्थन गर्न देउवामाथि दबाब बढाएको नेताहरू बताउँछन् । भावी नेतृत्वको विषय रणनीतिक भएकाले देउवा अहिले नै मुख खोल्न चाहँदैनन् ।

Previous Post

जर्मनीमा भैंसीमा रोगको सङ्क्रमण

Next Post

रविलाई फेरि प्रहरीको जिम्मा लगाउन अदालतको आदेश

सम्बन्धित खबर

मध्यपूर्वमा तनाव उत्कर्षमा
समाचार

मध्यपूर्वमा तनाव उत्कर्षमा

२२ बैशाख २०८३,
पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन
आवाज

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

२२ बैशाख २०८३,
काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने
खेलमैदान

काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

२२ बैशाख २०८३,
भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान
आर्थिक

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

२२ बैशाख २०८३,
फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली
फिचर-ब्यानर

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

२२ बैशाख २०८३,
‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न
आवाज

‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

२२ बैशाख २०८३,
Load More
Next Post
रवि लामिछानेविरुद्ध १ अर्ब ५१ करोड बिगो मागसहित आज मुद्दा दर्ता हुँदै

रविलाई फेरि प्रहरीको जिम्मा लगाउन अदालतको आदेश

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In