• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक

    काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

    बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक

    पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

    किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

    किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शालिग्राम शिला संरक्षणमा तीन जिल्लाको चासो

by
२२ पुस २०७९,
0
शालिग्राम शिला संरक्षणमा तीन जिल्लाको चासो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत । दुई प्रदेश र तीन जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिलाको संरक्षणमा तीन जिल्लाले सक्रियता देखाएका छन् । गण्डकी र लुम्बिनी प्रदेश तथा स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थलमा रहेको शालिग्रामको संरक्षण गर्दै धार्मिक पर्यटकीय क्षेत्र बनाउन तीनवटै जिल्लाका सरोकारवालाले चासो देखाएका हुन् ।

तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, सङ्गमस्थलका पालिकाका प्रमुख तथा सरोकारवालाले भेला भएर शालिग्राम शिला तथा सेतीवेणी क्षेत्रलाई संरक्षण गर्दै धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । पर्वतको विहादी गाउँपालिका–६ शालिग्राम र स्याङ्जाको गल्याङ नगरपालिका–५ मा अवस्थित सेतीवेणी बजार तथा शालिग्रामको संरक्षण, बजार एवं बस्ती व्यवस्थापनका लागि रणनीति तयार गर्न सर्वपक्षीय भेला गरिएको पर्वतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जानकारी दिए ।

“यस क्षेत्रको संरक्षणका लागि प्रदेश तथा केन्द्रीय सकारसँग समन्वय गरेर बृहत् योजना तयार गर्ने तथा धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने विभिन्न निर्णय गरेका छौँ”, उनले भने । शिलाको दर्शनका लागि देश तथा विदेशबाट हिन्दूधर्मावलम्बी आउने गरेका छन् । पर्वत र स्याङ्जाको सिमाना रहेको सेतीखोलाले धार परिवर्तन गरेपछि शिला जोखिममा परेको छ । “पछिल्लो समय गुल्मीको भागतर्फ कालीगण्डकीले बालुवा थुपारेका कारण पनि शिलाको आडैबाट नदी बगिरहेको छ”, विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले भने, “शिला र दशनार्थी घुम्ने ठाउँ जोखिममा छ ।”

वर्षायाममा कालीगण्डकी नदीमा पानीको सतह बढ्दा शिलालाई नै कैयौँ दिनसम्म डुबाउने गरेको छ । शिलाको परिक्रमास्थल भत्किएको बर्षौं भएको छ । अहिलेसम्म मर्मत हुनसकेको छैन । कुन जिल्लाले मर्मत गर्ने र संरक्षण गर्ने भन्नेबारे अन्योल हुँदा यसको उचित संरक्षण र संवद्र्धन हुन नसकेको स्थानीय सुनकुमारी भट्टराईले बताए ।

बाढीका कारण यहाँका स्थानीयवासी वर्षाको समयमा सधैँ त्रासमा रहन्छन् । यसको दिगो समाधानका लागि योजना बनाउन लागिएको गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले बताए । “स्थानीय तहको बजेटले मात्रै यसको संरक्षण सम्भव छैन, त्यसैले बृहत् गुरुयोजना निर्माण गर्ने तयारीमा छौँ”, उनले भने ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले तीन जिल्लाको सङ्गमस्थल भएकाले तीनवटैको सहकार्यमा यस क्षेत्रको समस्या समाधान गर्न आफूहरू सक्रिय रहेको बताए । उनले भने, “सेतीवेणी शिलामा वर्षाको समयमा क्षति नपुग्ने गरी बनाउन जरुरी छ । त्यसका लागि स्थानीय तहको सक्रियतामा विस्तृत योजना बनाउनतर्फ हाम्रो ध्यान गएको छ ।”

शालिग्रामको संरक्षणका लागि तटबन्ध तथा संस्कृति जोगाउन पौवा बनाउने योजना गल्याङ नगरपालिकाको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी क्षेत्री, गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल र पर्वतका प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाले संयुक्तरूपमा शिला शालिग्रामको संरक्षणमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्याङ्जाका समन्वय समितिका संयोजक श्रीप्रसाद जिटी, पर्वत समन्वय समितिका संयोजक विष्णुराम विकलगायतले पनि तीनवटै जिल्ला मिलेर शिलाको संरक्षणमा काम गर्ने सहमति भएको बताए ।

कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजना निर्माणका क्रममा बनाइएको बाँधका कारण पनि शिला शालिग्रामको दर्शन गर्नेको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले भने, “स्टिमरको यात्राले शालिग्रामको महत्व झनै बढेको छ, घुम्न आउनेको सङ्ख्या पनि बढ्दो छ ।” हिन्दू धर्मावलम्बीले शालिग्राम शिलालाई भगवान् विष्णुको अवतारका रूपमा पूजा गर्ने गर्दछन् । शालिग्राम शिलामा हरिशयनी, हरिबोधनी एकादशी, माघे सङ्क्रान्ति, वैशाखे सङ्क्रान्ति र बालाचतुर्दशीमा ठूलो मेला लाग्छ । पछिल्लो समय भारतीय तीर्थयात्री आउने क्रम बढ्दो छ ।

Previous Post

मर्मतपछि मनकामना केबलकार आजदेखि सञ्चालनमा

Next Post

बेलायतले ‘सिजनल भिसा’ बारे कुनै सूचना सार्वजनिक गरेको छैनस् दूतावास

सम्बन्धित खबर

वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
आर्थिक

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

५ असार २०८३,
बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक
आवाज

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

५ असार २०८३,
किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न
आवाज

किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

५ असार २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

५ असार २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
आर्थिक

गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प

५ असार २०८३,
Load More
Next Post
बेलायतले ‘सिजनल भिसा’ बारे कुनै सूचना सार्वजनिक गरेको छैनस् दूतावास

बेलायतले ‘सिजनल भिसा’ बारे कुनै सूचना सार्वजनिक गरेको छैनस् दूतावास

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In